एमसीसीमा प्रचण्डले डबल रोल खेलिरहेको प्रमाणनै छताछुल्ला पारिदिए सिपि गजुरेलले !

काठमाडौं –

क्रा न्ति का री माओवादीका नेत एवं देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपि गजुरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मिलिनियम च्यालेन्ज कर्पोरेसन्स एमसीसीमा ठबल रोल खेलिरहेको ठोकुवा गरेका छन् ।

गजुरेलले प्रचण्डको चरित्रनै ढुलमुले चरित्र भएको भन्दै कुनै पनि कुरामा अडान लिन नसकेको बताएका छन् ।

एमसीसीको सन्दर्भका प्रचण्डले मेरो अडान यो हो भनेर प्रष्ट भन्न नसक्नु भनेको उनको ढ्ुलमुले चरित्रको उदाहरण भएको गजुरेलले बताएका छन् ।

अडान लिँदा रिक्स हुने हुनाले सबैलाई ठिक्क पार्ने रणनितिमा प्रचण्ड रहेको पनि गजुरेलले दाबी गरेका छन् । अमेरिकासँग कुराकानी गर्दा प्रचण्डले एमसीसी पास गर्छौ भनेरै बचन दिएको र

माओवादी पार्टीमा बहुमत सदस्य एमसीसी वि रो धी भएका कारण पास गरौँ भनेर भन्न नसकेको उनले बताए । प्रचण्डले देउवासँग पनि ठिक्क पार्ने निति लिएको गजुरेलले बताएका छन् ।

अमेरिकासँग पनि ठिक्क पारेका छन् पार्टी भित्र पनि म एमसीसीको वि रु द्ध मा हो भनेर ठिक्क पारेका छन् यत्ता देउवालाई पनि गठबन्धन ट्ट्ला भनेर खुशि पार्न खोजेका छन्

प्रचण्डको चरित्रनै यस्तै ढुलमुले चरित्र हो । प्रचण्डको यो पाराले वस्तुगत रुपमा भन्दा एमसीसी पास गर्नका लागि होइन नगर्न कै लागि सहयोग चाँही पुगेको छ । गजुरेलले भनेका छन् ।

गजुरेलले नेपाली काँग्रेस पार्टीमा केहि मान्छे एमसीसीको वि रो ध मा भए पनि बोल्न नसक्ने अरु सबै पक्षमै भएको तर माओवादी र नेकपा एमालेमा धेरै मान्छे

एमसीसी वि रो धी रहेकोले ओली या प्रचण्डले चाहेर मात्रै पनि अब एमसीसी पास गर्न नसकिने बताएका छन् । देउवा अमेरिकाको द बा ब थेग्नै नसक्ने अवस्थामा पुगिसकेको दाबी पनि उनले गरेका छन् ।

अहिले बोलाइएको संसदको हिउँदे अधिवेशन एमसीसी पास गराँनैका लागि हो भन्दै सिपीले देउवाले पहिले दिननै एमससिी टेबुल गर्न खोजेको तर सभामुख लगायतले नमानेका कारण मात्रै त्यस दिन रोकिएको बताए ।

अहिले सडकको आन्दोलन निकै चर्किउको कारणले त्यसलाई पुरै वेवास्ता गरेर अघि बढ्ने हिम्मत कसैको नभएको पनि उनले बताएका छन् ।

जबर्जस्ती एमसीसी पास गर्न खोजे देशमा ठुलो दु र्घ ट ना हुन सक्ने पनि गजुरेलले ठोकुवा गरेका छन् । पुरै देशको राजनिति उथलपुथल हुन सक्ने उनको विश्लेषण छ ।

देशको अस्मिता रक्षाको विषय भएको हुनाले कसैले सोचे जति सजिलोसँग एमसीसी पास हुन सक्ने अवस्था नभएको जिकिर उनले गरेका छन् ।

गजुरेलले एमसीसीकै कारण सत्ता समिकरण परिवर्तन हुन सक्ने सम्भावना पनि केलाउका छन् । प्रचण्ड र माधव नेपाल एमसीसी पास गराउँन तयार नभए देउवा र

ओलीको गठबन्धन बनाएर पास गराउँने खेल पनि हुन सक्ने उनको अनुमान रहेको छ । अहिले नै माओवादी र नेकपा एससँग गठबन्धन टुटाएर जान देउवालाई काँग्रेस भित्रै पनि सजिलो नभएको गजुरेलको विश्लेषण रहेको छ । ओटिभिनेपालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...