काभ्रे –
सिन्धुपाल्चोक र काभ्रेबीचको सीमा वि वा द चर्किँदै गएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ डुम्रे माझीटार र बन्देउटारको
अनुमानित एक सय घरधुरीको नागरिकले आफूले भोगचलन गरेकाको जग्गाको लालपुर्जा नपाउँदा राज्यले प्रदान गर्ने सेवासुविधावाट बञ्चित भएको उनीहरूको गुनासो छ ।
‘हामीसँगै बसोवास गर्ने धेरै परिवारमा आमा काभ्रे छोराछोरी सिन्धुको बासिन्दा छौ’, चौतारा साँगाचोकगढी ११ तस्बिर माझीले भने ।
जनकराज गिरी प्रधानपञ्च हुँदा २८ माघ २०३३ मा राजपत्रमा र २०३८ सालमा सिन्धुकै भूमि भनि नापी भएकोमा काभ्रेमा गोविन्द उप्रेती सांसद भएपछि आफूअनुकूल निर्णय गरि
राज्यको कर्मचारीलाई नै द वा ब पारेर मालपोत, श्रेस्ता र नापीको लगत समेत क ब्जा मा लिई काभ्रेमा पारेर गैरकानुनी कार्य गरेकोप्रति अधिवक्ता रोजनराज गिरीले आ क्रो श पोखे ।
काभ्रेको भुम्लो गाउँपालिकाले ज ब र ज स्ती नदी किनारामा डोजर प्रयोग गरी अरनिको राजमार्ग नै ध रा प मा पर्ने गरि सिन्धुको भूमिमा डोजर चलाएको प्रति बन्देउटार र डुम्रेमाझी गाउँको बासिन्दाले वि रो ध गरेका हुन् ।
बिहीबार अधिवक्ता रोशनराज गिरीको अगुवाइमा एक घन्टे चक्काजाम गरिएको थियो । उनीहरूले चक्का जामपछि गरिएको पत्रकार सम्मेलनमा सिन्धुको भूमि काभ्रेले ज ब र ज स्ती हडपेको भन्दै थप आ न्दो ल न लाई सशक्त बनाउने चेतावनी समेत दिएका छन् ।
यो पनि : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीले गलत सन्देश गएको बताएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् ।
अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार देशकै इज्जत जोगाउने क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीले अन्तर्राष्ट्रिय रूपमै नराम्रो सन्देश गएको धारणा व्यक्त गरेका छन् ।
स्वकीय सचिव मल्लले भने, ‘क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीबारे अध्यक्षले चासो दिनुभएको हो । क्रिकेटले देशकै इज्जत जोगाएको अवस्थामा खेलाडीमाथि कारबाही हुँदा राम्रो सन्देश गएन भनेर उहाँले प्रधानमन्त्रीसमक्ष आफ्नो धारणा राख्नुभयो ।’
दाहालसँगको कुराकानीपछि प्रधानमन्त्री देउवाले नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई बुझेर कारबाहीबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नयाँ खेलाडीलाई अवसर दिने कुरा राम्रो भए पनि खेलाडीलाई कारबाही गरेर निरुत्साहित गर्ने काम गलत भएको दाहालको भनाइ थियो ।
क्यानले मंसिर २९ गते राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीको जिम्मेबारी खोसेको थियो । क्यानको बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका चार खेलाडीलाई कारबाही गर्ने निर्णय गरेको हो । क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल संयोजकत्वको अनुशासन उल्लंघनसम्बन्धी गठित छानबिन समितिको सिफारिसअनुसार बैठकले उक्त निर्णय गरेको हो ।
पछिल्लो समय क्यान र कप्तान/ उपकप्तानसहित राष्ट्रिय क्रिकेट खेलाडीबीचको विवाद उत्कर्षमा पुगेको थियो । बैठकले ज्ञानेन्द्र र दीपेन्द्रको पदीय जिम्मेबारी खोसेको छ भने उनीहरूसहित टोलीका सिनियर सदस्य सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सुरुआती ६ महिनाका लागि सेन्ट्रल कन्ट्र्याक्ट (केन्द्रीय अनुबन्धन) मा सहभागी नगराउने निर्णय गरेको छ । बैठकले राष्ट्रिय टोलीको नयाँ कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको छ ।





















