भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आइपर्यो यस्तो आपत, भारतमा हं गा मा

एजेन्सी –

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आधिकारिक ट्विटर एकाउन्ट आइतबार राति ह्याक भयो । स्थानीय समय अनुसार रातको सबा दुई बजे मोदीको ट्विटर केहीबेर नियन्त्रणमा लिएर ह्याकरहरूले बिटक्वाइन सँग सम्बन्धित दुईवटा ट्वीट गरेका थिए ।

मोदीको कार्यालय आधिकारिक ट्विटर एकाउन्ट ह्याक भएको स्वीकार गर्दै ट्विट गरेको छ- प्रधानमन्त्री मोदीको ट्विटर ह्याण्डल निकै छोटो समयका लागि ह्याक गरियो ।

यो विषयलाई ट्विटरसँग जोडदार रुपमा उठाइएको छ र तत्कालै ट्विटर एकाउन्टलाई सुरक्षित गरिएको छ । एकाउन्ट नियन्त्रण लिएको समयमा गरिएका कुनै पनि ट्विटहरूलाई नजरअन्दाज गर्नुहोला ।

ह्याकरले मोदीको आधिकारिक ट्विटर एकाउन्टलाई नियन्त्रणमा लिएर गरेका ट्विटमा भारतले बिटक्वाइनलाई स्वीकार गरेको, ५०० बिटक्वाइन खरीद गरेको र ती बिटक्वाइनलाई भारतका सबै नागरिकमा वितरण गर्ने उल्लेख गरिएको थियो ।

मोदीको आधिकारिक ट्विटर एकाउन्ट ह्याक भएको विषयमा भारतको साइबर सुरक्षाको निगरानी गर्ने राष्ट्रिय नोडल एजेन्सीले ट्विटर तथा गुगलसँग सम्पर्क गरेको जनाएको छ ।

भारतको इण्डियन कम्प्युटर इमर्जेन्सी रेस्पोन्स सिस्टमले यस विषयमा वृहत अनुसन्धान सुरु गरेको भारतीय पत्रिका द इण्डियन एक्सप्रेसले जनाएको छ ।

भारतले ट्विटरसँग यस विषयमा जिज्ञासा राख्दै कसैले आधिकारिक एकाउन्ट खोल्ने प्रयास गरिरहँदा त्यसको अटोमेटेड प्रणालीबाटले त्यसको सूचना किन गरेन ? भनेर प्रश्न गरेको बताइएको छ ।

साथै बिटक्वाइनसँग सम्बन्धित ट्विटमा ब्लगस्पट एकाउन्टको लिंक समावेश गरिएको विषयमा गुगलसँग जानकारी माग गरिएको छ ।

स्मरण रहोस् भारतीय प्रधानमन्त्री मोदी विश्वमा सबैभन्दा धेरै ट्विटर फलोअर्स भएका नेताहरूमध्ये एक हुन् । उनको ट्वीटर एकाउन्ट ७ करोड जनाले फलो गरेका छन् ।

भारतले बिटक्वाइनलाई अझैसम्म पनि कारोबारमा वैधानिकता प्रदान गरेको छैन ।

मोदी सरकारले सबैखालका क्रिप्टोकरेन्सीमाथि प्र’ति’ब’न्ध लगाउने कानूनको तयारी गरिरहेको बताइएको छ । विश्वमा क्रिप्टोकरेन्सीलाई कारोबारमा वैधानिकता दिने पहिलो मुलुक एल साल्भाडोर हो ।

यो पनि : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मध्यरातमा बनारसका सडकहरूको अवलोकन गरेका छन् । मंगलबार बिहान साढे १२ बजे प्रधानमन्त्री मोदीले आफ्नो निर्वाचन क्षेत्र बनारसका विभिन्न स्थानको अवलोकन गरेका हुन् ।

सो अवसरमा उनले काशीका महत्त्वपूर्ण विकास निर्माणका आयोजना, कोरिडरलगायतका क्षेत्रको निरीक्षण गरेका थिए ।मोदीलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले साथ दिएका थिए ।

विभिन्न क्षेत्रको अवलोकन गरेपछि मोदीले गंगामा स्नान गरेर काशी विश्वनाथ मन्दिरको दर्शन गरेका थिए । उत्तर प्रदेशमा आगामी वर्ष विधानसभा निर्वाचन हुँदैछ ।

बनारस भ्रमणको विभिन्न तस्विर मोदीले ट्विट गरेका थिए । मोदीले रेल कनेक्टिभिटी चुस्त र सुबिधा सम्पन्न बनाउन निर्देशन दिएका थिए । मोदीले रेलमार्ग स्टेसन बृद्धि गरिने पनि प्रतिबद्धता जनाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...