काठमाडौं –
नेपाली कांग्रेसका १४ औ महाधिवेशनबाट महामन्त्रि पदमा निर्वाचित विश्वप्रकाश शर्मा नेपाली कांग्रेस भित्र कति लोकप्रिय रहेछन् भन्ने कुरा उनले प्राप्त गरेको मतबाट बुझ्न सकिन्छ ।
गगन थापाले महामन्त्रिमा जित्नु र विश्वप्रकाशले महामन्त्रि जित्नुमा आकाश पातालको फरक छ भन्ने कांग्रेसीजनहरु प्रशस्तै छन् ।
थापाले बलियो टिमबाट टिक पाएका थिए प्यानलको भोटमा आफ्नो लोकप्रिय मत मिसाउँदा उनको जित स्वाभाविक थियो तर विश्वप्रकाशले गुटको दायरा भत्काएर प्रतिनिधिको मन जितेर मत पाएका थिए ।
प्रकाशमान सिंह प्यानलबाट महामन्त्रिका उम्मेदार बनेका शर्माले आफ्नो प्यानको सभापतीको उम्मेदवारले ३०० मत कटाउँन हम्मे परेको बेला झण्डै २००० मत ल्याएर महामन्त्रिमा बाजी मारेका छन् ।
व्यक्तिको व्यक्तित्वका अगाडि गुटको पर्खाल भत्किन सक्ने रहेछ भन्ने कुराको प्रमाण उनी बनेका छन् । शर्मालाई नेपाली कांग्रेस भित्र सानो विपिको नामले पनि चिनिन्छ ।
विशेश्वर प्रसाद कोइराला र विश्वप्रकाश शर्माको सटकट नाम विपी हुन्छ । त्यत्ति मात्रै होइन उनको आनीबानी र आचररण पनि विपि कोइरालासँग मिल्ने खालको छ ।
सादा जिवन र उच्च विचार राख्ने शर्मा आफ्नो राजनितिक जीवनको आदर्श पनि विपि कोइरालालाई नै मान्छन् ।
विपी कोइरालालाई जेलमा राखिएको ठाउँ सुन्दरीजलमा गएर कांग्रेस महामन्त्रिको उम्मेदवारी घोषणा गरेका शर्माले महामन्त्रिमा विजयी भए पछि सुन्दरी जलमै पुगेर आदर्श अनुरुप काम गरेर कांग्रेसको मात्रै होइन देशकै मुहार फेर्ने कसम खाएका छन् ।
मिठो आवाजमा बोलेर प्रभावित पार्न सक्ने बेजोडको खुबि उनीसँग रहेका छ । कांग्रेस पार्टी भित्र लोकप्रियताको पकड जमाउँन सफल शर्माको पारिवारिक जीवन निकै रोचक र चाखलाग्दो रहेको पाइएको छ ।
व्यक्तिगत जीवन सुन्दर र सुखि हुन सक्यो भने त्यसले सामाजिक जीवनलाई पनि फरक पार्दछ । भनिन्छ शर्माको पारिवारले झट्ट सुन्दा अनौठो लाग्ने अध्यास गरिरहेको छ ।
विश्वप्रकाश शर्माको परिवारमा माइन्युटनै गरेर मिटिङ बस्ने गरेको खुलासा भएको छ । कांग्रेस महामन्त्रि विश्वप्रकाश शर्माकी श्रीमति कविता शर्माले यस्तो रोचक खुलासा गरेकी हुन् ।
उनका अनुसार शर्र्मा परिवारमा एकमहिना या दुई महिनामा आवश्यकता अनुसार पारिवारिक मिटिङ बस्छ,माइन्युटनै गरेर । महिना भरि एक अर्कालाई उसका बारेमा नराम्रा लागेका कुरा या कम्प्लेनहरु केहि छ
भने अरु समयमा नभन्ने र मिटिङमै छलफल गर्ने गरेको विश्वकी श्रीमति कविताले बताएकी छिन् । कसको के कमजोरी भयो छलफल गर्ने र अब देखि यस्तो गल्ती नगर्ने भनेर लिखित निर्णय नै गर्ने गरिएको उनले बताएकी छिन् ।
यस्तो बैठकमा आफ्नी छोरीलाई पनि राख्ने गरेका छन् । श्रीमति कविताका अनुसार श्रीमान श्रीमतिका मात्रै नितान्त व्यक्तिगत वियमा भने एनिभर्सरी भन्दा अघि
श्रीमान श्रीमतीको मात्रै छु्ट्टै बैठक बस्छ त्यसमा बर्ष भरिका तिता मिठा कुराहरु गर्ने र बाँकी एक बर्ष केहि गुनासो नगर्ने । यसो गर्दा घर परिवारमा केहि समस्या नहुने सँधै हाँसी खुशि परिवार रहने उनले बताएकी छिन् ।
घरमा श्रीमतिसँग समेत लिखित रुपमा माइन्युट गरेर बैठक गर्ने शर्माले नेपाली कांग्रेसमा पनि माइन्युट नै गर्नुपर्ने जिम्मेवारी पाएका छन् । अब उनले कांग्रेस कसरी चलाउँछन् भन्ने प्रतिक्षाको बिषय बनेको छ ।





















