काठमाडौं –
नेपाल इन्जियिरर्स एशोसियसनको आसन्न निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धन विभाजित भएको छ । नेपाली कांग्रेससमर्थित इन्जिनियरभित्रै दुई प्यानल हुने अवस्थामा गठबन्धनका अन्य घटकले आफ्नै प्यानल घोषणा गरेका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टीनिकट इन्जिनियरको प्यानल घोषणामा तीनवटा विकासे मन्त्रालयको नेतृत्व
गरिरहेका भौतिक पूर्वाधार मन्त्री रेणु यादव, ऊर्जामन्त्री पम्फा भुसाल र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसहित शीर्ष नेता उपस्थित भएका थिए ।
उम्मेदवारी घोषणासभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले यो गठबन्धनलाई हार्ने छुट नभएको भन्दै जिताउनका लागि जुनसुकै सहयोग गर्न आफूहरू तयार रहेको बताइन् ।
मन्त्री झाँक्रीले एमालेप्रति लक्षित गर्दै यो चुनावबाट एकथरी प्रवृत्तिलाई साइजमा राख्नु आवश्यक रहेको भन्दै अब मुलुकमा लगातार चुनाव आउने भएकाले गठबन्धन बलियो बनाउनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘यो गठबन्धनले स्थानीय तह, प्रदेश र संघीय तहमा उल्लेख्य सफलता पाउँनेछ भन्ने मानक तपाईंहरूले बनाउनुपर्छ । हाम्रोतर्फबाट सबै सहयोग हुनेछ ।’
यो पनि : पम्फा भुसालले उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको जिम्मेवारी सम्हालेको पाँच महिना पुगेको छ । उनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्रालयको जिम्मेवारी सम्हालेको पाँच महिना पुगेको जानकारी दिएकी हुन् ।
यसअवधिमा उनले उर्जा र जलस्रोत तथा सिञ्चाई क्षेत्रमा महत्वपूर्ण काम गरेको बताएकी छिन् । मासिक २० युनिटभन्दा कम विद्युत खपत गर्ने
ग्राहकलाई निःशुल्क विद्युत दिने निर्णय कार्यान्वयनमा आइसकेको छ । यस्तै, यस अवधिमा विद्युतको प्रति युनिट महसुल एक रुपैयाँले घटेको छ ।
यस्तै, सिञ्चाई गर्दा लाग्ने विद्युत महसुल करिब ५० प्रतिशतले घटेको छ । पहिलो पटक वर्षायाममा (असारदेखि कात्तिकसम्म) र सुख्खा याममा (मङसिरदेखि जेठसम्म)
फरक–फरक विद्युत महसुल दर कायम गरिएको छ । माथिल्लो तामाकोशी जलविद्युत निर्माण सम्पन्न भइ भारततर्फ विद्युत निकासी सुरु भइसकेको छ ।
विद्युत वितरण विनियमावली, २०६९ संशोधन गरी ग्राहकमैत्री विद्युत वितरण विनियमावली बनाइएको छ । यसैगरी, विद्युतीय सवारीको प्रयोग प्रबद्र्धन गर्न चार्जिङ स्टेसनको विद्युत महसुल दर निर्धारण गरिएको उनले जानकारी दिइन् ।





















