काठमाडौंको मेयरमा उठ्ने यि युवाले गरे घोषणा, को हुन् ति युवा ?

काठमाडौँ –

र्‍यापर बालेन शाहले काठमाडौं महानगर पालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन् । नेपाली जनतालाई खुसी दिन आगामी चुनावमा उक्त पदमा उम्मेदवारी दिने शाहले फेसबुक मार्फत जनाएका हुन् ।

३१ वर्षीय शाह स्ट्रकचरल इन्जिनियरसमेत हुन् । उनले लेखेका छन्, ‘अब युवाको पालो । हामीले पढे, लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौं हामी आफैं बचाउँछौं ।’

‘मैले यसबारे सोचेको दुई/तीन वर्ष अगाडिदेखि नै हो । अब चुनाव आउन ४/५ महिना बाँकी छ । सबैले विकास गर्छु, यो गर्छु त्यो गर्छु भन्दै पूरा नहुने सपना देखाए ।

मानिसलाई खुसी केले दिन्छ भन्ने कुरा नै मेरो चाहना हो । मेरो घर परिवार, जनता, देशलाई के कुराले खुसी दिन्छ त्यसको पछाडि लाग्ने हो । बाटोको धुलो हटाएर खुसी हुन्छ कि खाल्डो पुरिदिएर खुसी हुन्छ कि ?

मानिसको मनोवैज्ञानिक खुसीका लागि म मेयरका लागि लड्दैछु । मानिस खुसी हुनुपर्‍यो,’ उनले भने, ‘मानिसलाई खुसी बनाउन जे चाहिन्छ म त्यो गर्छु । मैले भनेको कुरामात्र हुनुपर्छ भनेर लाग्दिनँ । मानिसलाई जे कुरा आवश्यकता छ, त्यो कार्यान्वयनको पहल गर्छु ।’

संगीतमार्फत पनि खुसी बनाउन सकिन्थ्यो नि ? भन्ने कान्तिपुरको प्रश्नमा उनले भने, ‘१२ वर्ष भयो संगीतमार्फत सामाजिक विषयवस्तु, सरकारीदेखि देशको कुरा उठाएँ । जनचेतना फैलियो । मलाई शक्ति चाहिँदैन थियो होला । तर शक्तिमा गएर मैले जनताका लागि केही गर्न सक्छु कि भन्ने सोचाइ हो ।’

यो पनि : काठमाडौं महानगरपाकलिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टी र जनताले चाहेमा मात्रै आफू फेरि महानगरपालिकाको मेयर दोहोरिने बताएका छन् ।

आइतबार विहान महानगरपालिकाले गरेको पत्रकार सम्मेलनमा मेयर शाक्यलाई पत्रकारहरुले मेयरमा दोहोरिने योजनाबारे सोधेका थिए ।

जवाफमा नेकपा एमालेबाट निर्वाचित मेयर शाक्यले आफूलाई दिएको जिम्मेवारी पुरा भएरनभएको मूल्यांकन पार्टी तर जनताले गरिररहेको भन्दै आवश्यक ठानेर पार्टीले खटाएको ठाउँमा आफू खटिने बताए ।

‘मलाई महानगरपालिकामा दिएको जिम्मेवारी उपयुक्त र राम्रो ढंगबाट सम्पादन गरेको मूल्यांकनसहित पार्टीले पठाउँदा म फेरि जनतामाझ अनुमोदनका लागि जानुपर्छ,’ उनले भने,’ म दोहोरिन सक्नेरनसक्ने भन्ने कुुरा पाटी र जनतामा भर पर्छ ।’

उनले महानगरपालिकाभित्र सबै कामहरु सर्वससहतिमा भइरहेको भन्दै पार्टीले यसको राम्रो मूल्यांकन गरिरहेको विश्वास व्यक्त गरे । चुनावी घोषणा एउटा सन्दर्भमा जारी भएको भए पनि त्योभन्दा पनि अघि बढेर कतिपय काम भएको उनको दावी छ ।

‘चुनावी घोषणापत्रअनुसार कतिपय काम भएनन् होला, तर अरु पार्टीका राम्रा चुनावी घोषणाका राम्रा पक्षलाई समेत समेटेर काम गरेकाले जनताले पनि त्यसको मूल्यांकन गरेको मेरो विश्वास छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...