‘ब्याक टु ब्याक टु’ ध माका म च्चा इ रहेको मन्त्री आलेले मच्चाईन अर्को यस्तो ध मा का, सबै चकित !

काठमाडौं –

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  प्रेम आले मगरले विराटनगर विमानस्थलमा रहेको शौचालयको अनुगमन गरेका छन् । एक कार्यक्रममा सहभागी हुन शुक्रवार विराटनगर विमानस्थल ओर्लिएका मन्त्री आलेले अचानक शौचालयको अनुगमन गरेका हुन् ।

विमानस्थल परिसरमा फोहोर देखेर मन्त्री आले अचानक शौचालयको अनुगमनमा पुगेपछि विराटनगर विमानस्थलका कर्मचारी अलमलमा परेका थिए ।

शौचालय अनुगमनपछि उनले शौचालय ठिकै रहेको भन्दै त्यहाँबाट बाहिरिए । विराटनगर ओर्लिएपछि उनले विमानस्थलमा रहेको क्नभियर बेल्ड अनुगमनलगत्तै उनले यात्रुकक्षमा रहेको शौचालयको अनुगमन गरेका हुन् । शौचालयको अनुगमन गर्ने कार्यक्रम अचानक बनेको थियो ।

‘मन्त्रीज्यूले विमानस्थलको अनुगमन गर्ने पूर्व कार्यक्रम थिएन’ प्रमुख खरेलले भने, ‘अचानक मन्त्रीज्यूले विमानस्थलभित्रको यात्रु बाहिरिने कक्षका साथै शौचालयको अनुगमन गर्नुभयो ।’

मन्त्री ज्युको अनुगमन गर्ने कार्यक्रमले एकैछिन त हामी नै अलमलमा परेका थियौं ।’ तर मन्त्रीज्यूले अनुगमनका क्रममा समस्या समाधानका लागि बजेटमार्फत सम्बोधन गर्ने आश्वासन दिएको खरेलले बताए ।

मन्त्री आलेले सोमबार बस्ने मन्त्रिपरिषदको बैठकबाट विराटनगर विमानस्थलका लागि आवश्यक बजेट विनियोजन हुने दाबी गरे । विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नतिका लागि बजेट अभावमा रोकिएको छ ।

यो पनि : क्याप्टेन विजय लामाले पर्यटनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमको सुधारका लागि राम्रो थालनी गरेको भन्दै प्रशंशा गरेका छन् ।

आलेका साथै कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रियताले आज निगम ‘डेन्जरस गुड क्यारियर’ भएको भन्दै यो धेरै राम्रो प्रगती भएको बताएका छन् ।

साथै विभिन्न अरु कामहरुको सुरुवाती पनि गराइ सकेको भन्दै उनले आलेबाट ठूलो आशा पलाएको बताएका छन् ।
निगमले हालैमात्रै खतराजन्य वस्तु बोक्ने अनुमति पाएपछि लामाले यस्तो टिप्पणी गरेका हुन् ।

लामाले सामाजिक सञ्जालमा लेखेका छन् –

मेरो साडे तीन दसकको कार्यकालमा धेरै पर्यटन मन्त्रीहरुका साथै कार्यकारी अध्यक्षहरु देखे र हर्कतहरु पनि भोगे! कोइ गफैमा सिमित रहे भने कोइ नामको लागि मात्र,

कोइ मौका पाएर पनि केही गर्न नसकी समय फ्याल्नेमा परे भने कोइ भत्काउनको लागि मात्र आएको पाए, कोइ अरु वायुसेवाको agent भएर आए। फेरि यसो भन्दा सबै नै त्यही दर्जामा राख्न खोजेको होइन!!

ने वा नि लाई बनाउनु पर्छ भन्ने सुगत कन्साकार ज्यु जस्ता पनि तिन तीन पटक आए तर हराए…तर दृढ इच्छा शक्ति भएका नेतृत्व कमै देखे । सबैले नेवानी सुधार गर्न खोजे, मन्त्र जपे पनि प्रगति हुन सकेन।

तर भनिन्छ समय सधै एकनास हुदैन… अहिले आशा लाग्दो कामको शुरुआत भएको छ… स्थापना भएको ६३ बर्ष सम्म हामीले खतराजन्य वस्तु बोक्ने अनुमति लिन नसकेर हामीले ठुलो ब्यवसाय गुमाएका थियौं..

वर्तमान मन्त्री प्रेम बहादुर आले ज्यु तथा कार्यकरी अध्यक्ष युबराज अधिकारी ज्युको सक्रियताले आज हामी dangerous goods carrier भएका छौ।

यो धेरै राम्रो प्रगती हो! साथै विभिन्न अरु काम हरुको सुरुवाती पनि गराइ सक्नु भएकाले पनि ठूलो आस पलाएको छ! बधाई छ हामी सबैलाई! धन्यवाद मन्त्री प्रेम बहादुर आले ज्यु र ने वा नि को अध्यक्ष युबराज अधिकारि ज्यु लाई!
जय चन्द्र सुर्य!

यो पनि : ग्राहकलाई सहज र सस्तो मूल्यमा मिटर उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणले एकै पटकमा सात लाखवटा इनर्जी मिटर खरिद गर्न भारतको जिनस पावर इन्फ्रास्टक्चर लिमिटेडसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा प्राधिकरणका प्रबन्धक कोमल आचार्य र भारतीय कम्पनीका प्रतिनिधि पुनितले हस्ताक्षर गरे ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरय मिटर उपलब्ध गराउन प्राधिकरणले मिटर खरिद गर्न लागेको जानकारी दिए ।

सम्झौता भएको एक महिनापछि नै मिटरहरू नेपाल आउन सुरू हुने बताउँदै उनले भने, ‘संख्या धेरै भएकाले मिटरहरू विभिन्न लटमा आउनेछन् । सम्झौताको ५ महिनाभित्र सबै मिटर नेपाल आइपुग्नेछ ।’

उनले अगाडि भने, ‘प्राधिकरणले ६४ लाख अमेरिकी डलरमा सो मिटर खरिद गर्न लागेको हो । यसरी प्रतिमिटर नौ डलर खरिद मूल्य पर्न आउँछ ।’

प्राधिकरणले खरिद मूल्यबाहेक कुनै पनि अतिरक्ति मूल्य नलिई ग्राहकलाई सो मिटर उपलब्ध गराउने उनले स्पस्ट पारे ।

हरेक वर्ष करिब तीन लाख जना प्राधिकरणका नयाँ ग्राहक थपिन्छन् । यसरी प्राधिकरणलाई मासिक २५ हजार मिटर आवश्यक देखिएको गाेरखापत्रले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...