उत्तर कोरियामा हाँस्न लगाइयो प्र ति ब न्ध, यस्तो छ कारण सबै चकित !

एजेन्सि –

उत्तर कोरियामा हाँस्नका लागि प्र ति ब न्ध लगाइएको छ । ११ दिनसम्मका लागि उत्तर कोरियामा हाँ स्न तथा अन्य कुनै पनि प्रकारका खुशीयाली मनाउन रो क लगाइएको हो । 

उत्तर कोरियाली पूर्वनेता किम जोङ्ग इलको १० औं पुण्यतिथिको पूर्वसन्ध्यामा यस्तो प्र ति ब न्ध लगाइएको हो । उत्तर कोरियाले आफ्ना पूर्वनेता किम जोङ्ग इलको पुण्यतिथिका अवसरमा ११ दिनसम्म शोक मनाउने भएको हो ।

उत्तर कोरियामा शोकको यो अवधिमा हाँस्न, खुशी मनाउन तथा म दि रा पा न गर्न पूर्ण रुपमा रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियामा अहिले किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शासन गरिरहेका छन् ।

किम जोङ्ग इलको शोक मनाउनका लागि ११ दिनसम्म कसैले पनि हाँस्न नपाउने, म दि रा पा न गर्न नपाउने र कुनै प्रकारको खुशी मनाउन नपाउने गरी प्रशासनले आदेश जारी गरेको छ ।

शोकको यो अवधिमा कसैलाई आफ्नो जन्मदिन नमनाउन भनिएको छ । सरकारी आदेश उल्लंघन गर्नेलाई कडा स जा य को व्यवस्था गरिएको र आदेश पालना गराउनका लागि ठुलो संख्यामा सुरक्षाकर्मीलाई निगरानीका लागि खटाइएको बताइन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्मयका अनुसार उत्तर कोरियामा विगतमा पनि शोकको अवधिमा सरकारी आदेश उ ल्लं घ न गरेको आ रो प मा कयौंलाई नियन्त्रणमा लिइएको थियो ।

तिनलाई वैचारिक अ प रा धी का रुपमा स जा य दिइएको बताइन्छ । उत्तर कोरियाका तत्कालीन सर्वोच्च नेता किम जोङ्ग इलको १७ डिसेम्बर २०११ मा नि ध न भएको थियो ।

उनले १७ वर्षसम्म देशमा शासन गरेका थिए । किम जोङ्ग इलको निधनपछि उनका छोरा किम जोङ्ग उन सत्तामा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...