एजेन्सि –
अमेरिकी अन्तरिक्ष संस्था नासाले नयाँ इतिहास रचेको छ। नासाको अन्तरिक्षयान सूर्यको सतहमा पुगेको हो ।
यससँगै नासाको पार्कर सोलार प्रोब सूर्यलाई छुने पहिलो यान बनेको छ । नासाका वैज्ञानिकले सूर्यमा यान पुर्याउने भनेर ६० वर्ष अगाडि परिकल्पना गरेका थिए ।
पार्कर सोलार प्रोब ३ वर्ष अगाडि सूर्यतर्फ उडेको थियो । सीएनएनका अनुसार तीन वर्षपछि नासाको यान सूर्यको सतहमा पुगेको हो। नासाले दिएको जानकारीअनुसार यान यतिबेला ‘कोरोना’ भनिने सूर्यको माथिल्लो वायुमण्डलमा प्रवेश गरेको छ।
सूर्यको उत्पत्ती तथा घाम र सौर्य मण्डलको सम्बन्धबारे यो यानले धेरै जानकारी हासिल गर्ने अपेक्षा गरिएको छ।
हाल अमेरिकी यान पुगेको कोरोना सतह १८ लाख डिग्री फरेनहाइट तातो भएको बताइएको छ।
यो पनि : अमेरिकाको न्युयोर्क शहरमा १ सय ७६ वर्षको इतिहासमा पहिलोपटक प्रहरी बलको नेतृत्व महिलाको हातमा आएको छ ।
न्युयोर्कका मेयर एरिक एदम्सले ४९ वर्षीया किसान्त सुवललाई प्रहरी प्रमुखका रुपमा हिजो घोषणा गर्नुभएको हो ।
न्युयोर्ककै नासाउ प्रहरी विभागमा २३ वर्षदेखि महत्वपूर्ण जिम्मेवारीमा कार्यरत किशान्त सन् २०२० मा जासुस प्रहरी प्रमुख हुनुभएको थियो ।
न्युयोर्कको प्रहरी विभाग अमेरिकाकै सबैभन्दा ठूलो प्रहरी विभाग हो । यस विभागको पहिलोपटक महिला प्रहरी कमिस्नर नियुक्तिसँगै नयाँ इतिहास रचिएको छ । लामो समय प्रहरी सेवामा रहनु भएकी अस्वेत नासाउ न्युयोर्ककै क्वीन्सवासी हुनुहुन्छ ।