एजेन्सी –
वैज्ञानिकहरूले ब्रम्हाण्डमा निरन्तर नयाँ नयाँ खोज अनुसन्धान गरिरहेका छन् । हालै वैज्ञानिकहरूले ब्रम्हाण्डमा बृहस्पति जस्तै एक नयाँ ग्रह पत्ता लगाएका छन् ।
अनौठो त के भने उक्त ग्रहमा मात्र १६ घण्टाको एक वर्ष हुन्छ । वैज्ञानिकहरूले उक्त नयाँ ग्रहको नाम TOI-2109b राखेका छन् । यो ग्रह ब्रम्हाण्डमा पाइएको दोश्रो सबैभन्दा तातो ग्रह हो ।
यो ग्रहको सतहको तापक्रम ३३०० डिग्री सेल्सियस छ । अल्ट्राहट जुपिटर पनि भनिने यो ग्रहमा विशाल ग्याँस भण्डार छ । यसले केवल १६ घण्टामै आफ्नो तारालाई परिक्रमा गर्दछ ।
यो ग्रहको घनत्व बृहस्पति ग्रहको भन्दा पाँच गुणा धेरै छ र बृहस्पति ग्रह जस्तै तातो छ ।
वैज्ञानिकहरूका अनुसार अहिलेसम्म ४ हजार भन्दा धेरै यस्ता ग्रहहरू पत्ता लागिसकेका छन् जो सौर्यमण्डलभन्दा बाहिर छन् ।
तीमध्ये कतिपय ग्रह त यस्ता छन् जसले हाम्रो पृथ्वीभन्दा हजारौँ प्रकाश वर्ष टाढा रहेका ताराको परिक्रमा गरिरहेका हुन्छन् ।
पछिल्लोपटटक पत्ता लागेको ग्रह सबैभन्दा अनौठो हुनुको कारण यसले केवल १६ घण्टामै आफ्नो ताराको परिक्रमा गर्नु हो । जसका कारण यसमा केवल १६ घण्टामै एक वर्ष हुन्छ । यसको एक वर्ष त पृथ्वीमा एक दिनपनि हुँदैन ।
अमेरिकी अन्तरिक्ष संस्था नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइट अन्तरगत MIT नेतृत्वको अनुसनधान मिसनले उक्त नयाँ ग्रह पत्ता लगाएको हो ।
यो ग्रह आफ्नो ताराको नजिक कसरी जान्छ भन्ने कुरा एक दुई वर्षमै पत्ता लगाइसक्ने प्रमुख अनुसन्धानकर्ता इयान वोंग बताउँछन् ।
यो पनि : संसारमा यस्ता धेरै मानिस छन् जसले आजपनि पुनर्जन्ममा विश्वास राख्दछन् । धर्मशास्त्र अनुसार पनि मानिसले मरिसकेपछि कुनै न कुनै प्रााणीको रुपमा पुनः धर्तीमा जन्म लिन्छ ।
कम्बोडियामा एकजना महिलालाई पनि यस्तै लाग्दछ । आफ्नो त्यहीँ विश्वासका कारण ती महिलाले अनौठो कदम उठाएकी छिन् जसले निकै चर्चा कमाएको छ ।
कम्बोडियाको क्राटी प्रान्तमा बस्ने ७४ वर्षकी खिम हेंग नामकी ती महिलाले एउटा गाईलाई आफ्नो मृ’त पति ठानेर गाईसँग विवाह गरेकी छिन् ।
आफ्नो मृ’त’क पति गाईको रुपमा पुनर्जन्म लिएको ती महिलाको विश्वास छ । आफुले पति ठानेर बिहे गरेको उक्त गाईका सबै बानी व्यहोरा आफ्नो पतिकै जस्तो रहेको उनी बताउँछिन् ।
सो गाई जन्मिने बित्तिकै बाट उनीसँगै धेरै समय बिताउने गरेको थियो । गाईले ती महिलाको अनुहारमा चाट्ने तथा कहिलेकाहीँ तथा मुखमै चु’म्ब’न गर्ने पनि गर्दथ्यो ।
उक्त गाईले आफूलाई आफ्नो स्वर्गीय पतिले जस्तै माया गर्ने गरेको खिमको भनाइ छ । त्यसैले आफूप्रति उक्त गाईको स्नेह देखेर खिम हेंगलाई आफ्नो मृ’त’क पति गाईको रुपमा पुनर्जन्म लिएर फर्किएको जस्तो लाग्यो ।
ती महिला मात्र होइन उनको पूरै परिवार पनि सो गाईलाई पुनर्जन्म लिएर आएकोमा पूर्ण विश्वास गर्दछन् । ती महिलाका छोरा आफ्नो मृ’त’क पिता गाईको रुपमा पुनर्जन्म लिएकोमा ढुक्क छन् ।
त्यसैले उनले आफ्नी आमाले बिहे गरेको गाईको निकै सेवा गर्दछन् । महिलाले पनि पति सम्झेर बिहे गरेको गाईलाई प्रेम गर्दछिन् । घरमा सो गाई खिमसँगै रहन्छ ।
उक्त गाई बस्ने कोठामा उनले आफ्नो पतिले प्रयोग गर्ने गरेको सिरानी राखिदिएकी छिन् । आफू म’रि’सकेपछि पनि उक्त गाईलाई आफ्नो बुवाजस्तै गरेर माया गर्नु भनेर उनले आफ्ना छोराछोरीहरूलाई अह्राएकी छिन् ।
गाईको मृ’त्यु भए पनि मान्छेकै जस्तो गरी अन्तिम संस्कार गर्नपनि उनले आफ्ना परिवारलाई आग्रह गरेकी छिन् ।