काठमाडौं –
वैकल्पिक सार्वजनिक यातायात कम्पनीको आएको पठाओले राइड सेयरिङ बिमा सेवा सुरु गरेको छ । पठाओले एभरेष्ट इन्स्योरेन्ससँगको समन्वयमा राइडर र सेवाग्राही दुवैको राइडको समयको दु र्घ ट ना बिमा सुरु गरेको हो ।
राइडर (चालक) र सेवाग्राही दुवैको सुनिश्चित र सुरक्षित राइडको अनुभव दिने उद्देश्यले ‘राइड सेयरिङ बिमा’ सुरु गरेको पठाओ नेपाल प्रालिका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए ।
मोबाइल एपमार्फत राइड रिक्वेस्ट नगरी अफलाइन यात्रा गर्दा बिमा माग दाबी गर्न मिल्ने छैन ।
पठाओ एपमार्फत सहजीकरण गरि उपलब्ध सेवाहरु प्रयोग गर्ने सेवाग्राही तथा राइडर(चालक)हरुको १ लाखसम्मको दुर्घटना उपचार बिमा र सवारी दु र्घ ट ना का
कारण मृ त्यु वा अ पां ग ता हुन पुगेको खण्डमा ५ लाखसम्म बिमा दाबी गर्न सकिन्छ । दु र्घ ट ना भएर उपचारको क्रममा मृ त्यु भएमा ६ लाख सम्मको बिमा दावी गर्न सकिने बस्न्यात बताउँछन् ।
सेवाग्राहीले राइड सेयरिङ बिमा दाबी गर्न आफ्नै पठाओ अकाउन्टबाटै राइड बुक गरेको हुनुपर्ने, ब्यक्तिगत जानकारी सहि हुनुपर्ने र यात्रा सुरु
गर्नुपूर्व राइडरको सवारी नम्बर र सवारीको मोडल पठाओ एपमा दर्ता भए बमोजिम छ कि छैन जाँच गरेर मात्र सवारी लिनुपर्ने शर्त राखिएको छ ।
त्यसैगरी सेवाग्राही र राइडरको पठाओ एपमा ब्याक्तिगत विवरण सही हुनुपर्ने र दुर्घटना भएपश्चात सेवाग्राही तथा राइडर दुवैले १०० वा १०३ मा फोन गरेर
प्रहरीलाई तत्काल खबर गर्नुपर्ने र सोही दिन पठाओमा खबर गरि र दुर्घटना भएकै दिन स्वास्थ्य संस्थामा जाँच गरेको अवस्थामा बिमा माग दावी गर्न सकिने बताइएको छ ।





















