काठमाडौं –
सहकारीका सुरक्षागार्डको ह त्या गरी लु ट पा ट गरेको आरोपमा प्रहरीले दुई जनालाई प क्रा उ गरेको छ ।
दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको ह त्या भएको हो।
उनको ह त्या गरेको आ रो पमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दुई जनालाई प क्रा उ गरेको हो। दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुका २७ वर्षीय विक्रम कार्की र २० वर्षीय सुमन कार्कीलाई प क्रा उ गरेको हो।
विक्रमलाई प्रहरीले काठमाडौंको तीनकुने र सुमनलाई चुच्चेपाटीबाट बुधबार प क्रा उ गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
गत कात्तिक १० गते एक अज्ञात समूहले सुरक्षा गार्ड खड्कालाई नियन्त्रणमा लिएको खबर प्रहरीले पाएको थियो।
त्यस्तै, उनीहरूले सहकारीबाट एक लाख ८५ हजार ७८० रुपैयाँ लु टे र फ रा र भएका थिए। फरार भएको दुई दिनपछि खड्काको श व जुगुको जंगलमा श व फेला परेको प्रहरीले जनाएको छ।
जंगलमा डोरीले खुट्टा र हात पछाडि बाँधिएको र मुख खादाले बाँधेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक महतोले बताए। सहकारीमा गएर सुमनले सुरक्षागार्डलाई भने–‘काठमाडौंबाट आएको मेरो साथी बेहोस भएर ढलेको छ, हिँड्नुस् नँ ।’
सुमनको कुरा मानेर खड्का सहकारीबाट ४ सय मिटर पर जंगलमा गए । जंगलमा बिक्रम लु के र बसेका थिए । त्यहिँ उनीहरुले सुरक्षागार्डको ह त्या गरे ।
पैसा लुट्न सुरक्षागार्डको हत्या गरेका बिक्रम काठमाडौंमा प्लम्बरको काम गर्छन् । सुमन काठमाडौंमा पढ्दै छन् । ह त्यापछि आ रो पीहरु ३ घण्टा पैदल हिँडेर सदरमुकाम चरिकोट आए । कार्तिक ११ मा चरिकोटबाट गाडी चढेर काठमाडौं फर्किए ।
उनीहरूको निधारमा चो ट पनि फेला परेको थियो। सोही घटनामा उनीहरूको पहिचान गरी ब्युरोले प क्रा उ गरेको हो ।
उनीहरूबाट मृ त क खड्काबाट लु टि ए को फोन र बाँकी एक लाख ३८ हजार २३५ रुपैयाँ नगद बरामद गरेको छ। उनीहरूमाथि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको छ ।





















