काठमाडौं –
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वमा बसिरहने आफ्नो चाहना नभएको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले माओवादीलाई पनि बुर्जुपा पार्टी बनाउन चाहनेहरुले मात्र आफ्नो विरोध गरेको बताए ।
‘यो पार्टीलाई पनि बुर्जुवा पार्टी बनाउन चाहनेहरुले कति बसेको भनेर… मानौं मैले व्यक्तिगत रुपले बसेको जस्तो । यो मेरो व्यक्तिगत कुरा होइन ।
यो राष्ट्रको सर्वोत्तम हितको निम्ति जनताको विकास, समृद्धि र मुक्तिको निम्ति मैले अन्तिम समयसम्म लड्छु भनेर मात्रै मलाई सबै साथीहरुले तपाई बस्नुपर्छ भनेर पो बरु म बसिराखेको छु त’ उनले भने।
अध्यक्ष प्रचण्डले आफू पार्टी नेतृत्व छाड्ने चाहना हुँदाहुँदै बस्नु परिरहेको टिप्पणी गरे । ‘व्यक्तिगत रुपले त भन्नुहुन्छ भने मलाई यत्रो बस्नुभन्दा अब रिटायर भएर संस्मरण लेख्न पो राम्रो छ।
तर मैले अहिले जुन दस्ताबेज बनाउँदै छु, मलाई विश्वास छ राष्ट्रिय सम्मेलनले त्यसमा गर्व गर्नेछ र नेतृत्वप्रति गर्व गर्नेछ’ उनले भने ।
यो पनि : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा एक सय ५१ किलोको माला लगाइएको छ ।
नेकपा एमालेको जिल्ला समिति पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताहरुले उनलाई १ सय ५१ किलोको माला लगाइदिएका हुन् ।
जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा गएका थिए । उनले विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्नेछन् ।
यो पनि : महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले ९० वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै भत्ता पु-याउने व्यवस्था गरिने बताएकी छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री रेग्मीले ९० वर्षमाथि पुगेका जेष्ठ नागरिकलाई सरकारले घर–घरमै भत्ता पु-याउने बताइन् ।
९० वर्षमाथि पुगेका जेष्ठ नागरिकहरु शारिरिक रुपमा अशक्त भएको कुरालाई दृष्टिगत गर्दै बैंकसँग समन्वय गरी घरमै भत्ता पु-याउने व्यवस्था सरकारले गरेको र छिट्टै कार्यान्वयन हुने बताइन् ।
त्यसैगरी रातो कार्ड पाएका अपांगता भएका व्यक्तिहरुले पाउने भत्ता पनि घरमै पु¥याउने उनले बताइन् । उनले भनिन्, ‘जेष्ठ नागरिकहरु जो ९० वर्ष माथि पुग्नुभयो ।
जो बेडमा पर्नुभाको छ र अपांगता भएका व्यक्तिहरु जो रातो कार्ड पाउनुभएको छ । उहाँहरु बेडमा हुनुहुन्छ, बैंक जान सक्नुहुन्न । त्यस्तै अरु जसले भत्ता पाउने अधिकार राख्नुहुन्छ तर उहाँहरु बैंक जान सक्नुहुन्न ।
त्यस्तोहरुलाई जसरी हुन्छ, स्थानीयले बैंकसँग समन्वय गरेर हातहातमा भत्ता पु-याइदिने बैंकले, त्यो व्यवस्था गर्नुपर्छ भनेर त्यसमा लागिरहेका छौँ ।
संघीय मामिला मन्त्रालयसँग पनि बैठक गरेर त्यो कुरालाई कार्यान्वयनको पक्षमा जाने भन्ने कुरा पास भइसकेको छ । त्यस्तै प्रकारले यातायातमा पनि ५० प्रतिशत भाडा छुट छ,
अपांगता भएका व्यक्तिलाई र जेष्ठ नागरिकहरुलाई तर त्यो कार्यान्वयन हुन सकेको छैन । त्यसमा कसरी कार्यान्वयन गराउन सकिन्छ, ति कुराहरुमा पनि हामी लागिरहेका छौँ ।’
उनले महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको समस्या समाधानका निम्ति मन्त्रालयले नीतिगत रुपमा काम गरिरहेको पनि बताइन् ।





















