इटहरी –
डा. बाबुराम भट्टराई पत्नी हिसिला यमी केपी शर्मा ओलीको पक्षमा दह्रोसँग उभिएकी छन् ।
बुधबार नेकपा (एमाले) का मानोनीत केन्द्रीय सदस्यलाई च्यासलस्थित तुलसीलाल स्मिृति प्रतिष्ठानमा सपथ गराउने क्रममा अध्यक्ष ओलीले भने– ज्ञानेन्द्रले प्रचण्डसँग पाँच बुँदे सम्झौता गरेर २०६१ माघ १९ को कदम चालेका हुन् ।
उक्त सहमतिकै कारण दललाई असहज र ज्ञानेन्द्रलाई सहज भएको भन्दै ओलीले प्रश्न गरे– त्यहीं सहमतिपछि अभिनन्दन कार्यक्रम चलाइयो । हामी रुकुम, रोल्पा जान नसक्ने, ज्ञानेन्द्र खुलमखुला जान सक्ने कसरी भयो ?’
ओलीको उक्त अभिव्यक्तिप्रति कटाक्ष गर्दै आज प्रचण्डले एउटा कडा विज्ञप्ति जारी गरे । उनले ओलीलाई कि सम्झौता गरेको प्रमाणित गर्न कि त जनतासामू माफी माग्न चेतावनी दिए ।
प्रचण्डले तत्कालीन राजा ज्ञानेन्द्रसँग सम्झौता गरेको चर्चा भए पनि यसरी ठोकुवाका साथ कसैले बोलेका थिएनन् । तर, प्रचण्डसँग सँगै यु द्ध ल डे की नेतृ हिसिला यमीले आफ्नो पुस्तकमा तत्कालीन राजा ज्ञानेन्द्र र प्रचण्डबीच मिल्ती भएको कुरा लेखिसकेकी थिइन् ।
अहिले ओली र प्रचण्डको दोहोरी जस्तो मात्रै देखिएको ज्ञानेन्द्र प्रचन्ढ मिल्तीको कुरा निकै अगाडि हिसिला यमिले भनिसकेकि छिन् ।
विश्वप्रसिद्ध प्रकाशनगृह पेन्गुइन प्रकाशनले सन् २०२१ मा प्रकाशन गरेको पुस्तक ‘हिसिलाः फ्रम रिभुलुसनरी टु फस्र्ट लेडी’मा उनले ज्ञानेन्द्र–प्रचण्डको मिल्तीकोबारेमा लेखेकी छन् ।
पुस्तकको अध्याय २७ मा यमीले लेखेकी छन्– ज्ञानेन्द्रको प्रत्यक्ष शासनआगाडि भारतमा बसेका किरणलगायतका नेताहरु प क्रा उ भएपछि प्रचण्डको मुटु हल्लिएको थियो ।
हामीले उनी भारतीय विस्तारवादलाई प्रमुख सत्रु र राजा ज्ञानेन्द्रलाई राष्ट्रवादी भन्दै मिलिभगत गरेको मूल्यांकन गर्यौं । २०६२ मा हामीले गणतन्त्रको लाइन लिएकै आधारमा प्रचण्डले पार्टी नेतृत्वबाट विमुख गरे र हामीलाई प्रचण्ड गुटले शिविरमा कैद गरियो ।’
ज्ञानेन्द्रले २०६२ सालमा संकटकालले मात्रै प्रचण्ड र ज्ञानेन्द्रको शक्ति बाँडफाँटको विषय तुहिएको यमीले उल्लेख गरेकी छन् ।
साथै चितवनको बाँदरमुढेमा यात्रुवाहक गाडीमा बम हानेर ३४ यात्रु मा रि ए पछि प्रचण्डलाई थप सं क ट परेर मात्रै गणतन्त्रवादी हुन कर लागेको हिसिलाको ठम्याइ छ ।
वाध्यताकै कारण चुनवाङको केन्द्रीय कमिटी बैठकमा ‘लोकतान्त्रिक गणतन्त्र’को कुरा पास भएको उनले पुस्तकमा लेखेकी छन् ।
प्रचण्ड कतिसम्म राजासँग निकट हुन्थे भन्ने प्रसंगमा यमीले सन् २००१ अगस्ट १५ ९२०५८ साउन ३१०मा भारतीय राज्य पश्चिम बंगालको सहर सिलगुडीमा
आयोजना गरेको कार्यक्रममा कसैले पनि गणतन्त्रको बारेमा नबोलेको लेखेकी छन् । तर, केपी शर्मा ओलीले भनेजस्तो पाँच बुँदे सहमतिबारे उनले केही उल्लेख गरेकी छैनन् ।





















