एजेन्सी –
छिमेकी राष्ट्र भारतको कानपुरस्थित आनन्दपुरीमा एक ब्यापारीको घरबाट १ सय ५० करोड नगद बरामद गरिएको छ ।
आयकर र जीएसटीका अधिकारीहरुले कानपुरको जुही थाना क्षेत्रको आनन्दपुरीमा बस्ने कन्नौजका ठूला पफ्र्यूम व्यापारी पियुष जैनको घरबाट ३६ घण्टा लगाएर १ सय ५० करोड नगद बरामद गरेको हो ।
आईटी विभागले व्यापारी जैनको घरबाट बरामद गरेको उक्त पैसा गन्नका लागि ६ वटा बैंकहरुबाट ६ वटा मेसिन नै मगाउनु परेको थियो ।
बरामद गरिएको उक्त १५० करोडलाई ठूलो कन्टेनरमार्फत् स्टेट बैंक लगिएको बताइएको छ ।
सुरुमा डीजीजीआईका अधिकारीहरुले कर छली गरेको आरोपमा ब्यापारी पियुष जैनको घर, कोल्ड स्टोर र पेट्रोल पम्पहरुमा छापा मारेको थियो ।
सोही क्रममा सय करोडौं रुपैयाँ बरामद हुन थालेपछि इन्कम ट्याक्सको टिमलाई पनि सूचना दिइएको थियो । त्यसपछि दुवै टोलीले ब्यापारी पियुष जैनको घरमा ३६ घण्टासम्म छापा मारेको थियो ।
सोही क्रममा अधिकारीहरुले पैसाको २१ वटा बाकस फेला पारेको हो । यस विषयमा आयकर विभागको टोली हिजैदेखि अनुसन्धानमा जुटेको बताइएको छ ।
जीएसटी खुफिया महानिर्देशन (डीजीजीआई)ले व्यापारी पियुष जैनका छोरा प्रत्युष जैनलाई पनि हिरासतमा लिएर सोधपुछ गरिरहेको बताइएको छ ।
केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी)का अध्यक्ष विवेक जोहरीले पनि छापा मारेर करिब १५० करोड रुपैयाँ नगद बरामद गरिएको बताए ।
टोलीले कानपुर, कन्नौज, गुजरात, मुम्बईमा रहेको जैनको फ्याक्ट्री भएको सबै स्थानमा एकैसाथ छापा मारेको बताइएको छ ।
पियूष जैन समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवको निकट मानिन्छन् । उनले एक महिनाअघि मात्रै अखिलेश यादवको उपस्थितिमा लखनऊमा समाजवादी नामको पफ्र्यूम लन्च गरेका थिए ।
उत्तर प्रदेश: केंद्रीय अप्रत्यक्ष कर और सीमा शुल्क बोर्ड(CBIC) के अध्यक्ष विवेक जौहरी के मुताबिक छापेमारी में लगभग 150 करोड़ रुपये की नकदी ज़ब्त की गई है। अभी भी नोटों की गिनती की जा रही है।
— ANI_HindiNews (@AHindinews) December 24, 2021
तस्वीरें कानपुर के व्यवसायी पीयूष जैन के घर की हैं। pic.twitter.com/RHakOsBFDA




















