एजेन्सि – यु क्रे न को विषयमा रुस र पश्चिमबीचको त ना व घट्ने कुनै लक्षण देखिएको छैन । यो त ना व चर्किंदै गएर आ ण वि क यु द्ध सम्म पुग्ने आकलन पनि गरिन थालेका छन् ।
यसैबीच रुसका परराष्ट्र राज्यमन्त्री सर्गे र्याबकोभले डिसेम्बर १७ मा अमेरिका र पश्चिमी सैन्य गठबन्धन नेटोलाई थप पूर्वतर्फ विस्तार नगर्न अनि पूर्वी युरोप (पोल्यान्ड, एस्टोनिया, लाट्भिया र लिथुआनिया) मा नेटोको सैन्य गतिविधि सीमित पार्न प्रस्ताव पठाएका छन् ।
नेटोको विस्तारमा रोक भनेको रुसका छिमेकीहरू युक्रेन र जर्जियालाई नेटोको सदस्य बनाउन नहुने रुसको आग्रह हो । ती मुलुकहरूमा नेटोले क्षे प्या स्त्र राखेमा आ ण वि क हतियार पाँच मिनेटभित्र मस्को पुगेर ध्व स्त पार्न सक्ने ड र रुसलाई छ ।
त्यही ड र का कारण रुसले दबाबको रणनीतिका साथ युक्रेनको सीमा नजिक आफ्नो भूमिमा एक लाखभन्दा बढी सैनिक तथा हातहतियारलाई तयारी अवस्थामा राखेको छ । अमेरिका तथा नेटोले यसलाई यु क्रे न माथि आ क्र म ण गर्ने रुसको तयारीका रूपमा बुझेका छन् ।
शी त यु द्ध का ल मा गठन गरिएको र विगत ७० वर्षदेखि अस्तित्वमा रहेको सुरक्षा साझेदारी नेटोको संरचनालाई नै परिवर्तन गर्नका लागि रुसले आग्रह गरेको मानेर अमेरिका र नेटोले रुसको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् ।
रेडियो फ्री युरोपसँग कुरा गर्दै अमेरिकाको परराष्ट्र मन्त्रालयका पूर्व प्रवक्ता विलियम कोर्टनीले रुसको प्रस्तावलाई स्वीकार गरिएमा उसका प्रभावक्षेत्रलाई औपचारिक मान्यता दिएसरह हुने भएकाले त्यो अमेरिका तथा युरोपका लागि अस्वीकार्य भएको बताए ।
वास्तवमा रुसले पूर्व सोभियत संघमा रहेका मुलुकहरूमा आफ्नो प्रभाव कायम रहनुपर्ने सोच राख्ने गरेको छ । अरू मुलुक भन्दा पनि छिमेकमै रहेका युक्रेन, बेलारुस, जर्जिया र पोल्यान्डप्रति रुस बढी संवेदनशील छ ।
नेटोले रुसका छिमेकीहरूलाई सदस्य बनाउनुमा शान्तिपूर्ण उद्देश्य रहेको भने पनि रुसले नेटोको आशयलाई शंकाको दृष्टिकोणले हेर्ने गरेको छ ।
तर अमेरिकाका राष्ट्रपति जो बाइडनले यु क्रे न माथि रुसको आ क्र म ण भएमा कठोर आर्थिक प्र ति ब न्ध लगाउने चे ता व नी मात्र दिएका छन्, रुस वि रु द्ध जवाफी सैन्य का र वा ही चलाउने भनेका छैनन् ।
हालै मात्र अ फ गा नि स्ता न बाट लज्जास्पद तरिकाले बाहिरिएको अमेरिका रुस जस्तो आ ण वि क ह ति या र भएको महाशक्तिसँग यु द्ध ल ड्न तयार छैन भन्ने यसबाट संकेत पाइन्छ ।
बेलायतका रक्षामन्त्री बेन वालेसले पनि यु क्रे न माथि रुसको आ क्र म ण भएमा बेलायतले प्रतिरक्षाका लागि सैनिक पठाउने सम्भावना नरहेको बताएका छन् । यु क्रे न नेटोको सदस्य नभएकाले आफ्नो सैनिक नपठाउने उनको जिकिर छ ।
नेटोको विधानको धारा ५ ले कुनै सदस्य मुलुकमाथि आ क्र म ण गरिएमा अन्य सदस्यले आ क्र म ण का री वि रु द्ध को यु द्ध मा सैन्य परिचालन गर्ने व्यवस्था छ ।
त्यही धारामा टेकेर अमेरिकाका साझेदारहरूले सेप्टेम्बर ११ को आ क्र म ण पछि अ फ गा नि स्ता न यु द्ध मा आफ्ना सैनिक पठाएका थिए । तर यु क्रे न नेटोको सदस्य मुलुक नबनि सकेकाले नेटो साझेदारहरूलाई त्यो बाध्यता छैन ।
सदस्य मुलुक नभए पनि यु क्रे न ले नेटोका लागि काम गर्न थालेकाले रुसको मनमा चिसो पसेको भने हो । अहिले यु क्रे न ले आफ्नो भूभागको विभिन्न स्थानमा नेटोका लागि जलसैन्य अखडाहरू बनाउँदैछ ।
कर्च जलसन्धि मार्फत कृष्णसागरसँग जोडिने रणनीतिक रूपमा महत्त्वपूर्ण अजोभ सागरमा यु क्रे न ले नेटोका लागि सैन्य अड्डा बनाउन खोजेको छ । विद्यमान अवस्थामा निकै कमजोर यु क्रे नी जलसेनालाई सबल बनाउने नेटोको लक्ष्य देखिन्छ ।
त्यसलाई रुसले आफ्नो लागि सुरक्षा ख त रा का रूपमा लिएको छ । शायद यिनै परिदृश्यहरूलाई पनि मद्देनजर राख्दै रुसले युक्रेन र जर्जियालाई नेटोको सदस्य बन्नबाट रोक्न भरमग्दूर प्रयास गरेको हो ।
तर नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले नेटो साझेदारीमा को जोडिन चाहन्छ भन्ने निर्णय गर्ने अधिकार रुससँग नरहेको बताएका छन् । यु क्रे न लाई नेटोमा जोडिन नदिएर पुटिनले नेटो साझेदारहरूमा फाटो ल्याउन खोजेको आ रो प पनि स्टोल्टेनबर्गले लगाएका छन् ।
जर्मनीकी परराष्ट्रमन्त्री क्रिस्टिन लाम्ब्रेख्तले पनि यस्तै किसिमको धारणा राखेकी छन् र उनले पनि यु क्रे न माथि रुसले आक्रमण गरेको खण्डमा रुसमाथि आर्थिक प्र ति ब न्ध लगाउनुपर्ने बताएकी छन् ।
पश्चिमले यसरी रुसको प्रस्तावलाई अस्वीकार गर्दा रुससँग के विकल्प रहन्छ त ? मंगलवार देशका वरिष्ठ सैन्य अधिकृतहरूसँग कुरा गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमको सबै किसिमको आ क्रा म क गतिविधिलाई उचित जवाफ फर्काइने बताए । उनले यु द्ध शब्दको उच्चारण गरेनन् र उचित जवाफको व्याख्या पनि गरेनन् ।
वास्तवमा पुटिनको मनमा के चलिरहेको छ कसैलाई पनि थाहा छैन । श त्रु लाई दोधारमा राख्ने पुटिनको रणनीति हो र उनी त्यसमा सफल भइरहेका छन् । पुटिनलाई पूर्वानुमान गर्नै सकिन्न ।
अन्य विकल्प अन्त्य भएमा मात्र पुटिनले सैन्यशक्ति उपयोग गर्छन् तर कसरी र कहाँ त्यस शक्तिको उपयोग गर्ने हुन् भन्ने कसैले पत्तै पाउँदैन । क्राइमिया हात पार्न अनि सिरियामा राष्ट्रपति असदको शासन जोगाउन पुटिनले सैनिक पठाउने कुरा पश्चिमले पूर्वानुमान गर्नै सकेको थिएन ।
पुटिनलाई पूर्वानुमान गर्न नसकिने भए पनि अहिलेको अवस्थामा रुसले यु द्ध शुरू गर्छ भन्ने लाग्दैन किनकि यु द्ध मा आ ण वि क ह ति या र उपयोग हुने सम्भावना रहन्छ जसले संसारमै प्रलय आउँछ । रुसले त्यस्तो गैरजिम्मेवार कदम नचाल्ने अपेक्षा गर्न सकिन्छ ।
यु द्ध को साटो रुसले अमेरिका, नेटो तथा युरोपेली संघलाई द बा ब दिनका लागि विभिन्न गतिविधि गर्न सक्छ । एउटा कदम भनेको युक्रेन नजिक सैन्य तैनाथी मार्फत नेटोको विस्तार रोक्ने प्रयास हो ।
ब्रेकिङडिफेन्स डट्कममा ल्युक कोफेले गरेको विश्लेषण अनुसार, रुसले यु क्रे न लाई नेटोको सदस्य नबन्नका लागि द बा ब दिन उसको सीमा नजिक सैनिक तै ना थी थप बढाउन सक्छ । यु क्रे न लाई रुसको समर्थन प्राप्त कलेक्टिभ सेक्युरिटी ट्रीटी अर्गनाइजेसन वा युरेसियन इकोनोमिक युनियनमा ल्याउन रुसले प्रयास गर्न सक्छ ।
युरोपलाई रुसी ग्यासबाट वञ्चित गराएर द बा ब दिने अर्को कदम हुन सक्छ । सीएनएन डट्कममा माइकल बोसिर्क्युले लेखेअनुसार, युरोप अहिले ऊर्जा सं क ट मा परेको छ किनकि उसको सञ्चिति एकदमै कम छ ।
युरोपेली संघले गर्ने ग्यास आयातको ४० प्रतिशत हिस्सा रुसले ओगटेको छ । त्यसैले पश्चिमले रुसमाथि आर्थिक प्र ति ब न्ध लगाउने ध म्की दिँदा रुसले ग्यास उत्पादन घटाएर युरोपभरि ब्ल्याकआउट गराइदिन सक्छ । जाडो महिनामा ग्यासबाट वञ्चित हुन परेमा युरोप कठ्यांग्रिएरै चुप लाग्छ ।