काठमाडौं –
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत आठ राजनीतिक पार्टीले आज काठमाडौँ स्थित एमसीए कार्यालय घेराउ गरेका छन् ।
संयुक्त राजनीतिक पार्टीको पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार आज दरबारमार्ग स्थित एमसीए कार्यालय घेराउ गरेका हुन ।
सहभागीहरुले एमसीसी सम्झौता खा रे ज गर, गो ब्याक एमसीसी, देशभक्ति शक्तिहरु एक हौँ लगायतका नाराहरु लगाउदै प्रदर्शन सहित एमसीए कार्यालय गरेका हुन ।
नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।
घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताए।
उनले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने चे ता व नी दिए। नेता गजुरेलले एमसीसीको वि रो ध मा भोली संसद् भवन घेराउ गर्ने घोषणा पनि गरे।
यो पनि : मंसिर २८ गते विभिन्न १३ राजनितिक दलहरुले बन्दको घोषणा गरेका छन् । एमसीसी वि रु द्धमा शैक्षिक स.स्था, कलकारखाना, यातायात ब न्दको घोषणा गरिएको हो ।
यो चितवनको खबर हो । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरिशन (एमसीसी) वि रो धमा मंसिर २८ गते चितवन ब न्दको घोषणा गरेको छ ।
एमसीसी खा रे जी अभियान संयुक्त संघर्ष समिति बनाएर जिल्लामा सक्रिय १३ दलहरुले पत्रकार सम्मेलन गर्दै चितवन ब न्दको घोषणा गरेका हुन् ।
ब न्दका दिन शैक्षिक संस्था,कलकारखाना, बजार र यातायात समेत ब न्द गरिने संघर्ष समितिका सचिव अजीव पौडेलले जानकारी दिए ।
रा ष्ट्र घा ती एमसीसी सरकारले पारित गर्न लागेकाले बाध्य भएर दबाब स्वरुप बन्दको आह्वान गरिएको पौडेलले बताए । २८ गते संसदको बैठक आ्रह्वान गरिएको छ ।
सोहि दिन एमसीसीको बिषयमा पनि निर्णय गर्ने तयारी सरकारले गरेको छ । संघर्ष समितिले चितवनमा हस्ताक्षर अभियान र मसाल जु लु स लगायतका कार्यक्रम गर्ने जनाएको छ ।
त्यस्तै, केन्द्रमा पनि विप्लव नेतृत्वको नेकपा सहित विभिन्न राजनितिक दलहरुले एमसीसीको कार्यालय घेराउदेखि संसद घेराउ सम्मको कार्यक्रम राखेका छन् ।
आज दरबार मार्गमा रहेको एमसीसीको नेपाल स्थिति एमसीसीको कार्यालय घेरा उगर्ने कार्यक्रम रहेको छ । ,त्यस्तै मंसर २८ गते नयाँ बानेश्वरमा रहेको संसद भवन घेरा उगर्ने कार्यक्रम राखिएको नेकपाले जनाएको छ ।





















