काठमाडौँ- विमानस्थलका ट्याक्सी मिटरमा जानै मान्दैनन् ।
यात्रुसँग मोलमोलाइमा जाने नै भए पनि दुई/तीन ठाउँका यात्रु राखेर मात्रै हिँड्ने समस्या अन्त्य नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा बुधबारदेखि सटल बस सेवा सुरु गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले तीनवटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको छ ।
बुधबार बिहान ती बसको उद्घाटन पर्यटनमन्त्री प्रेमबहादुर आलेले गरे । उनले सटल बस सञ्चालनमा ल्याइनुअघि तीनपटक विमानस्थल प्रहरीलाई ट्याक्सीको ठ’गी नियन्त्रण गर्न निर्देशन दिएका थिए । तर पनि यात्रु लु’ट्ने क्रम जारी नै रहेपछि सटल बसको थालनी गर्नुपरेको बताए ।
‘काठमाडौंमा पढ्ने विद्यार्थीहरु घर बिदाबाट फर्किंदा रासनपानी बोकेर आएका छन् । जहाजको भाडाभन्दा महँगो ट्याक्सीले असुल्छन्,’ उनले भने, ‘मै पनि विगतमा कोटेश्वरसम्म जाँदा डेढ/दुई हजार तिर्न बाध्य भएको थिए । यही लु’ट अन्त्य गर्न सटल बसको थालनी गर्नुपरेको हो ।’
विमानस्थलका महाप्रबन्धक भोला गुरागाईंका अनुसार, अब हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सटल बस सित्तैमा सञ्चालन हुनेछन् ।
तीनले आन्तरिक टर्मिनलदेखि रिङरोडसम्म जोडिएको विमानस्थलको गोल्डन गेटसम्म यात्रुलाई सेवा दिनेछन् । ‘अब आन्तरिक यात्रुले आरोलामा ट्रली गुडाउँदै बसको चि’न्ता गर्नुपर्दैन । सटल बसले खुला सडकसम्म पुर्याइदिने छ । त्यहाँबाट यात्रुले क्षमता अनुसार ट्याक्सी वा बस चढ्न सक्ने छन् ।’
हवाई यात्रुले विमानस्थल सेवा प्रयोग गरेबापत २ सय रुपैयाँ सेवा शुल्क अनिवार्य टिकटमै तिरेका हुन्छन् । यो सुविधा यसैअन्र्तगत नि:शुल्क राखिएको छ ।
यसैबीच श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घर पनि सञ्चालनमा ल्याइएको छ ।
पर्यटन मन्त्री आलेले यस्को उद्घाटन गर्दै गाउँदेखि रोजगार कम्पनीसम्म ठगीमा पर्ने नेपाली श्रमिक तथा कामदारलाई विमानस्थलमा राहत स्वरूप विश्राम घर सञ्चालनमा ल्याइएको बताए ।
यसअघि श्रमिकहरु विदेश जानुअघि टर्मिनल बाहिर उभिनुपर्ने बाध्यता थियो । अहिले सञ्चालनमा ल्याइएको विश्राम घरमा तातो चिसो पानी, टेलिफोन, टिभी, मोबाइल चार्जर, फ्लाइट डिस्प्ले, वाईफाई र मन्त्रालय/विमानस्थलको हटलाइन नम्बर राखिएको छ ।
वैदेशिक रोजगारमा जाने यात्रुले ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्न सक्नेछन् । अहिले २५ जना क्षमता भएको विश्राम घरलाई चाँडै ३ सय व्यक्ति अटाउने क्षमताको बनाइने योजना रहेको मन्त्री आलेले बताए ।
यसैबीच मन्त्री आलेकै निर्देशनका विमानस्थलमा रहेका कफी पसलले पनि २५ प्रतिशत मूल्य घटाएका छन् ।
यो पनि : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
मंगलवार सुवर्ण शमशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा देउवाले अरुको पार्टीको चिन्ता नगर्न आग्रह गरे ।
उनले विगतका दिनमा पार्टीभित्रै अन्तर्घात भएको स्मरण गर्दै अब एकतावद्ध भएर पार्टीलाई अघि बढाउनुपर्ने बताए । देउवाले अरुको पार्टीमा आँखा लगाउन छोडेर आफ्नो पार्टीलाई अरुको भन्दा ठूलो पार्टी बनाउन जोड दिए ।
विश्वप्रकाश शर्माले महत्वपूर्ण कुरा गरेपनि अरुलाई अर्ति दिन सजिलो रहेको भन्दै आफूले गर्नु गाह्रो रहेको देउवाले बताए ।
देउवाले भने, ‘अहिले हाम्रो विश्व प्रकाशले अति महत्वपूर्ण कुरा उठाउनु भएको छ । उहाँले आफ्नो बेलामा गर्नुभयो भने उहाँलाई धन्यवाद दिनुहोस् तपाईहरुले । उहाँको समयमा उहाँले कति गर्नुहुन्छ । अरुलाई अर्ति दिन सजिलो छ, आफूले गर्नु गाह्रो छ । ’
अहिले उठाएका कुराहरु आफ्नो बेलामा गरेर देखाउनु होला भन्दै शर्मालाई शुभकामना दिन दिए । उनले विश्वप्रकाश शर्मालाई नेतृत्व गर्न नहतारिन आग्रह गरे । ‘अहिले नहत्तारिनुस्, अहिले हत्तारिएर के गर्नुहुन्छ पछि ? समय आइहाल्छ नि,’ देउवाले भने ।
प्रधानमन्त्री देउवाले चाँडो गरिएको निर्णयले पछुताउनु पर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताए । ‘प्रकाशशरण महतजीले निर्णय नै गर्न सक्दैन, निर्णय ढिलोढिलो गर्छ भनेर भन्नुभयो ।
निर्णय भन्दैमा जथाभावि गर्नु, जे पायो त्यही त गर्नु भएन नि । निर्णय भनेको सोचविचारले गर्नुपर्छ । निर्णय गरेर पछुताउनु भन्दा ढिलो निर्णय गर्नु बेस हुन्छ । सोच विचार गरेर गर्नुपर्छ,’ देउवाले भने ।
देउवाले महतले पार्टीमा सहमतिका नाममा निर्णय ढिलो हुँदा पार्टीमा समस्या आएपछि हतारमा निर्णय गर्नु राम्रो नहुने बताए ।
‘तपाईहरुलाई भोलि निर्णय गर् निर्णय गर् भनेर फसाउलान् नि । निर्णय गर्ने इच्छा राख्नु भएका नेता हुनुहुन्छ, को हुन्छ त थाहा छैन, नेता हुने इच्छा चाहीँ छ, भविष्यमा सफल हुनुहुनेछ भन्ने शुभकामना दिन चाहन्छु,’ उनले भने ।
देउवाले बुढापाकाहरुलाई अर्ति दिनुभन्दा बुढापाकाबाट अर्ति लिन प्रवक्ता विश्वप्रकाश शर्मालाई सुझाए । ‘अर्ति भनेको बुढापाकाहरुबाट सिक्नुपर्छ क्या, त्यसकारण बुढापाकालाई अर्ति दिने होइन, अर्ति लिने गर्नुहोस्,’ देउवाले भने, ‘हाम्रो अर्ति सुनेर काम गर्नुहोला ।’
देउवाले महत र शर्मालाई नेतृत्वका लागि हतार नगर्न भन्दै आफ्नो पालो पर्खन सुझाए । ‘ हतार नगर्नुस्, गर्नुभयो भने बिग्रिन्छ । बीपीले हतार गर्नुभएन, किसुनजीले हतार गर्नुभएन पालो आउँछ । तपाईको पालो आइहाल्छ हतार नगर्नुस्,’ देउवाले भने ।
प्रधानमन्त्री देउवाले राजनेता सुवर्ण शमशेर जबराले पार्टीको लागि र प्रजातन्त्रको लागि दिएको योगदानलाई बिर्सन नसक्ने बताए ।





















