काठमाडौँ –
काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित ला गु औ ष ध १ हजार ४४० ट्याब्लेट नाइट्राभेट सहित एक जनालाई प्रहरीले प क्रा उ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार ला गु औ ष ध सहित सर्लाहीको मोहनपुर गाउँपालिका–५ बस्ने २० वर्षीय गुड्डुकुमार रामलाई नियन्त्रणमा लिइएको हो।
सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र ३–००१ ख १८०३ नम्बरको बस शनिबार जाँच गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग (नागढुङ्गा)बाट खटिएको प्रहरी टोले उनलाई प क्रा उ गरेको हो।
यसैबीच काठमाडौँ महानगरपालिका–३२ बस्ने दोलखाको कालिञ्चोक गाउँपालिका–६ का २६ वर्षीय उद्धव थामीलाई दुर्लभ वन्यजन्तुको सूचीमा रहेको जिउँदो सालकसहित प्रहरीले प क्रा उ गरेको छ।
केही व्यक्तिहरुले दुर्लभ सालक अ वै ध रुपमा बिक्री वितरण गर्न लुकाई राखेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय अ प रा ध महाशाखाबाट खटिएको प्रहरीले उनको कोठाबाट १ करोड १० लाखमा बिक्री गर्ने उद्देश्यले लिइआएको उक्त सालक फेला पारी उनलाई प क्रा उ गरेको जनाइएको छ।
आवश्यक का र बा ही का लागि उनलाई डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ।
यो पनि : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उमेर पुगेका तर नागिरकता नपाएका व्यक्तिलाई पनि मतदाता नामावलीमा समावेश गरी निर्वाचन प्रक्रियामा भाग लिन पाउने अधिकार दिन माग गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले हाल निर्वाचन आयोगले गरिरहेको मतदाता नामावली संकलन क्रममा नागरिकता नपाएकाहरूलाई नसेमेटको भन्दै तीव्र असन्तुष्टि जनाएका हुन्।
निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै अध्यक्ष यादवले नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु फरक विषय भएको दाबी गरेका छन्।
‘नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन सक्दैन’, यादवले भनेका छन्,
‘लाखौं जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन सकेको छैन। त्यसैगरी लाखौं मधेसीहरूलाई नागरिकता प्रमाणपत्र राज्यले प्रदान गरेको छैन।’
यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु, मतदान गर्न पाउने अधिकारबाट
वञ्चित गर्नु, निर्वाचनको प्रक्रियामा सामेल हुनबाट रोक्ने कार्य असंवैधानिक साथै अन्तर्राष्ट्रिय कानुनविपरीत र मानवताविरोधी कार्य भएको आरोप यादवले लगाएका छन्।
‘निरंकुश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो व्यवस्था थिएन’, यादवले प्रश्न गरेका छन्, ‘नागरिकताको प्रमाणपत्र दिनुपर्ने दायित्व राज्यको हो, राज्यले आफ्नो जिम्मेवारी पूरा नगरेको तर त्यसको सजाय जनताले भोग्नुपर्ने, यो कस्तो न्याय हो?’
यसैले सबै नेपाली नागरिकको नाम मतदाता नामावलीमा सामेल गरिनुपर्ने उनको जिकिर छ।
उनले भनेका छन्, ‘निर्वाचन आयोग र सरकारले यस्तो गम्भीर विषयमा समयमै ध्यान पुर्याओस्। कुनै पनि नागरिकलाई नागरिक अधिकारबाट वञ्चित नपारियोस्।’





















