चीनले सैन्य दुस्साहस गरे चीनलाई यस्तो गरिदिने भन्दै जापानले दिए कडा चे ता व नी

काठमाडौं –

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेले चीनले कुनै सैन्य दु स्सा ह स गरे आ त्म घा ती हुने खबर अलजजिराले लेखेको छ ।

मंगलबार एक सुरक्षा मञ्चमा भिडियो सन्देश पठाउँदै आबेले चीनले कुनै सैन्य दु स्सा ह स गरे आ त्म घा ती हुने बताएका हुन् । उनले चीनलाई आफ्ना छिमेकी नउक्साउन र भौगोलिक विस्तार नखोज्न पनि अपिल गरेका हुन् ।

‘सैन्य मामिलामा चीन जस्ता भीमकाय अर्थतन्त्रले गर्ने दु स्सा ह स आ त्म घा ती हुन सक्छ’, आबेले भने, ‘हामीले उनीहरूलाई भौगोलिक विस्तारमा नलाग्न र ध म्की मार्फत् आफ्ना छिमेकीलाई न उ क्सा उ न भन्नुपर्छ किनभने यस्तो कार्यले उनीहरूको हितमाथि हानि पुग्छ ।’

आवेले आफ्नो सन्देशमा क्षेत्रीय व्यापार सम्झौता सीपीटीपीपी र विश्व स्वास्थ्य संगठनमा ताइवानको सहभागिताप्रति समेत समर्थन जनाएका थिए ।

‘अमेरिका, जापान र यस्तै धारणा राख्ने अन्य मुलुकले विश्वव्यापी महत्वका अन्तर्राष्ट्रिय संगठनमा ता इ वा नलाई ल्याउन कसरत गर्नुपर्छ’, उनले भने, ‘डब्ल्यूएचओ यस्तो सूचीको शीर्ष स्थानमा आउँछ ।’

आबेले यसै महिनाको सुरुमा ता इ वा न मा आइपर्ने आतपकाल जापानको पनि आपतकाल भएको टिप्पणी गर्दै चिनियाँ राष्ट्रपति सी जिनफिङले यो कुरा बुझ्नु पर्ने बताएका थिए ।

अबेले डिसेम्बर १ मा गरेको उक्त टिप्पणीलाई चिनियाँ उप-विदेश मन्त्री हुआ चुनिङ ‘त्रु टि पू र्ण’ भन्दै द्धपक्षीय सम्बन्धका आधारभूत मान्यता उल्लंघन भएको बताएकी थिइन् । अबेको टिप्पणी लगत्तै चीनले जापानी राजदूतलाई बोलाएको थियो ।

यस्तै अमेरिकाले चीनसँग प र मा णु अप्रसार सन्धि गर्ने प्रयास गरिरहेको छ । यसको लागि तयारी अगाडि बढाइएको छ ।

पेन्टागनको एक रिपोर्ट अनुसार चीनले २०३० सम्म आफ्नो ह ति या रको भण्डारमा लगभग १ हजार प र मा णु ह ति या र जम्मा गर्नेछ ।

अहिले चीनसँग करिब ३५० प र मा णु ह ति या र छन् । अमेरिकाको ड रको प्रमुख कारण हो – चीनसँग अहिले अमेरिकाको तुलनामा निकै उन्नत प्रविधि छ ।

चीनले हालै डिएफ–१७ हाइपरसोनिक मि सा इ ल विकसित गरेको छ । यो मि सा इ ल आवाजको गतिभन्दा पाँच गुणा तीब्र गतिमा कुनै पनि लक्ष्यमा हान्न सक्छ ।

न्यूयोर्क टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति शी जिनपिङ बीच हालै भएको भर्चुअल बैठकपछि अमेरिकाले कुटनैतिक च्यानलबाट प र मा णु अप्रसार सन्धिको लागि ग म्भी र ताका साथ प्रयास गर्न सुरु गरेको छ ।

बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानका अनुसार बाइडेन र जिनपिङको बैठकपछि अब यस प्रकारको सन्धिको प्रयासको लागि अनुकूल परिस्थिति छ ।

उनका अनुसार यसको लागि चीनको तर्फबाट सकारात्मक सन्देश आउनुपर्छ । चीनसँग यस्तो कुनै सन्धि भएमा एसिया प्रशान्त क्षेत्रमा शान्ति स्थापना हुन सक्नेछ ।

तर, यसको लागि अमेरिकाले चीनमाथि भूराजनीतिक दबाब बनाउनुपर्छ । बललिँदो समीकरणमा अमेरिकालाई रुसभन्दा कैयौं धेरै चीनको बढ्दो सैन्य शक्तिबाट ख त रा छ ।

अमेरिकाको लागि सबैभन्दा ठूलो ख त रा चीनको एन्टि स्याटेलाइट प्रविधि हो । एन्टि स्याटेलाइट प्रविधिबाट चीनले अमेरिकाको स्याटेलाइट र अर्ली वार्निङ सिस्टमलाई पंगु बनाउन सक्छ ।

रुसजस्तै अमेरिकासँग चीनको साथमा कुनै न्यूक्लियर हटलाइन पनि छैन ।

चीनले हाइपरसोनिक मि सा इ लको १५० भन्दा धेरै परीक्षण गरेको छ भने अमेरिकाले ९ वटा परीक्षण मात्र गर्न सकेको छ । यसमाथि चीनका हाइपरसोनिक मि सा इ लमा घुम्दै उड्ने क्षमता समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...