ओलीले अध्यक्ष नजिते सम्म खाना समेत नखाई बसिन् ९१ बर्षिया भद्रकुमारी, जिते पछि खुशिमा यस्तो सम्म गरिन्

काठमाडौं –

पुर्वमन्त्रि एवं समाजसेवी ९१ बर्षिय भद्रकुमारी घले नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा केपी ओलिले सानदार मत ल्याएर विजय ी भएकोमा चौपट्टै खुशि भएकि छिन् ।


विगत लामो समय देखि एमाले अध्यक्षको पक्ष्ँमा बोलेर चर्चा कमाएकी घलले अध्यक्षमा ओलीले प्राप्त गरेको मत र सानदार मतका कारण आफु धेरै नै हर्षविभोर भउको बताएकी छिन् । ओलीले जित्दा आफैँले जितको भन्दा खुसि महसुस भएको उनले बताएकी छिन् ।


ओटिभी नेपाल सँगको विशेष कुराकानीमा पुर्वमन्त्रि घलले अब ओलीकै नेतृत्वमा नेकपा एमालेले आगामी निर्वाचनमा दुई तिहाई मत ल्याएर फेरी सरकारमा फर्कने ठोकुवा गरेकी छिन् । आफ्नो सदासर्वदा साथ र आर्शिवाद ओलीलाई रहेको पनि उने बताइन् ।


कुराकानीको क्रममा घलले अध्यक्षका अर्का प्रत्यासी भिम रावललाई पनि गाली नगर्ने बताइन् । म भिम रावलको बारेमा कुनै न’का’रा’त्मक टिप्पणी गर्न चाहन्न तर रावललाई आफ्नौ औकात कति भन्ने कुरा राम्रोसँग थाहा भयो होला अब उहाँले आफै जिम्मेवार र परिपक्क भएर मनजित्ने गरि काम गर्नु पर्छ । घलले भनिन् ।


कुराकानी अवधीभर ओलीको जितले औधी खुसी देखिएकी घलले ओली व्यक्तिले जितेर खुशी भएको होइन अब समृद्ध नेपाल सुखि नेपाली बन्ने ढोका खुल्छ भनेर आफ् खुिस भएको बताइन् ।

गतिलो नेता नजन्मीएकै कारण आज सम्म देश पछि परेको भन्दै देश विकास गर्न सक्ने नेताको रुपमा आफुले ओलीलाई विश्वास गरेका उनले बताइन् ।


ओलिले जितेको खबर सुन्ने बेला सम्म आफुले राम्रोसँग खान पनि नखाएको र राम्रोसँग निदाउँदा पनि ननिदाएको पुर्वमन्त्रि घलले बताइन् । ओलीले फराकिलो मतान्तरले जितको भन्ने समाचार सुन्ने वित्तिकै तातो चिया खाएर ढुक्ले बसेको उनले बताइन् ।


घलेले अब ओलीले निर्वाचनमा दुई तिहाई ल्याएर देशको नेतृत् वगर्ने गरि तयारी गर्नु पर्ने सुझाव दिएकी छिन् । ओलीलाई दुई तिहाई देउ भनेर आफुले भगवानसँग प्रथना नै गरेको बताउँदै उनले नारायणी किनारमा मान्छे उत्रिएको देख्दा पक्कै दुई तिहाई आउँछ जस्तो लागेको बताइन् ।


एमाले अध्यक्ष ओलीलाई राजा महेन्द्र पछिको राष्ट्रवादी र विकासप्रेमी नेता भन्ने घलले ओलीसँग आज सम्म आफ्नो प्रत्यक्ष देखभेट भने कहिल्यै नभएको बताइन् । ओलीलाई मैले नजिकबाट प्रत्यक्ष देखेको पनि छैन कुरा भएकोपनिछैन टिभिमा मात्रै देखेको हो उसको कामले नै मेरो मन जित्यो। घलले भनिन् ।

यो पनि : चितवनमा सम्पन्न नेकपा एमालेको दशाँै राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उमेदवार भिम रावल अर्का उमेदवार केपी शर्मा ओली सँग फराकिलो मतान्तरले पराजित भए ।

यद्यपी उनीप्रति एक खालको सहानुभुती देखिएको छ । केपि ओली सँग हार्छु भन्ने जान्दा जान्दै पनि अन्तिम सम्म आफ्नो अडानमा टिकेर बसेका रावलले ओलीलाई सर्वसम्मत

अध्यक्ष बन्न नदिएको भनेर ओली पक्षले आलोचना गरिरहँदा पनि कतिपयले रावलको कदमले अल्टीमेट्ली ओलीलाइननै फाइदा पुगेको विश्लेषण पनि गरेका छन् ।

रावलले ओलीले अफर गरेको उपाध्यक्ष पद स्विकार गरेको भए सायद एमालेलेको दशाँै राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न सक्थ्यो ।

तर वि’रो’धी र आलोचकहरुले गजबको मसाला पनि पाउँने थिए । मुखले जबज भने पनि प्रतिष्पर्धालाई निषेध गरेको, ओलीको अगाडी सबै दास बनेको लगायतका कुराले समाचार र समाजिक संजालका पाना रंगिन्थ्यो कम्तीमा त्यो हुन पाएन भन्ने कर्नर विश्लेषण पनि भएको छ ।

धेरैले भिम रावलले अध्यक्षको उमेदवारी घोषणा गर्दा उपाध्यक्ष पदको बार्गेनिङ भन्ने अर्थमा बुझेका थिए तर रावल अन्तिम सम्म आफ्नो अडानमा टसमस भएनन् र चुनाव भएरै छोड्यो ।

उनले निकै फराकिलो मतान्तरमा चुनाव हारे तर पनि सन्तोष दिखिएका छन् । चर्चामा बस्न रुचाउँने र फण्डानै गरेर सहि चर्चामा सँधै बसिरहनु पर्ने स्वभावका रावलको निजी जीवनका संघर्ष र सफलता भने हरकोहिका लागी प्रेरणादायी रहेको छ ।

अन्तयन्तै विकट जिल्ला अछाममा जन्मिएर राष्ट्रिय राजनितीमा उनले पाएको यो उचाइ भने लोभलाग्दो छ । रावल जन्मिएको ७ दिनमै उनको बुवाको नि’ध’न भएको थियो ।

आफ्नो न्वारन समेत नभइ बुवा गुमाएका टु’हु’रा सन्तान उनले निकै दु’ख र कष्ट गरेर यो उचाइ हासिल गरेका हुन् । आमाको माया र हौसलाको पृष्ठभूमिमा उनले ठूलो सफलता पाएका छन् ।

अछाम बाट हिँडेका सात दिनमा इण्डीयाको बाटो हुँदै काठमाडौँ आइपुगेका रावलले निकै सं’घ’र्ष गरेर आफ्नो पढाइ पुरा गरेका थिए ।

पिएचडी सम्मको अध्ययन गरेका उनले आर्थिक अभावकै कारण विचमा झण्डै पढाइ छोडेका थिए त्यसमा पनि आमाले सम्झाएर साथ दिएको बताइन्छ ।

घर बाट हिँडको सात दिनमा इण्डीयाको बाटो हुँदै काठमाडौँ आएर कोही चिनेजानेको मान्छे समेत नभएको शहरमा अन्यन्तै सं’घ’र्ष र दुख गरेर विद्यार्थी राजनति गर्दै राष्ट्रिय राजनितीमा जम्प हानेका रावल गृहमन्त्री , रक्षामन्त्री जस्तो महत्वपुर्ण जिम्मेवारी सम्हालिसकेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...