ब ला त्कृ त युवतीको पहिचान सार्वजनिक गर्ने पत्रकारलाई ५ महिना कै द स जा य

वीरेन्द्रनगर –

गत जेठमा ब ला त्कृ त भएकी युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकारलाई पाँच महिना कै द स जा य तोकिएको छ । सुर्खेत जिल्ला अदालतले ती पत्रकारलाई स जा य सुनाएको हो ।

अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले ‘राप्ती पहिचान डट कम’ अनर्लानका सञ्चालक दाङको तुलसीपुर उपमहानरपालिका–३ का एग्गेबहादुर बुढा मगरलाई पाँच महिना कै द र पाँच हजार रुपैयाँ ज रि वा ना तोकेको हो ।

अदालतको फैसलामा पत्रकार बुढामगरले २४ घण्टाभित्र क्षमायाचना गरे कै द बस्न नपर्ने विकल्प पनि दिइएको थियो । उनले आफू सञ्चालक रहेको अनलाइनमार्फत क्षमायाचना गरिसकेका छन् ।

बुढाले युवतीको पहिचान खुल्नेगरी तस्बिर र नामसहित समाचार प्रकाशन गरेका थिए । यस्तै पीडकको तर्फबाट बहस गरेका वकिलहरु वि रु द्ध स्टाटस समेत लेखेका उनलाई अदालतले स जा य सुनाएको हो ।

पीडकका तर्फबाट वकालत गर्ने वकिलहरु मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसीले ब ला त्का र पी डि त युवतीको पहिचान खुल्नेगरी अनलाइनमा

समाचार प्रकाशन गरेको र आफूहरु वि रु द्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अवहेलना मु द्दा दायर गरेका थिए ।

संवेदनशील विषयमा समाचार सामग्रीहरु प्रकाशन/प्रसारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि बुढामगरलाई कै द र स जा य तोकिएको जिल्ला न्यायाधीश आचार्यको फैसलामा उल्लेख गरिएको छ ।

‘सामाजिक क्षेत्रमा समाचार सम्प्रेषण गर्नेले परिणामको गा म्भी र्य ता लाई समेत मध्यनजर गर्नुपर्ने हुन्छ, सो विषयमा ग म्भी र नभई पी डि त को पहिचान खुलाएको अवस्था हुँदा यो कानुनी का र बा ही को विषय हुन आयो,’ अदालतको फैसलामा भनिएको छ ।

गुर्भाकोट नगरपालिका–९ स्थित आँपसोतीमा बसेका बेला एक युवतीमाथि ब ला त्का र भएको थियो । जेठ २१ गते दुई युवती सामान किन्न आएको बेला होटलमा ज ब र ज स्ती म दि रा सेवन गराएर युवाहरुले ब ला त्का र गरेका थिए ।

युवतीमाथि ज ब र ज स्ती गर्ने गुर्भाकोटका चमन घर्ती, भुपेन्द्र बुढा र विनोद पुनलाई यसअघिको फैसलाबाट कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...