काठमाडौं –
सीमाका विषयमा वि वा द चलिरहेका बेला भारत र चीन संयुक्त राष्ट्रसंघमा भने एकसाथ उभिएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा भारत र रुसले एक प्रस्तावको विपक्षमा मतदान गरेका छन् ।
यो प्रस्तावमा जलवायु परिवर्तनलाई विश्वव्यापी सुरक्षा चु नौ ती सँग जोड्न प्रस्ताव गरिएको थियो । यो प्रस्ताव वि रु द्ध रुसले भिटो अधिकारकै प्रयोग गरेको छ जसका कारण यो प्रस्ताव खारेज भएको छ । चीन मतदानमा अनुपस्थित रह्यो ।
अमेरिका बेलायत र फ्रान्सले यो प्रस्तावको समर्थन गरेका थिए तर चीन अनुपस्थित रहनु र रुसले विपक्षमा भिटो अधिकार नै प्रयोग गरिदिएपछि यो प्रस्ताव पारित हुन सकेन ।
मतदानमा अनुपस्थित रहेको भए पनि चीन सुरुदेखि नै यो प्रस्तावको वि रो धमा छ । संयुक्त राष्ट्रसंघको ग्लासगोमा आयोजित जलवायु वार्तामा भारत र चीनले एक प्रस्तावमा महत्वपूर्ण संशोधन गराएका थिए ।
यी देशले कोइलाको प्रयोगलाई पूर्व रुपमा बन्द गर्ने र जीवाश्म इन्धनबाट सब्सिडी हटाउने प्रस्तावको वि रो ध गरेका थिए । चीन र भारतको वि रो ध पछि कोइलाको प्रयोग पूर्ण रुपमा बन्द गर्ने प्रस्ताव संशोधन गरेर प्रयोग कम गर्ने बनाइएको थियो ।
यो पनि : विश्व राजनीतिक रंगमञ्चमा प्रभावशाली व्यक्तिको सूचीमा पर्ने एउटा हो-भ्लादिमिर पुटिन । पुटिन रुसका राष्ट्रपति समेत हुन् । उनको कार्यकालमा रुसले निकै प्रगति गरेको छ ।
कुनै बेला आर्थिक सं ट क टार्न पुटिनले ट्याक्सी चलाउँथे भन्दा अचम्म लाग्ला । तर यो साँचो हो किनभने उनी आफैंले एक अन्तर्वार्तामा राति लुकेर ट्याक्सी चलाउने गरेको बताएका छन् ।
पुटिनले आइतबार प्रसारण गरिएको ‘रसिया, ल लेटेस्ट हिस्ट्री’ नामक वृत्तचित्रमा बोल्दै ९० को दशकतिर आर्थिक सं क ट नआओस् भनेर नयाँ काम गर्न थालेको बताएका छन् ।
सोभियत संघको पतनपछि देखा परेको आर्थिक सं क ट टार्न अरुले जस्तै आफूले पनि नयाँ काम गरेको उनको भनाइ थियो ।
‘कहिलेकाहीँ मैले अतिरिक्त पैसा कमाउनु परेको थियो’, पुटिनले भने, ‘मैले ड्राइभरको रुपमा कार चलाएर कमाइने थप पैसा भन्न खोजेको हुँ । यो कुरा गर्दा नराम्रो लाग्न सक्छ तर यो साँचो हो ।’
९० को दशकतिर रुसमा ट्याक्सी एउटा दु र्ल भ कुरा थियो । कार भएका कैयौं मानिसले अरुलाई लिफ्ट दिएर बिहान बेलुकाको छाक टार्ने गर्थे । त्यस्तै, कतिपयले एम्बुलेन्सलाई कारको रुपमा प्रयोग गरेर पैसा कमाउँथे ।
रसियन टिभीमा प्रसारण भएको वृत्तचित्रमा १९९१ मा सोभियत संघको पतनपछि रुसमा देखा परेको उचार-चढावपूर्ण घटना, आर्थिक सं क ट र पछिल्लो प्रगति चित्रण गरिएको छ ।
पुटिनले वृत्तचित्रमा ‘कम्तिमा एक जना सीआईएका सदस्य’ले ९० को दशकमा रुसी सरकारको सल्लाहकारको रुपमा काम गरेको कुरा आफूलाई थाहा भएको पनि बताएका छन् ।
यसअघि पुटिनले बिहीबार मानव अधिकारकर्मीको एक प्यानलसँग कुरा गर्दै त्यतिबेला अमेरिकी खुफिया एजेन्सीले रुसको शक्ति संचरनाभित्र घुसपैठ गरेको तर आफू राष्ट्रपति भएपछि उनीहरूलाई हटाएको बताएका थिए ।
पुटिन सोभियत संघको सुरक्षा एजेन्सी केजीबीका पूर्व एजेन्ट समेत हुन् । उनले ९० को दशकमा सेन्ट पिटर्सबर्गका मेयर एनाटोली सोबसाकको कार्यालयमा काम गर्थे ।
तर उनी पछि केजीबीको जागिर छोडेर राजनीतिमा आएका थिए । बीबीसीबाट