एमसीसी पास गर्नेको छातीमा गो ली ठोक्ने विप्लवको घोषणा, थाले यस्तो तयारी झ स्कि ए एमसीसी पास गर्न लागेका नेता !

काठमाँडौ – 

एमसीसी पास गर्ने अन्तिम तयारी चलेका बेला पास गर्नेको छातीमा गो ली ठोक्ने भन्दै कडा चे ता व नी दिइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्नेपर्ने रणनीतिमा देखिएका छन्। यसैका लागि आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा सम्झौता टेबल गर्ने सम्भावना बढेको छ ।

पछिल्लो समय नेपालका राजनीतिक दलहरु, नागरिक समूहबाट यसको चर्को वि रो ध र आलोचना हुन थालेको छ । हिजो साँझ अखिल (क्रा न्ति का री) र युवा संगठन नेपालद्वारा बनेपाको तरकारी बजारदेखि चार दोबाटोसम्म मसाल जुलुस निकालेर एमसीसीको बि रो ध गरिएको थियो ।

यता लगनखेलमा नेपाल कम्युनिष्ट पार्टी, ललितपुर महानगरपालिकाको आयोजना र इञ्चार्ज महेश बज्राचार्यको नेतृत्वमा हिजो साँझ बि रो ध कार्यक्रम गरिएको छ ।

उनीहरुले एमसीसी चाहिँदैन,देश बेच्न पाईंदैन,दलाल सरकार होशियार लगायत नारा लगाएका थिए । नेकपाले आज माइतीघर मण्डलामा बिहान साढे ११ बजे एमसीसीको बि रो धमा कार्यक्रम गर्ने जनाएको छ ।

हिजै काठमाडौंको चाबहिल चोकमा अखिल क्रान्तिकारीको आयोजनामा एमसीसीको बि रो धमा कोणसभा कार्यक्रम राखिएको थियो । साँझ अखिल क्रा न्ति का रीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीको नेतृत्वमा भएको कार्यक्रममा झण्डै डेढ दर्जनको उपस्थिति थियो ।

त्यसैगरी बालकुमारी पुल नजिकै पनि नेकपा (विप्लव) ले एमसीसीको बिरोधमा कार्यक्रम गरेको छ । हिजो अपरान्ह उक्त कार्यक्रम संयुक्त संघर्ष समितिको आयोजनामा नेकपा विप्लव निकट ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापाको नेतृत्वमा भएको हो ।

कार्यक्रममा बोल्दै थापाले एमसीसी पास गर्न खोज्ने नेताहरूको छा ती मा गो ली हान्नेसम्मको ध म्की दिएका छन् ।

एमसीसी फिर्ता नहुँदासम्म आफूहरुको आन्दोलन जारी रहने उनीहरुले बताएक हुन् । संयुक्त संघर्ष समितिले एमसीसीको बि रो ध मा आज बिहान साढे ११ बजे माइतीघरमा कार्यक्रम राखेको छ ।

मंगलबार प्रतिनिधि सभा बैठक बस्‍दैछ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्‍न लागेको हो । बैठकअघि सभामुख अग्‍निप्रसाद सापकोटाले कार्य परामर्श समितिको बैठक बोलाएका छन् ।

परामर्श समितिको बैठक बिहान साढे ११ बजे बस्‍ने संसद् सचिवालयले जनाएको छ । समिति बैठक संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने छ ।

संसद्‍को सम्‍भावित कार्यसूचीमा कानुन मन्‍त्री दिलेन्‍द्रप्रसाद बडूले केही अध्यादेशलाई स्वीकृत गरियोस् भन्‍ने प्रस्‍ताव पेश गर्ने कार्यसूची छ ।

त्यस्तै सांसद प्रेम सुवालले यौन हिंसाविरुद्धका केही अध्यादेशलाई स्वीकृत गरियोस् भन्‍ने प्रस्‍ताव पेश गर्नेलगायत सम्भावित कार्यसूची छन् ।

आजको बैठकमा एमसीसी भने टेबल नहुने भएको छ । संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसीसीबारे उल्लेख गरिएको छैन । यसअघि आजको बैठकमा एमसीसी टेबुल हुने चर्चा थियो ।

यो पनि :  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को पक्षमा उभिने निर्णय गरेको छ । सिंहदरवारस्थित लोसपाको संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । 

लोसपा संसदीय दलका प्रतिनिधिसभा सदस्य लक्ष्मण लाल कर्णले पार्टी एमसीसीको पक्षमा उभिने निर्णय भएको र भोलि बस्ने संसदको बैठकमा सत्ता पक्ष कसरी प्रस्तुत हुन्छ त्यसअनुसार पार्टी अघि बढ्ने बताए । 

हिजोको सर्वदलीय बैठकमा एमसीसीबारे भएको छलफलको विषयमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले बिफिङ्ग गरेका थिए । सत्ता पक्षमै पनि एमससीको विषयमा स्पष्ट नरहेको कुरा अध्यक्ष ठाकुरले बैठकमा राखेका थिए । 

बैठकमा संसदीय दलको नेताको विषयमा छलफल हुने भनिए पनि एजेण्डा नै नबनेपछि त्यसमा छलफल नभएको नेता कर्णले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...