काठमाडौं –
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा आफुले कुनै पनि नेतालाई नामै किटेर चो र नभएको तर आफुले भन्दा प्रचण्ड लगायतका नेताहरुलाई ठुलै पिर परेछ भनेर टिप्पनी गरेका छन्
लिङदेनले चो र को खुट्टा काट भन्दा अन्य दलका नेताले खुट्टा तोको जस्तो नेताहरुको प्रवृत्ति देखिएको बताएका छन् ।
कांग्रेस महाधिवेशनको उदघाटन सत्रमा बोलेका कुरा नेताहरुले चरित्र सुधार्नुपर्ने अवस्था आएको कुरा रहेको उनले बताए । तर अन्य नेता आफुमाथि खनिएको उनले बताए ।
उनले भने, “मैले प्रवृतिको कुरा गरेको थिएँ तर नेताहरुले आफैलाई भनिएको जस्तो चोरको खुट्टा काट भन्दा खुट्टा ताने ।”
राप्रपा याथास्थितिको राजनितिबाट वाक्क दिक्क भएकाहरुका लागि आशा र भरोसा बनेको उनले बताए । गृह जिल्ला झापामा शनिबार आयोजित कार्यक्रममा बोल्दै जनता तथा कार्यकर्ताको विश्वासमा कुठाराघात हुन नदिने बताए ।
उनले भने, ‘तपाईहरुको मत र विश्वासलाई धोका दिन्न’ । आफु पदमा मात्र बस्न अध्यक्ष नभएको बताए । उनले भने, अब कार्यकर्ताले चिन्ता लिनु पर्दैन । आफु काँग्रेस र कम्युनिष्ट मिलाएर हिँडने भएकाले कसले के भन्छ भन्न्े कुराको पछि नलाग्ने लिङदेनले बताए’ ।
राप्रपा अध्यक्ष लिङदेनले पार्टीमा काम नगर्नेको स्थान नरहने बताए ।
उनले भने, अब उपरखुट्टि लगाएर बस्नेको काम छैन । म पनि काम गर्छु, अरुले पनि गर्नुपर्छ । अब पार्टी फुट्ने र फुटाउने परिस्थिति नभएको उनले बताए ।





















