काठमाडौं –
संयुक्त राज्य अमेरिकाले चीनमाथि ग म्भी र आ रो प लगाएको छ ।
अमेरिकाले चीनमाथि परमाणु क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण गर्ने आफ्नो क्षमता वृद्धि गरिरहेको आ रो प लगाएको हो ।
अमेरिकी वैज्ञानिकहरूले भूउपग्रहबाट खिचिएको चीनको पश्चिमी भूभागको तस्विरले त्यहाँ प र मा णु क्षे प्या स्त्र का लागि आवश्यक संरचना बन्दै गरेको देखिएको फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट एफएएसको एउटा प्रतिवेदनमा उल्लेख गरेका छन् ।
उक्त तस्विर आएपछि सबैको होस उडेको बताइएको छ । अमेरिकी रक्षा अधिकारीले चीनको प र मा णु क्षमता अभिवृद्धिप्रति चिन्ता व्यक्त गरेका हुन् ।
चीनको पश्चिममा गत दुई महिनामा निर्माणाधीन देखिएको दोस्रो प र मा णु क्षे प्या स्त्र क्षेत्र भएको बताइएको छ ।
निर्माणाधीन क्षेत्रमा ११० भूमिगत क्षे प्या स्त्र भण्डारण र प्रक्षेपण स्थल रहेको बताइएको छ । गत महिना अमेरिकी अखबार वाशिङ्टन पोस्टले गान्सु प्रान्तको युमेनको मरुभूमिको एउटा क्षेत्रमा त्यस्तो १२० क्षेप्यास्त्र भण्डारण स्थल देखिएको समाचार प्रकाशित गरेको थियो ।
एफएएसले सोमबारको प्रतिवेदनमा नयाँ क्षेत्र युमेनभन्दा ३८० किलोमिटर उत्तर–पश्चिमको हामिमा रहेको र त्यहाँ भर्खरै निर्माण सुरु गरिएको जनाएको छ ।
सन् २०२० मा अमेरिकी रक्षा मन्त्रालयले चीनले आफ्नो प र मा णु क्षे प्या स्त्र दोब्बर बनाउन लागेको जानकारी दिएको थियो ।
अमेरिकी रक्षा मन्त्रालयको एउटा विभागले एफएएसको प्रतिवेदनबारे चि न्ता व्यक्त गरेको छ ।
सन् २०२० मा चीनमा २०० भन्दा बढी प र मा णु क्षे प्या स्त्र हरू भएको अनुमान गरिएको थियो ।
चीनले त्यसलाई दोब्बर बनाउन खोजेको अमेरिकाको आ रो प छ । अमेरिकामा त्यस्ता ३,८०० क्षे प्या स्त्र रहेको बताइन्छ ।