जापानका पूर्वप्रधानमन्त्रीको अ भि व्य क्ति प्रति चीन रुष्ट : चाले यस्तो कडा कदम, जापानमा ह ल च ल !

काठमाडौं –

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबोले ता इ बा नबारे दिएको पछिल्लो अ भि व्य क्ति बा ट रुष्ट चीनले जापानी राजदूतलाई आ प त का ली न बैठकका लागि बोलाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार चीनका सहायक विदेशमन्त्री हुया चुनयिङ्गले जापानका राजदूत शुई हिदेओलाई बेइजिङ आयोजित आ प त का ली न बैठकमा बोलाएको बीबीसीले जनाएको छ ।

जापानका पूर्वप्रधानमन्त्री आबेले बुधबार ता इ वा नका एक थिङ्क ट्यांकको भर्चुअल कार्यक्रममा यदि चीनले ता इ वा नमा आ क्र म ण गरेमा जापान र अमेरिकाले ता इ वा नको पक्ष लिने अ भि व्य क्ति दिएका थिए ।

आबेको यस अ भि व्य क्ति पछि चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘यो चीनको सम्प्रभुतामा खुला चुनौती र स्वतन्त्र ता इ वा नप्रति निर्लज्ज समर्थन हो । चीन यसको कडा वि रो ध गर्दछ ।’

आबेले ता इ वा नमा चीनले आ क्र म ण गरेमा जापानको सुरक्षामा ग म्भी र असर पर्ने अ भि व्य क्ति दिएका थिए । आबेले गत वर्ष जापानको प्रधानमन्त्री पद त्यागेका थिए । उनी हाल जापानको सत्तारुढ लिबर डेमोक्रेटिक पार्टीका नेता हुन् र उनी पार्टीमा प्रभावशाली मानिन्छन् ।

यस्तै अमेरिकी सरकारले आगामी महिना आयोजना गर्न लागेको लोकतन्त्र सम्मेलनमा ता इ वा नलाई आमन्त्रण गरेपछि चीन क्रु द्ध बनेको छ ।

ता इ वा नलाई चीनले आफ्नै भएको दाबी गर्छ भने अमेरिका लगायत केही पश्चिमा मुलुकहरूले चीनलाई भ ड्का उ न ता इ वा न मामिला उछालिरहेका छन् । तर, अमेरिका स्वयमले ता इ वा नलाई स्वतन्त्र देशको मान्यता दिएको छैन । 

डिसेम्बर ९ र १० तारिखमा अमेरिकाले लोकतन्त्र सम्मेलन आयोजना गर्दैछ । तर, यो सम्मेलनमा सहभागी हुन ह्वाइट हाउसले चीन र रसियालाई भने निम्तो पठाएको छैन ।

आफूले दाबी गरिरहेको ता इ वा नलाई चाहिँ सम्मेलनमा सहभागी हुन निम्तो पठाएपछि ह्वाइट हाउसँग बेइजिङ थप भ ड्कि ए को हो । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयले भर्चुअल सम्मेलनमा ११० सहभागीहरूलाई निम्तो पठाएको छ ।

ता इ वा नलाई पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले निम्तो गरेका हुन् ।  चीनको स्टेट काउन्सिल ता इ वा न अफेयर्स कार्यालयले सो सम्मेलनमा अमेरिकाले ता इ वा नलाई निम्त्याउनु एक गल्ती भएको र अमेरिकाले यस्तो गल्ती दोहोर्याइरहेको उल्लेख गरेको छ ।

ता इ वा न द्विपबारे हुने कुनैपनि आधिकारिक कुराकानीको वि रु द्धमा आफू रहेको पनि चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्सकाअनुसार ता इ वा न अफेयर्स कार्यालयकी प्रवक्ता जु फेंगलियानले बुधबार आयोजित एक पत्रकार सम्मेलनमा अमेरिकाले ता इ वा नलाई सम्मेलनमा डाक्नु एक गल्ती भएको बताएकी हुन् । 

उनले भनेकी छिन्, ‘अमेरिका र ता इ वा न बीच कुनै पनि प्रकारको आधिकारिक कुराकानीको हामी पूरापूर विरोध गर्छौं, अमेरिकी सरकारले एक चीन नीति मान्दै आएको छ, ता इ वा नकै विषयमा पनि अमेरिका र चीनले तीनवटा संयुक्त विज्ञप्ति जारी गरिसकेका छन् ।’ 

अघिल्लो साता ९ नोभेम्बर १६० मा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति बाइडेनबीच एक भर्चुअल बैठक भएको थियो ।

सो बैठक क्रममा पनि चिनियाँ राष्ट्रपतिले चीनलाई नियन्त्रण गर्नकै लागि केही अमेरिकी अधिकारीहरूले ताइवानलाई प्रयोग गरिरहेको बताएका थिए । सीले यसो गर्नु आगोसँग खेल्नु बराबर भएको र आगोसँग खेल्नेहरू जल्ने चे ता व नी दिएका थिए ।

यो सूचीमा चीन र रुसको नाम छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार ता इ वा न यसमा सहभागी हुनेछ ।

ता इ वा नका डिजिटल मन्त्री एन्ड्रयु तांगले भने ‘हाम्रो देशलाई लोकतन्त्र सम्मेलनमा बोलाइनुले हाम्रो देश वर्षौंदेखि लोकतान्त्रिक मूल्य र मानव अधिकारका विषयमा प्रतिबद्ध छ भन्ने बताउँछ ।’

चीनले पछिल्ला दिनमा ता इ वा नका विषयमा कडाइ गर्दै कुनै पनि देशले ता इ वा नसँग सम्बन्ध नबढाउन भनेको छ । ता इ वा नले भने चीनलाई आफ्नो मामिलामा बोल्ने अधिकार नभएको बताएको छ ।

अमेरिकाले भने वन चाइना पोलिसीलाई मान्न बन्द गरेको छैन । वन चाइना पोलिसी अन्तर्गत ताइवान चीनको अंग हो जबकि पछिल्ला दिनमा अमेरिकाले ता इ वा नसँग स्वतन्त्र रुपले द्विपक्षीय सम्बन्ध बढाउने कोसिस गरेको छ ।

बाइडेनले ता इ वा नको यथास्थितिमा कुनै पनि एकतर्फी परिवर्तन अमेरिकाले स्वीकार नगर्ने पनि बताएका थिए । लोकतन्त्र सम्मेलन भर्चुअल हुनेछ ।

नेपाललाई पनि अमेरिकाले यो सम्मेलनमा सहभागी हुनको लागि निम्ता दिएको छ । अमेरिकाले पाकिस्तान र इराकलाई पनि बोलाएको छ । टर्कीलाई अमेरिकाले बोलाएको छैन जबकि टर्की नेटोको सदस्य हो ।

मध्यपूर्वबाट इजरायल र इराकलाई मात्र बोलाइएको छ । अमेरिकाका रणनीतिक साझेदार साउदी अरब, मिश्र, जोर्डन, कतार र युएइलाई बोलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...