पोखरा –
ओछ्यानमा पि सा ब गरेको भन्दै ६ वर्षीय बालकको लिं ग मा रबरले बाँधेर स जा य दिने पोखराको एक होस्टल वार्डेन प क्रा उ परेकी छन् ।
प क्रा उ पर्नेमा पोखरा महानगरपालिका–१५ स्थित न्यू लाइफ होस्टलकी वार्डेन २७ वर्षीया जानुका नेपाली छन् ।
उनले राति ओछ्यानमा पि सा ब गरेको भन्दै सोमबार बिहान बालकको लिं ग मा रबरले बाँधिदिएकी थिइन् । ती बालक नजिकैको सिद्ध स्कुलमा नर्सरीमा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लामो समयसम्म यौ नां ग बाँधिएका कारण असह्य भएपछि ती बालक कक्षा कोठामा चर्को स्वरमा रो ए को र त्यसैबाट उनको यौ नां ग बाँधिएको खुल्न आएको थियो ।
स्कुलले थाहा पाउँदा बालकको पेट पनि फुलिसकेको स्कुल स्रोतले जानकारी दिएको छ । बालकको स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएको तर, नतिजा नआइसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक केसीका अनुसार ती बालक डोल्पाबाट पढ्न पोखरा आएका हुन् । ‘उसको बुवा पहिले नै बित्नुभएको रहेछ, आमा उतै गाउँमा हुनुहुँदो रहेछ,’ उनले भने, ‘त्यही भएर उसलाई होस्टलमा राखेर पढाइएको रहेछ ।’
प क्रा उ परेकी नेपाली वि रु द्ध बालबालिका वि रु द्ध को कसुर मुद्दामा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक कास्कीले जानकारी दिएका छन् ।
हिमालयन गुडलाइफ, काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलमा अभिभावक नभएका विद्यार्थी बस्दै आएका छन् ।
उक्त होस्टलमा ९ जनाले आश्रय लिइरहेको होस्टलकै एक कर्मचारीले जानकारी दिए । घटना बाहिरिन नदिन होस्टल कर्मचारी र स्कुलबीच गोप्य सम्झौता पनि भएको थियो ।
हामीलाई प्राप्त उक्त लिखित सम्झौतामा आइन्दा यस्ता घटना दोहोरिन नदिने प्रतिवद्धता होस्टल सञ्चालक राहुल नेपालीले गरेका छन् ।
सम्झौतामा भनिएको छ, ‘आइन्दा यस्तो घटना दोहोरिएको पाइएमा जे का र बा ही पनि भोग्न तयार भएको व्यहोरा जानकारी गराइन्छ ।’
उक्त सम्झौता पत्रमा स्कुलका सहायक प्रधानाध्यापक जुना थापा, होस्टल सञ्चालकद्वय राहुल नेपाली र गणेश परियार नर्सरी शिक्षक सिर्जना कँडेल, केजी शिक्षक सम्झौता गौतम, आ रो पी जानुका नेपाली र उनका श्रीमान किसन नेपालीले हस्ताक्षर गरेका छन् ।
पोखरामा छैन दर्ता
हिमालयन गुड लाइफ काठमाडौंद्वारा सञ्चालित उक्त होस्टल पोखरामा कहीं कतै दर्ता नभएको पाइएको वडा अध्यक्ष प्रकाश पौडेलले बताए ।
उनले भने ‘यो यहाँ कतैपनि दर्ता भएको छैन । हिमालयन गुड लाइफ काठमाडौंद्वारा सञ्चालित भनिएको छ । यो पोखराको लागि गैर कानूनी रहेको पाइयो ।’
यो होस्टल करिब ६ महिनाअघिदेखि मात्रै पोखरामा सञ्चालन भएको र दशैंपछि मात्रै बालबालिकालाई विद्यालयमा भर्ना गरिएको सहायक प्रधानाध्यापक जुना थापाले जानकारी दिइन् ।
पोखरामा सञ्चालित होस्टलको स्थानीय सञ्चालक गणेश परियार रहेको र होस्टल इटहरीमा दर्ता भएको भनी सहसञ्चालक राहुल नेपालीले जानकारी दिएको सहप्रधानाध्यापक थापाले बताइन् ।
उनले भनिन् ‘यसको मुख्य कार्यालय काठमाडौंमा रहेको र यो इटहरीमा पनि दर्ता भएको भन्ने जानकारी दिनुभएको छ । अब जिल्ला प्रशासनले छानबिन गरेर खारेज गर्ने अथवा दिने केही गर्ला ।’






















