नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं –

अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गरेका छन् । यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनले बताए ।

बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।

उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारी समेत दिए । अ’वै’ध रुपमा हुने कारोबार र राजश्व चुहावट रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने मन्त्री शर्माले बताए ।

एमडीएमएस गत साउनदेखि नै लागू गर्ने घोषणा गरिएको थियो । तर अझै लागू हुन सकेको छैन ।

ठूलो मात्रामा अ’वै’ध मोबाइल भित्रिने क्रम नरोकिएको भन्दै व्यवसायीहरुले एमडीएमएस लागू तत्कालै गर्नुपर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

यस्तै व्यवसायीले अवैध मोबाइल भित्रिने क्रम नरोकिए धर्नामा बस्ने चे’ता’व’नी दिएका छन् । बुधबार मोबाइल वितरक संघको दोस्रो महाधिवेशनमा उनीहरुले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तुरुन्त कार्यान्वयनमा ल्याउन अर्थमन्त्री जनार्दन शर्मासँग आग्रह गरे ।

साउन १ बाटै लागू गरिने भनिएको एमडीएमएस प्रणाली अझै पूर्ण रूपमा लागू हुन सकेको छैन । यसले गर्दा अ’वै’ध मोबाइल फोनको बिक्री वितरण बढिरहेको व्यवसायीहरू बताउँछन् ।

‘अब पनि एमडीएमएस लागू भएन भने हामी दूरसञ्चार प्राधिकरणको गेटमा धर्नामा बस्नुको विकल्प हुँदैन,’ मोबाइल फोन आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले भने, ‘आश्वासन मात्रै धेरै आइसक्यो ।

यही महिनाभित्र लागू गर्नुपर्छ ।’ कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले एमडीएमएस तुरुन्तै कार्यान्वयनमा ल्याउने आश्वासन दिए ।

‘मलाई यसबारे व्यवसायीहरूले हिजोमात्रै भन्नुभयो,’ मन्त्री शर्माले भने, ‘यो तत्काल लागू गर्न निर्देशन दिइसकेको छु यो सम’स्या समाधान हुन्छ ।’

शर्माले एमडीएमएसका वि’रु’द्ध कोही पनि नलागेको र कसैले आफूलाई रोक्न नखोजेको स्पष्ट पारे । प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले केही महिनाको अन्तरालमै एमडीएमएस लागू हुने प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार आव २०७७/७८ मा करिब ३७ अर्ब रुपैयाँ बराबरको ७० लाख हाराहारीका मोबाइल सेट आयात भएको थियो । त्यसबाट करिब ६ अर्ब राजश्व संकलन भएको अर्यालले बताए ।

नेपाल भित्रिनेमध्ये २५ देखि ३० प्रतिशत मोबाइल फोन अ’वै’ध रूपमा आउने गरेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...