लालबाबुकी श्रीमतीले गरिन यती भावुक कुरा, यो कुरा सुन्दा कुन एमालेको मन नछोला ?

काठमाडौं –

चितवनमा जारी नेकपा एमालेको दर्शौ राष्ट्रिय महाधिवेशनमा टिममा पर्नेहरु त यसै मख्ख पर्ने नै भए नपर्नेहरुका भावुक किस्सका कम्तीका छैनन् ।


ओलीलाई अध्यक्ष बनाउँन र सर्वसम्मत नेतृत्व चयनका लागि दिलोज्यानले लाग्ने लालबाबु पण्डित देखि विशाल भट्टराई सम्मका लागि यो महाधिवेशविर्सन लायक बनेको छ ।

लालबाबुले केन्द्रिय सदस्य नै अस्विकार गरेर काठमाडौं फर्किएका छन् । भने भट्टराई अर्झ पनि खै सम्मान हो कि अ’प’मा’न के हो भनेर रन भुल्मै छन् ।


एमालेको दशौँ महाधिवेशन नजिकिँदै थियो त्यसै बेला उपाध्यक्ष भिम रावलले ओलीलाई चु’नौ’ति दिँदै अधयक्षमा उम्मेदावारी घोषणा गरेका थिए भने पण्डित ओलीको प्र’तिर’क्षामा उत्रिएका थिए । एमालेमा ओलीको विकल्पमा अध्यक्ष बन्ने लयाकत कसैको पनि छैन भनेर पण्डित हुँकार छोड्दै थिए ।


ओटिभी नेपाल डटकमले त्यस बखत एमाले महाधिवेशन विशेषमा नेता पण्डित सँग कुराकानी गरेको थियो जसमा उनले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गर्नेमा जनमानत जफत हुने ठोकुवागरेका थिए । पण्डितको उक्त अभिव्यक्ति लाखाँैले हेरको थियो । अहिले उनै पण्डित चितवनबाट चित्त दु’खाएर फर्कनु पर्ने अवस्था आएको छ ।


पण्डितले पदाधीकारीमा आकाक्षा राखेका थिए ओलिले केन्द्रिय सदस्यमा मात्रै नाम प्रस्ताव गरेपछि कुनै पनि कार्यकारी कमिटिको जिम्मेवारी नलिने घोषणा गरेर उनी काठमाडौं फर्किएका छन् । उनले आफ्नो दावेदारी उपाध्यक्षमा देखाएका थिए यद्यपी सहमति हुँदा पदाधिकारीमा जुनसुकै पदमा रहन तयार थिए तर ओलीले दिएनन् ।


लालबाबु चित्त दु’खा’एर चितवनबट फर्किए पछि उनकी श्रीमति विमला महतले पनि निकै चित्त दु’खा’एकी छिन् । लामो समय माधव नेपाल निकट भएर काम गरेका पण्डितले माधव नेपालले एमाले विभाजन गर्नु भन्दा पहिल्यै देखी उनको साथ छोडेर ओलीलाई चट्टानी साथ दिँदै आएका थिए ।


इमान्दार मान्छेलाई पार्टीमा ठाउँ दिँदा रहेछन् “लालबाबु पत्नि विमलाले भनिन्, अब उहाँ साधारण सदस्य भएर देश र जनताको काम गर्नुहुन्छ” विमलाका अनुसार पार्टीको नवौँ महाधिवेशनमा उपाध्यक्ष ल’डे पनि पण्डितले १० औँ महाधिवेशनमा चुनाव भए उपाध्यक्षमा ल’ड्ने सहमतिमा भए सचिवमा बस्ने तयारी गरेका थिए ।


तर सदस्यमा बस भनेपछि पण्डितले महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिई काठमाडौं आएको उनले बताइन् । “उहाँ अरुले जस्तो प्रतिवाद गर्नुहुन्न, काठमाडौंमा घर र कार छैन” उनले भनिन्, बस र टयाम्पो चढेर उभिने मान्छे देख्नु नपरोस भन्ने ओलिलाई लागेको होला, होस लागोस ।”


विमलालाई आफुहरुसँग धन दौलत प्रसस्त भएको काठमाडौंमा घर गाडी भएको भए एमालेको पदाधीकारीमा श्रीमान पर्ने थिए भन्ने लागेको रहेछ । पण्डित अहिले पनि कोटेश्वरमा अर्कैको घरमा डेरा बस्छन् पाए कसैको लिफ्टमा यात्रा गर्छन् नभए उही टयाम्पो जिन्दावाद छँदैछ ।

यो पनि : नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित भएका भीम रावल र उपाध्यक्षमा पराजित भएका घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन्। 

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले मतपरिणाम घोषणा गर्दै उनीहरु केन्द्रीय सदस्यमा विजयी भएको घोषणा गरे । 

आयोगका अध्यक्ष सुब्बाले रावलले आफूलाई केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहेको बताएको जानकारी गराएका छन् । उनले यसअघि नै अध्यक्षमा पराजित भए कुनै पनि कमिटीमा बनस्ने बताएका थिए । 

पुरानै प्रचलन अनुसार पदाधिकारीमा उम्मेदवारी दिएकाको केन्द्रीय सदस्यमा पनि स्वतः उम्मेदवार हुने भएकाले त्यसो गरिएको अध्यक्ष सुब्बाले बताए। 

एमालेको १० औं महाधिवेशन आउँदो चुनावमा धेरै जनादेश सहित राज्यको नेतृत्वदायी पार्टीको रुपमा स्थापीत हुने उद्घोष गरेको छ । मंगलबार सम्पन्न १० औं महाधिवेशनले प्रस्ताव पारित गर्दै यस्तो उद्घोष गरेको हो ।

महाधिवेशनले अहिले राज्यका तीनवटै अंगले नागरिक विश्वास गुमाउँदै गएको ठहर गरेको छ । तीनवटा अंगबीच विश्वास गुम्दै गएको उल्लेख गरेको हो ।

महाधिवेशनले महाधिवेशनले एमालेले अघि सारेका योजना रोक्ने, राष्ट्रिय हित र स्वाभिमानमाथि आँच पुग्ने काम गर्न सरकारका ध्यानाकर्षण गराएको छ ।

महाधिवेशनले शान्ति प्रक्रियाका बाँकी काम पुरा गरेर पी’डि’तलाई न्याय र स’जा’य दिने दायित्वबाट सरकार आलटाल गरिरहेको उल्लेख गर्दै अबिलम्ब पुरिपुरण गर्न माग गरेको छ ।

नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावलले केन्द्रीय सदस्यमा ९०४ मत प्राप्त गरेका । उनले विजेता केन्द्रीय सदस्यहरुले प्राप्त गरेको मतभन्दा निकै कम मत प्राप्त गरेका छन् ।

एमाले निर्वाचन कमिटीका संयोजक विजय सुब्बाले रावल निर्वाचित भएको जानकारी दिएका थिए । तर, उनको निकै कम मतका बाबजुद निर्वाचित भएको सुनाउँदा त्रुटी देखिएको छ । जबकि ९०५ मत ल्याउने टंक कार्की पराजित भएको उनले पछि बताए ।

सुरुमा टंक कार्की विजयी भनेका उनले उक्त स्थानमा सूर्य ढुंगेल निर्वाचित भएको सुनाए । रावलले अध्यक्षमा २२३ मत प्राप्त गरेका थिए । अध्यक्षमा विजयी केपी शर्मा ओलीले १८४० मत प्राप्त गरेका थिए ।

रावल केन्द्रीय सदस्यमा विजयी भएका थिए। तर, रावलले सपथ भने खाएनन् । उनले पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरिसकेका छन् ।

तर नेकपा एमालेको उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले केन्द्रीय सदस्य पदको शपथ लिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराउँदा भुसालले पनि शपथ लिएका छन् ।

यो पनि : नेकपा एमालेका नेता भीम रावलले महाधिवेशनले विधान र जनताको बहुदलीय जनवाद (जबज)को दिशालाई सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

दशौं महाधिवेशनको बन्द सत्रपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता रावलले महाधिवेशन व्यवस्थित नभएको र दिउँसो हुनुपर्ने सम्पूर्ण कामहरु राति भएको भन्दै असन्तुष्टि प्रकट गर्नुभयो ।

नेता रावलले आफू केन्द्रीय कमिटी सदस्य नरहेको उल्लेख गर्दै सपथ नलिनुको कारण खुलाउनुभयो । साथै उहाँले पार्टीमा अबको भूमिकाको विषयमा पछि सोच्ने बताउनुभयो ।

पार्टीमा भूमिकाको विषयमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘भर्खर त महाधिवेशन सकियो, सोचौंला नि भोलिदेखि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...