काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो २ सय ८० जना संक्र’मित भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ७ हजार ६९१ जनाको पीसीआर परीक्षण र १ हजार ३२५ जनाको एन्टीजेन परीक्षण गर्दा थप २ सय ७४ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर २ सय ७० जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २ सय ७० जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ३ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ ।
नेपालमा को रो ना भा इ र स सं क्र मि तको कुल संख्या ९ लाख २१ हजार ३४७ पुगेको छ भने को रो ना सं क्र म ण मु क्त हुनेहरुको संख्या ८ लाख ०८ हजार ३५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार १६ जनाको परीक्षण हुँदा हालसम्म कुल ५५ लाख ३४ हजार २५६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशका ४२ प्रतिशत नागरिकले को रो ना भा इ र स वि रु द्ध को खोप पाएका छन् ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी सुुपरभाइजर निरीक्षक जयन्द्र बोगटीले हालसम्म ९ वटै जिल्लाका ४२ प्रतिशत नागरिकलाई को रो ना भा इ र स वि रु द्धको खोप लगाइएको जानकारी दिए ।
बोगटीका अनुसार १८ वर्षमाथिका ५५ प्रतिशत प्रदेशवासीले खोपको पहिलो मात्रा लगाउँदा ४२ प्रतिशतले मात्रै दुवै डोज पाएका हुन् ।
प्रदेशमा खोप अभियान अन्तरगत ७ जिल्लामा मोडना खोप र अन्य दुई जिल्लामा फाइजर लगाउने तयारी भइरहेको छ ।
कञ्चनपुर सहितका ६ पहाडी जिल्लाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई लाख ११ हजार डोज मोडना खोप धनगढी पठाएको छ ।
कञ्चनपुरका लागि ६३ हजार ३४६ डोज, अछामका लागि ३४ हजार ३२८ डोज, बैतडीका लागि ३१ हजार ६३९ डोज खोप आएको फार्मेसी सुुपरभाइजर निरीक्षक बोगटीले बताए ।
डोटीका लागि २५ हजार २७५ डोज, बझाङका लागि २४ हजार २० डोज, बाजुराका लागि १६ हजार ८४३ डोज र दार्चुलाका लागि १५ हजार ५७९ डोज खोप पठाइएको उनले बताए ।
संघीय सरकारले पठाएको खोप बुुधबार धनगढी आइपुग्ने र बुुधबारदेखि नै जिल्लालाई वितरण गरिने प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले जनाएको छ ।
कैलाली र डडेल्धुराका लागि भने संघीय सरकारले नै फाइजर खोप पठाउनेछ । दुवै जिल्लामा अगामी पुस दोस्रो सातादेखि खोप अभियान सञ्चालन गर्ने तयारी छ ।
यस्तै आगामी ६ महिनामा बालबालिकाहरुका लागि पनि को रो ना वि रु द्धको खोप सार्वजनिक गर्ने सिरम इन्सटिच्युट अफ इण्डियाले जनाएको छ । सिरम इन्सटिच्युट अफ इण्डियाका सीईओ अदार पुनावालाले सो कुरा बताएका हुन् ।
कन्फेडरेशन अफ इन्डियन इन्डष्ट्रीले आयोजना गरेको एक भर्चुअल कन्फ्रेन्समा पुनावालाले परीक्षणको क्रममा तीन वर्ष र सोभन्दा माथिका बालबालिकालाई नोभाभ्याक्स नामको खोप प्रभावकारी देखिएको जानकारी दिए ।
उनले भने, ‘हाम्रो भ्याक्सिन आगामी ६ महिनामा लन्च हुनेछ । यसको परीक्षण जारी छ र अहिलेसम्म तीन वर्ष र सोभन्दा माथिका बच्चामा परीक्षण गरिएको छ । त्यसको परिणाम राम्रो देखिएको छ ।’






















