बेइजिङ –
चीन सरकारले चार अमेरिकी सरकारका अधिकारीमाथि प्र ति ब न्ध को घोषणा गरेको छ। चीनको सिन्जियाङ प्रान्तका उइघुरको मु द्दा देखाउँदै प्रतिशोधस्वरुप सरकारले ती अधिकारीमाथि प्र ति ब न्ध को घोषणा गरेको हो।
संयुक्त राज्य अमेरिका सरकारका अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगकी अध्यक्ष नादिन मेइनजा, सचिव नुरी टर्केल, अनुरिमा भार्गेभा र जेम्स कारविरुद्ध सरकारले प्र ति ब न्ध लगाएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सो जानकारी दिएका हुन्।
चीनले मंगलबार प्रतिशोध स्वरुप अमेरिकी सरकारका अधिकारीमाथि प्र ति ब न्ध को घोषणा गरेको हो। चीनको सो प्र ति ब न्ध पछि करिब १ लाखभन्दा बढी जनसंख्या भएको अल्पसंख्यक मुस्लिम समुदाय उइघुरको बासस्थान रहेको सिन्जियाङ प्रान्तमा त ना व छाएको बताइएको छ।
यसअघि अमेरिकाले उइघुरको मु द्दा लाई लिएर चीनको राजधानी बेइजिङमा आयोजित सितकालीन ओलम्पिक्सलाई कूटनीतिक रुपमा ब हि ष्का र गर्ने घोषणा गरेको थियो।
यो पनि : चीनसँगको सम्बन्ध लुकाएकोमा हार्वड विश्वविद्यालयका प्रोफेसर दो षी ठहर
चीनसँगको सम्बन्ध लुकाएको अ भि यो ग मा हार्वड विश्वविद्यालयका प्रोफेसर दो षी ठहरिएका छन्। चीनद्वारा सञ्चालित भर्ना कार्यक्रममा आफ्नो सम्बन्ध लुकाएको आ रो पमा प्रोफेसर चार्ल्स लियवर मंगलबार दो षी ठहरिएका हुन्।
६२ वर्षीय लियवर हार्वड विश्वविद्यालयस्थित केमेस्ट्री एण्ड केमिकल वायोलोजी विभागका पूर्व प्रोफेसर हुन्। उनले विभिन्न सन्दर्भमा झु टो बोलेको र चीनको वैदेशिक बैंकको खातामा दस्तुर पठाउन असफल रहेकोमा अमेरिकी ज्युरीले उनलाई दो षी ठहर गरेको हो।
चीनको थाउजेन्ड प्लान कार्यक्रममा ती प्रोफेसरको संलग्नता रहेको र चीनसँगको सो सम्बन्ध लुकाउन उनले नियतपूर्वक पटक-पटक झु ट बोलेको पाइएको छ। सो आरोपमा उनी सन् २०२० जनवरीमा प क्रा उ परेका थिए। त्यसयता उनको मु द्दा चलिरहेको थियो।
यो पनि : को भि ड विरुद्ध चौथो खोप दिने इजरायल संसारकै पहिलो मुलुक
को भि ड-१९ वि रु द्ध चौथो खोप दिने इजरायल संसारकै पहिलो मुलुक बन्ने भएको छ। को भि ड वि रु द्धको खोपमा चौथो डोज दिनेमा इजरायल संसारकै पहिलो मुलुक बन्ने भएको हो।
पछिल्लो समय संसारमा को भि ड-१९ को नयाँ भेरियन्ट फैलिएसँगै हालः इजरायल सरकारले को भि ड-१९ वि रु द्ध खोपको चौथो डोज दिन तयारी गरिरहेको छ।
सो तयारी पूरा भएपछि को भि ड-१९ वि रु द्ध चौथो डोज उपलब्ध गराउने इजरायल संसारकै चौथो मुलुक हुने त्यहाँका सं क्र म ण रोग नियन्त्रण विज्ञहरुले बताएका छन्।
इजरायलका प्रधानमन्त्री नाफतली बेनेटले विज्ञहरुको योजनाको स्वागत गर्दै सर्वसाधारणलाई को भि ड वि रु द्ध चौथो डोज उपलब्ध गराउन निर्देशन दिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। मंगलबार इजरायलमा ओमिक्रोन सं क्र मि त पहिलो व्यक्तिको मृ त्यु भएपछि सरकारले सो निर्णय गरेको बताइएको छ।
यो पनि : दुबईका शासकको महँगो ‘डि भो र्स’, पत्नीलाई वर्षेनि ५ सय मिलियन पाउन्ड तिनुपर्ने!
आफ्नी पूर्व पत्नीलाई वर्षेनि ५ सय मिलियन पाउन्ड तिर्न दुबईका शासक समक्ष अदालतले आदेश दिएको छ। शासक शेइख मोहम्मद विन रशिद अल मक्तौमकी पूर्व पत्नी प्रिन्सेस हायालाई सो रकम तिर्न बेलायतको एक अदालतले आदेश दिएको हो।
योसँगै उनको सम्बन्ध वि च्छे द संसारको सर्वाधिक महँगो बनेको बताइएको छ। स म्ब न्ध वि च्छे द पछि पूर्व पत्नी हाया र उनका दुई सन्तानको वार्षिक खर्च शासक सेइखले ब्यहोर्नुपर्ने भन्दै अदालतले सो आदेश दिएको हो। सम्बन्ध वि च्छे द पछि बेलायतको अदालतले सुनाएको सो रकम बराबरको फैसला सम्भवतः हालसम्मकै उच्च भएको द गार्जियनमा खबर छ।
पूर्व पत्नी हाया र उनका दुई सन्तानको वार्षिक खर्च ५ सय मिलियन पाउन्डभन्दा बढी अर्थात् झन्डै आधा विलियन पाउन्ड हुन आउने हुँदा शेइखले वर्षेनि सो रकम तिर्नुपर्ने अदालतले बताएको छ।
यो पनि : जापानमा आलु अभाव
जापानमा आलुको चरम अभाव छाएको छ। को भि ड-१९ र क्यानडामा आएको बाढीका कारण जापानमा आलुको अभाव भएको हो।
क्यानडा र अन्य मुलुकमा गएको बाढीका कारण र को भि ड-१९ म हा मा री सँगै लागेको प्र ति ब न्ध का कारण जापानमा आलु आयात हुन नसकेको बताइएको छ। सोही कारण सं क ट छाएको अधिकारीहरुले बताएका छन्।
आलु अभावका कारण जापानमा आलुबाट बन्ने परिकार उपभोगमा गिरावट आएको बताइएको छ। अमेरिकी फास्ट फुड कम्पनी म्याकडोनाल्ड रेष्टुरेन्टले फ्रेन्च फ्राइजलगायत आलुबाट बन्ने अन्य परिकारमा कटौती गरेको अन्तर्रारष्ट्रिय मिडियामा खबर छ।
‘आलु अभावका कारण हामीले फ्रेन्च फ्राइज र चिप्सलगायत अन्य आलुका परिकारहरुको आकार सानो बनाएर बेच्ने गरेका छौं। हरेक दिन बन्ने आलुका विभिन्न परिकारलाई हप्तामा दुई दिन पकाएरमात्र बेच्ने गरेका छौं,’ जापानस्थित एक म्याकडोनाल्डस रेष्टुरेन्ट सञ्चालनकले भनेका छन्।
जपानमा हालः ३ हजारभन्दा बढी म्याकडोनाल्ड्स रेष्टुरेन्ट सञ्चालनमा छन्। यसअघि जापानमा सन् २०१४ डिसेम्बरमा समेत देशभरि आलु अभाव भएको बताइएको छ।