एजेन्सि –
यु द्धका बेला अग्रिम मोर्चामा तै ना थ हुन चीनले तीन लाख थप सैनिक भर्ती गर्ने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले यु द्धलाई धा रि लो र मजबुत बनाउनका लागि सैनिक भर्तीको निर्देशन दिएका हुन् ।
यसका लागि तीन लाख सैनिकको आवश्यकता पर्नेछ । चिनियाँ सेनाका मुख्य कमान्डर समेत रहेका सी जिनपिङले सैन्य प्रतिभाका लागि भएको सम्मेलनलाई सम्बोधन गर्दै ती प्रतिभासँग सशस्त्र चिनियाँ सेनामा उच्च गुणवत्ताको विकासशील चाबी भएको बताए ।
साथै सैन्य प्रतिस्पर्धामा विजयी हुन र भावी युद्धमा सक्रिय हुन सैनिक थप प्रतिभावान् हुनु जरुरी रहेको बताए । सीका अनुसार पिपल्स लिब्रेसन आर्मी (पीएलए) को सन् २०२७ सम्मको लक्ष्यलाई निर्धारित गर्न नयाँ प्रतिभालाई समर्थन गर्न आवश्यक छ ।
वार्षिक २ सय ९ अर्ब डलर सैन्य बजेट खर्चेर चिनियाँ सेनालाई अत्याधुनिक बनाउने प्रयत्न जारी छ । संगठनात्मक सुधार गर्दै सेनाको हाइपरसोनिक हतियारलाई समेत कम गरी नयाँ अस्त्रशस्त्रले सुसज्जित बनाइँदै छ ।
अमेरिकी सेनाले चीनले हालसालै मात्र लामो दूरीको मिसाइल लन्च गरेको र त्यसले विश्वलाई फन्को लगाउन सक्ने बताएका छन् । त्यसलाई हाइपरसोनिक वाहनमार्फत छोडिएको थियो । लक्ष्यलाई भेद गर्दै उक्त मिसाइल चीन फर्किएको थियो ।
चिनियाँ राष्ट्रपतिले भने लड्ने क्षमतालाई थप बलियो बनाउन जितको सुरुवाती बिन्दु सशक्त बनाउन जरुरी रहेको बताएका छन् । यसका लागि सैन्य प्रतिभालाई निर्खानु नै पहिलो लक्ष्य हुने उनको भनाइ छ ।
‘यु द्ध जित्नका लागि सैन्य अधिकारीले वैज्ञानिक शिक्षाका साथै प्राविधिक क्षमतालाई पनि बढाउनुपर्ने हुन्छ । सैन्य अधिकारीलाई प्रथम श्रेणीको सैन्य प्रशिक्षण मिलोस् भन्नका लागि प्रथम श्रेणीको सैन्य स्कुलसमेत स्थापना गर्नुपर्ने आवश्यकता छ’ सीले भनाइ छ ।
यस्तै अमेरिकाले चीनसँग प र मा णु अप्रसार सन्धि गर्ने प्रयास गरिरहेको छ । यसको लागि तयारी अगाडि बढाइएको छ ।
पेन्टागनको एक रिपोर्ट अनुसार चीनले २०३० सम्म आफ्नो ह ति या रको भण्डारमा लगभग १ हजार प र मा णु ह ति या र जम्मा गर्नेछ ।
अहिले चीनसँग करिब ३५० प र मा णु ह ति या र छन् । अमेरिकाको ड रको प्रमुख कारण हो – चीनसँग अहिले अमेरिकाको तुलनामा निकै उन्नत प्रविधि छ ।
चीनले हालै डिएफ–१७ हाइपरसोनिक मि सा इ ल विकसित गरेको छ । यो मि सा इ ल आवाजको गतिभन्दा पाँच गुणा तीब्र गतिमा कुनै पनि लक्ष्यमा हान्न सक्छ ।
न्यूयोर्क टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति शी जिनपिङ बीच हालै भएको भर्चुअल बैठकपछि अमेरिकाले कुटनैतिक च्यानलबाट प र मा णु अप्रसार सन्धिको लागि ग म्भी र ताका साथ प्रयास गर्न सुरु गरेको छ ।
बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानका अनुसार बाइडेन र जिनपिङको बैठकपछि अब यस प्रकारको सन्धिको प्रयासको लागि अनुकूल परिस्थिति छ ।
उनका अनुसार यसको लागि चीनको तर्फबाट सकारात्मक सन्देश आउनुपर्छ । चीनसँग यस्तो कुनै सन्धि भएमा एसिया प्रशान्त क्षेत्रमा शान्ति स्थापना हुन सक्नेछ ।
तर, यसको लागि अमेरिकाले चीनमाथि भूराजनीतिक दबाब बनाउनुपर्छ । बललिँदो समीकरणमा अमेरिकालाई रुसभन्दा कैयौं धेरै चीनको बढ्दो सैन्य शक्तिबाट ख त रा छ ।
अमेरिकाको लागि सबैभन्दा ठूलो ख त रा चीनको एन्टि स्याटेलाइट प्रविधि हो । एन्टि स्याटेलाइट प्रविधिबाट चीनले अमेरिकाको स्याटेलाइट र अर्ली वार्निङ सिस्टमलाई पंगु बनाउन सक्छ ।
रुसजस्तै अमेरिकासँग चीनको साथमा कुनै न्यूक्लियर हटलाइन पनि छैन ।
चीनले हाइपरसोनिक मि सा इ लको १५० भन्दा धेरै परीक्षण गरेको छ भने अमेरिकाले ९ वटा परीक्षण मात्र गर्न सकेको छ । यसमाथि चीनका हाइपरसोनिक मि सा इ लमा घुम्दै उड्ने क्षमता समेत छ ।