काठमाडौँ –
भारतको मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले बलिउड अभिनेत्री सन्नी लियोन र संगीतकार सकिब तोसीलाई उनीहरूको म्युजिक भिडियो हटाउन चे ता व नी दिएका छन् ।
सन्नीले डान्स गरेको ‘मधुवनमे राधिका नाचे’ गीतको भिडियोलाई अ श्ली ल तथा आ प त्ति ज न क भन्दै मन्त्री मिश्राले तीन दिनभित्र हटाउन अल्टिमेटम दिएका हुन् । जुन गीत पुरानो फिल्म ‘कोहीहूनर’को थियो ।
मिश्राले उक्त गीतको भिडियोलाई आ प त्ति ज न क भन्दै भिडियो नहटाए का नु नी का र बा ही गर्ने चे ता व नी दिएका छन् । साथै भिडियोले हिन्दु भावनामाथि चो ट पुर्याएको पनि मन्त्री मिश्राको दाबी छ।
‘केही मान्छेहरूले निरन्तर रुपमा हिन्दु भावनामा चो ट पुर्याइरहेका छन् । यहाँ राधाका मन्दिर छन् । हामी उहाँलाई प्रार्थना गर्छौं । साबिक तोसीले आफ्नो धर्मका गीत बनाउन सक्छन् ।
तर यस्ता गीतले हामीलाई चि त्त दु खा उँ छ न् । यदी भिडियो तीन दिनभित्र हटाइएन भने म का नु नी सल्लाह लिएर का र बा ही गर्छु,’ मन्त्री मिश्राले भनेका छन् ।
सन्नी लियोनको उक्त भिडियो हटाउन चे ता व नी दिने मध्यप्रदेशका गृहमन्त्री मिश्रा एक्लो व्यक्ति भने हैनन् । यसअघि उत्तर प्रदेशका हिन्दु पुजारीहरूले पनि ध म्की दिएका छन् ।
उत्तर प्रदेशका हिन्दु पुजारी सन्त नवल गिरी महाराजले यदी सरकारले का नु नी का र बा ही नगरेका आफूहरू भिडियोका वि रु द्ध अदालत जाने चे ता व नी दिएका छन् ।
‘यदी सरकारले कदम चालेन र भिडियो बन्द गरेन भने हामी यस वि रु द्ध अदालत जानेछौं,’ सन्त नवल गिरी महाराजले भने । साथै सन्नी लियोनले सार्वजनिक रुपमा मा फी माग्नुपर्ने पनि उनले बताएका छन् ।
सन्नी लियोनले नाचेको उक्त गीतको भिडियो रियालिटी शो सारेगम म्युजिकले बुधबार सार्वजनिक गरेको थियो । जहाँ हिन्दु मिथका दुई आदर्श पात्र कृष्ण र राधाबीचको प्रेम दर्शाइएको छ । उक्त गीत कनिका कपुर र अरिन्दम चक्रवर्तीले गाएका हुन्।
मन्त्री नरोत्तम मिश्राले यसै महिनाको सुरुमा कमेडियन कुनल कम्रा र कनुवर फारुकीलाई निमन्त्रणा गरेकोमा कंग्रेस नेता दिग्विजय सिंह वि रु द्ध आ क्रो शि त बनेका थिए ।
यस्तै उनले अर्का फेसन डिजाइनर सब्यासाची मुखर्जीलाई उनले संकलन गरेको गहनालाई लिएर आपत्ति जनाउनुका साथै ध म्की दिएका थिए ।