काठमाडौं –
विश्व राजनीतिक रंगमञ्चमा प्रभावशाली व्यक्तिको सूचीमा पर्ने एउटा हो-भ्लादिमिर पुटिन । पुटिन रुसका राष्ट्रपति समेत हुन् । उनको कार्यकालमा रुसले निकै प्रगति गरेको छ ।
कुनै बेला आर्थिक सं ट क टार्न पुटिनले ट्याक्सी चलाउँथे भन्दा अचम्म लाग्ला । तर यो साँचो हो किनभने उनी आफैंले एक अन्तर्वार्तामा राति लुकेर ट्याक्सी चलाउने गरेको बताएका छन् ।
पुटिनले आइतबार प्रसारण गरिएको ‘रसिया, ल लेटेस्ट हिस्ट्री’ नामक वृत्तचित्रमा बोल्दै ९० को दशकतिर आर्थिक सं क ट नआओस् भनेर नयाँ काम गर्न थालेको बताएका छन् ।
सोभियत संघको पतनपछि देखा परेको आर्थिक सं क ट टार्न अरुले जस्तै आफूले पनि नयाँ काम गरेको उनको भनाइ थियो ।
‘कहिलेकाहीँ मैले अतिरिक्त पैसा कमाउनु परेको थियो’, पुटिनले भने, ‘मैले ड्राइभरको रुपमा कार चलाएर कमाइने थप पैसा भन्न खोजेको हुँ । यो कुरा गर्दा नराम्रो लाग्न सक्छ तर यो साँचो हो ।’
९० को दशकतिर रुसमा ट्याक्सी एउटा दु र्ल भ कुरा थियो । कार भएका कैयौं मानिसले अरुलाई लिफ्ट दिएर बिहान बेलुकाको छाक टार्ने गर्थे । त्यस्तै, कतिपयले एम्बुलेन्सलाई कारको रुपमा प्रयोग गरेर पैसा कमाउँथे ।
रसियन टिभीमा प्रसारण भएको वृत्तचित्रमा १९९१ मा सोभियत संघको पतनपछि रुसमा देखा परेको उचार-चढावपूर्ण घटना, आर्थिक सं क ट र पछिल्लो प्रगति चित्रण गरिएको छ ।
पुटिनले वृत्तचित्रमा ‘कम्तिमा एक जना सीआईएका सदस्य’ले ९० को दशकमा रुसी सरकारको सल्लाहकारको रुपमा काम गरेको कुरा आफूलाई थाहा भएको पनि बताएका छन् ।
यसअघि पुटिनले बिहीबार मानव अधिकारकर्मीको एक प्यानलसँग कुरा गर्दै त्यतिबेला अमेरिकी खुफिया एजेन्सीले रुसको शक्ति संचरनाभित्र घुसपैठ गरेको तर आफू राष्ट्रपति भएपछि उनीहरूलाई हटाएको बताएका थिए ।
पुटिन सोभियत संघको सुरक्षा एजेन्सी केजीबीका पूर्व एजेन्ट समेत हुन् । उनले ९० को दशकमा सेन्ट पिटर्सबर्गका मेयर एनाटोली सोबसाकको कार्यालयमा काम गर्थे ।
तर उनी पछि केजीबीको जागिर छोडेर राजनीतिमा आएका थिए । बीबीसीबाट
यो पनि : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा फौ ज तै ना थ गरे नेटो गठबन्धनलाई क डा जवाफ दिने चे ता व नी दिएका छन् ।
पश्चिमी मुलुकले युक्रेनमा रुसी ह म ला हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका बेला पुटिनले नेटो गठबन्धनलाई क डा चे ता व नी दिएका हुन् ।
युक्रेनमा नेटो फौ ज तै था न गर्नु भनेको रुसको ‘रे ड ला इ न’ पार गर्नु बराबर भएको र फौ ज तै ना थ गरेमा कडा जवाफ दिइने उनको भनाइ थियो ।
मस्कोमा आयोजित भर्चुअल लगानी मञ्चका सहभागीहरूलाई सम्बोधन गर्ने क्रममा सीमा नजिक नेटो फौजको अभ्यासबाट रुस चि न्ति त बनेको पनि पुटिनले बताए ।
‘यस्ता ध म्की (फौ जी तै ना थ) भनेका रुसका लागि रेड लाइन हुन्’, पुटिनले भने, ‘उनीहरूले आफ्नै मुलुक र विश्व समुदायका लागि थप विवेक र जिम्मेवारी देखाउने आशा गरेको छु ।’
पूर्वतर्फ नेटो फौ जको विस्तारबाट मस्कोका प्रमुख सुरक्षा चासो खतरामा पारेको भन्दै पुटिनले ५ मिनेटभित्रै रुसका कमान्ड सेन्टरमा पुग्न सक्ने क्षे प्या स्त्र तै ना थीका लागि नेटो गठबन्धले युक्रेनी भूमि प्रयोग सक्ने पनि बताएका थिए ।
नेटोबाट बढ्दो ख त राका कारण नयाँ हा इ प र सो नि क ह ति या र विकास गर्न आफूहरू बा ध्य भएको पनि पुटिनको भनाइ थियो । पुटिनले भने, ‘हामीलाई ध म्की दिनेहरूलाई उनीहरूका जस्तै हतियार विकास गरेर निशाना बनाउनु पर्छ र हामीले यो कुरा अहिले पनि गर्न सक्छौं ।’
यसअघि नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनमाथि ह म ला गरे ‘रुसले ग म्भी र राजनीतिक एवं आर्थिक परिणाम’ भोग्नुपर्ने चे ता व नी दिएका थिए ।
मंगलबारदेखि लात्भियाको राजधानी रिगामा आयोजित नेटो राष्ट्रका विदेशमन्त्रीको २ दिने बैठकमा समेत युक्रेनी सीमामा रुसको बढ्दो सैन्य उपस्थितिबारे छलफल हुने छ ।