कुनै पि डा बिना एक मिनेटमै आनन्दमय मृ त्यु दिने मृ त्युको मेसिनले कानुनी स्वीकृति पायो

एजेन्सि –

स्विट्जरल्याण्ड सरकारले सु सा इ ड मेसिनको प्रयोगलाई कानुनी मान्यता दिएको छ । यो मेसिन बनाउने कम्पनीको दावीअनुसार यो मेसिनले कुनै पनि व्यक्तिलाई १ मिनेटभित्र कुनै पी डा बिना मृ त्यु दिन सक्छ ।

यो मेसिन कफिनको आकारको छ । यो मेसिनको माध्यमबाट अक्सिजन लेभल अत्याधिक कम गरिन्छ जसका कारण एक मिनेटभित्र मृ त्यु हुन्छ ।

अस्ट्रेलियाको एउटा कम्पनीले थ्री डी प्रिन्टेड पड निर्माण गरेको छ, जसले मानिसहरुलाई कुनै पीडा नदिइ मृ त्यु व र ण गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ। सो मेसिन चाँडै नै स्वीट्जरल्यान्डका वासिन्दाले प्रयोग गर्न पाउने भएका छन्।

पडको निर्माण गैरनाफामुखी संस्था एक्जिट इन्टरनेसनले गरेको हो। पडले मानिसहरुलाई स्वेच्छिक आ त्म ह त्या गर्न सहयोग गर्नेछ। एक्जिट इन्टरनेसनले पडलाई सा र्को मे सि न भनेको छ।

स्वेच्छिक मृ त्यु चाहना गर्नेका लागि स्वीट्जरल्यान्डमा यसअघि एक प्रकारको तरल पर्दाथ पेन्टोबारबिटल दिइएको थियो । तर, त्यसको विकल्पको रुपमा एक्जिट इन्टरनेसनलले पड निर्माण गरेको हो ।

एक्जिट इन्टरनेसनलका संस्थापक फिलिप नितस्चेकका अनुसार मृत्युवरण गर्न चाहने व्यक्तिलाई पडभित्र राखेपछि अक्सिजनको तह विस्तारै घटाएर एक प्रतिशतमा सीमित गरिन्छ र नाइट्रोजनको मात्रा बढाइन्छ ।

यो प्रक्रिया ३० सेकेन्डमा पूरा हुन्छ । अचेत हुनुअघि नै व्यक्ति बोल्न नसक्ने हुन्छ । ‘स्वेच्छिक मृत्युवरण गर्न चाहने व्यक्ति मेसिनभित्र छिरेपछि आरामले पल्टिछन् । यो निकै आरामदायी छ,’ नितस्चेक भन्छन् ।

नितस्चेका अनुसार पडमा बस्ने व्यक्तिलाई प्रशस्त प्रश्नहरु सोधिनेछ । जबाफ दिएपछि उनीहरुले सुतेर नै मेसिन दबाउन सक्नेछन्, जसको केही सेकेन्डपछि आनन्दसँग उनीहरुको मृ त्यु हुनेछ ।’

पडले कानुनी मान्यता पाइसेकेको र अर्को वर्षदेखि स्वीट्जरल्यान्डमा सञ्चालनमा आउने स्वीस इन्फोले जनाएको छ ।

कसैको सहयोगमा गरिने मृ त्यु व र ण वा एसिस्टेड सु सा इ डले अमेरिकाको क्यालिफोर्निया, कोलोराडो, हवाई, न्यू जर्सी, ओरेगान, वासिंगटनपोस्ट, भर्मन्ट र कोलम्वियाका जिल्लामा कानुनी मान्यता प्राप्त गरेको छ ।

त्यस्तै, निश्चित शर्त पालन गर्न लगाएर नेदरल्यान्ड्स, जर्मनी, स्पेन, क्यानडा लगायत स्वेच्छिक मृ त्यु व रणलाई मान्यता दिएका देशमा पनि एसिस्टेड सु सा इ डलाई मान्यता दिइएको छ ।

मेसिनले मृ त्यु व र ण गर्न चाहने जुनसुकै व्यक्तिलाई आरामसँग मर्नका लागि सहयोग प्रदान गर्ने र यसलाई आवश्यकता अनुसार विभिन्न सहरमा लैजान सकिने नितस्चेकले बताएका छन् ।

‘सम्पूर्ण काम ३० सेकेन्डमा सकिन्छ । बोल्दा बोल्दै मानिसको जिब्रो गडबढाउछ र सास जान्छ,’ उनले भने । सो पडलाई स्वेच्छिक मृ त्युको अनुमति दिएका जुनसुकै देशमा लैजान सकिने उनको भनाई छ ।

एक्जिट इन्टरनेशनल नामको संस्थाका निर्देशक डा. फिलिप निट्स्केले यो मृ त्युको मेसिन बनाएका हुन् । उनलाई डा. डे थ पनि भनिन्छ ।

स्विट्जरल्याण्डमा इच्छा मृ त्युले कानुनी मान्यता पाइसकेको छ । एक्जिट इन्टरनेशनलको दावी अनुसार गत वर्ष स्विट्जरल्याण्डमा १३०० जनाले अरुको सहयोगमा आ त्म ह त्या गरेका थिए ।

यो मेसिन यस्ता मानिसहरुको लागि बनाइएको बताइन्छ जो बि रा मी भएर हिँडडुल गर्न पनि सक्दैनन् । ब्रिटिस वेबसाइट इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार यो मेसिनलाई भित्रबाट पनि अपरेट गर्न सकिन्छ ।

बि रा मी व्यक्तिले मेसिनभित्रबाट आँखा झिम्क्याएर पनि यो मेसिन चलाउन सक्छ । यो मेसिनमा बायोडिग्रेडेबल क्याप्सुल जडान गरिएको छ जसलाई कफिनजस्तै प्रयोग गर्न सकिन्छ ।

यो मेसिनलाई सार्को नाम दिइएको छ । अहिले यसको प्रोटोटाइप पेश गरिएको छ । डा. निट्स्केले भने ‘यति सबै ठिक रह्यो भने अर्को वर्षसम्म यो मेसिन उपलब्ध हुनेछ । यो अहिलेसम्मको सबैभन्दा महंगो प्रोजेक्ट हो । तर, हामी यसको धेरै नजिक छौं ।’

यद्यपि यस्तो मेसिन बनाएकोमा डा. निट्स्केको आ लो च ना पनि भइरहेको छ । केही मानिसहरुले मेसिन प्रयोग गर्ने तरिकामाथि प्रश्न उठाएका छन् ।

उनीहरुले यसलाई ख त र ना क ग्यास च्याम्बर भनेका छन् । केही मानिसहरुले यो मेसिनले मानिसहरुलाई आत्महत्याको लागि उक्साउने दावी पनि गरेका छन् ।

अहिलेलाई २ वटा मेसिन प्रोटोटाइप तयार छन् । तेस्रो मेसिनको निर्माण पनि भइरहेको छ । अर्को वर्षसम्म यो तयार हुने सम्भावना छ ।

कस्तो अवस्थामा स्वेच्छिक मृत्यु गर्न पाइन्छ ?
कुनै दी र्ध रो ग लागेका वा उपचार गर्दा पनि सम्भव नभएको र ६ महिनापछि मृ त्यु हुन्छ भनेर सरकारले तोकेको चिकित्सकले सिफारिश गरेमा केही देशले स्वेच्छिक मृ त्युलाई अनुमति दिएका छन् ।

स्वेच्छिक मृ त्युलाई अनुमति दिइएको देशमा यो पड उपयोगी हुने विज्ञहरुले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...