बागमती लोकसेवाले खोल्यो विज्ञापन, यी पदमा माग्यो यति धेरै कर्मचारी

काठमाडौं – 

बागमती प्रदेश लोकसेवा आयोगले खुला, समावेशी तथा आन्तरिक प्रतियोगिताबाट कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

लोकसेवाले प्राविधिक तथा अप्राविधिक र स्वास्थ्य सेवातर्फ ३९ पदका लागि विज्ञापन आह्वान गरेको हो ।

खुला तथा समावेशीतर्फ सबैभन्दा बढी तथ्यांक सहायक पदमा १० जना माग गरेको छ । त्यसपछि खुला तथा समावेशीमै हेल्थ असिस्टेन्टका लागि ७ सिट छुट्याइएको छ ।

हेर्नुहोस विज्ञापन :

यो पनि पढनुहोस : प्रधानमन्त्री शेरबहादुर देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरूले आज विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरूमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।

उनले शुभकामना सन्देशमार्फत हाम्रा चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि

महत्त्वपूर्ण रहँदै आएको उल्लेख गर्दै क्रिसमसले सबै नेपालीबीच एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक भएको र जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभई विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको शुभकामना सन्देशमा उल्लेख छ।

प्रधामन्त्री देउवाले को भि ड–१९ को नियन्त्रण र व्यवस्थापनका प्रयास प्रभावकारी देखिए पनि यसको नयाँ स्वरूप ओमिक्रोन स ङ्क्र म ण का सम्बन्धमा

विश्व स्वास्थ्य सङ्गठन र विज्ञहरूले चिन्ता व्यक्त गरिरहेकाले स्वास्थ्यका मापदण्डहरू पालना गर्दै सुरक्षित रूपमा हर्षोल्लास पूर्वक यो पर्व मनाउन सबैमा अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...