अन्तर्राष्ट्रिय विमानस्थलबाट एकै दिन २१ किलो सुन ब राम द, को-को परे प क्रा उ ?

काठमाडौं –

विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको सुन विमानस्थलमा भन्सारका कर्मचारीले ब राम द गरेका छन् । सोमबार खाडी मुलुकबाट फर्किनेहरूले बालाको स्वरूप बनाएर ल्याएका २१ किलो सुन भन्सार कर्मचारीले बरामद गरेका हुन् ।

काँचो सुनलाई बाला आकारमा बनाएर ल्याएको हुनाले ४ सय १५ जनाको साथबाट २१ किलो सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए ।

उनले भने–‘काँचो सुन ल्याएको हुनाले महसुल तिराएर मात्र सुन फिर्ता दिएका छौँ, १ सय ९५ जनाले राजस्व तिरेर आफ्नो सुन लानुभएको छ ।’

यसअघि बाला आकारको सुन भन्सार छुटमा ल्याउन दिए पनि अहिले विमानस्थल भन्सार कार्यालयले भन्सार महसुल लिन थालेको छ ।

विदेशबाट फर्किनेहरूलाई सुन तस्करहरूले भरियाको रूपमा प्रयोग गरेर काँचो सुनलाई बङ्ग्याएर बाला आकारमा पठाएर विमानस्थलमा सङ्कलन गर्दै आएका थिए ।

५० ग्रामको बाला पठाउँदा विदेशबाट फर्किने कामदारहरूलाई तस्करले ५ हजार दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

‘धेरै यात्रुले अरूको सुन बोकेर आउँदा रहेछन् त्यो नल्याउनुस् भनेका छौँ’ प्रमुख भन्सार प्रशासक भट्टराई भन्छन्–‘सुनको तार काटेर गोलो बनाएर काँचो सुन ल्याउन पाइदैन् ।’

विमानस्थल भन्सार कार्यालयले नेपाली स्वरूपमा बनाएको गहना ल्याउन भने रोक लगाएको छैन । ५० ग्रामसम्मको गहनामा भन्सार शुल्क लाग्दैन । ५० ग्रामभन्दा माथि थप २ सय ग्रामसम्म भन्सार महसुल तिरेर  गहना ल्याउन पाइन्छ । 

यस्तै, प्रहरीले र क्त च न्दनको ३३ लिटर तेलसहित १० जनालाई प क्रा उ गरेको छ । महानगरीय अ प रा ध महाशाखाको टोलीले काठमाडौंको तिलगंगाबाट उनीहरूलाई प क्रा उ गरेको हो ।

प क्रा उ पर्नेहरुमा काठमाडौं बानियाटार बस्ने सिन्धुली हरिहरपुर गाउँपालिका-४ घर भएका ५० वर्षीय हेम कुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका-१ घर भएका

नवीन भन्ने ३९ वर्षीय मंगल सिंह लो, टोखा ३७ वर्षीय ईक्रम श्रेष्ठ, भक्तपुर दुवाकोट बस्ने बनेपा नगरपालिका-४ घर भएका ३१ वर्षीय कार्साङ्ग लामा रहेका छन ।

यस्तै प क्रा उ पर्नेहरु अन्यमा महाराजगंज बस्ने खोटाङ हलेसी नगरपालिका-६ घर भएका २३ वर्षीय घनश्याम आले मगर, ८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, चावहिल बस्ने खोटाङ हलेसी नगरपालिका-९ घर भएका

२० वर्षीय जीवन थापा, सामाखुसी बस्ने तनँहु भानू नगरपालिका-६ घर भएका २५ वर्षीय सुदिप थडराई, छाउनी घर भएका ५३ वर्षीय अनिल चरण श्रेष्ठ र सोही ठाउँ घर भएका ५१ वर्षीय अनुप कुमार श्रेष्ठ रहेका छन् ।

तस्करबाट संकलन गरिएको उक्त तेल प्रतिलिटर ५ लाख रुपैयाँका दरले बिक्री गर्न लागिएको प्रहरीले बताएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

रक्तचन्दन र यसबाट बनेका सामग्रीको ओसारपसार नेपालमा प्रतिबन्धित छ । पछिल्लो समय रक्तचन्दनको काठ नियन्त्रणमा प्रहरीको सक्रियता बढेपछि तस्करले यसबाट बनेका अन्य सामग्रीको कारोबार बढाएका छन् ।

महाशाखाले पक्राउ परेका १० जना वि रु द्ध अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ । यस्तै चिनियाँ नागरिक लिउ यू १८ असारमा ठमेलमा एक नाबालिकालाई जबर ज स्ती क र णी गरेको अभियोगमा प क्रा उ परे ।

का नू नी झ मे लामा कहिल्यै नपरेकी श्रीमती नेपाली नागरिक कमला भुसाल आत्तिँदै विभिन्न व्यक्तिसँग हारगुहार गर्न थालिन् । कतै पैसा दिएर छुटाउन सकिन्छ कि भनेर कुरा गरिरहँदा काभ्रेकी रविना थापाले छुटाउन सकिने आश्वसन दिइन् । ठमेलमै भेट भएर चिनजान भएकी उनले मञ्जु ओलीसँग पनि भेटाइन् ।

‘उनीहरुले आफ्ना मान्छे वकिल छन्, उनले न्यायाधीश चिनेकाले सेटिङ मिलाइदिन्छु भनेका रहेछन्’ महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरका प्रमुख चन्द्रकुवेर खापुङ भन्छन्, ‘श्रीमानलाई धरौटीमा छुटाइदिन्छु तर सेटिङका लागि पैसा लाग्ने भनिएको रहेछ ।’

ओलीको प्रस्ताव अनुसार भुसालले २० लाख रुपैयाँ पनि दिइन् । तर श्रीमान् छुटेनन् । ‘उनी छुट्ने अवस्थामा पनि थिएन, नछुटेपछि उनीहरुले नाम लिएको

वकिलसँग पीडित बुझ्न गइछन्’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) खापुङ भन्छन्, ‘तर ती वकिलले भेटेको भए पनि पैसाबारे केही कुरै नभएको जवाफ दिएछन् ।’ वकिललाई भेटेपछि बल्ल भुसालले आफू ठगिएको थाहा पाइन् ।

अनि, प्रहरीको शरणमा पुगिन् । त्यसपछि प्रहरीले पीडितकै सहयोगमा थापालाई प क्रा उ गरेको हो । ओली चाहिँ फरार छिन् । उनी वि रु द्ध ठ गी सम्बन्धी कसूरमा म्याद थप भएर काठमाडौं प्रहरी परिसर, टेकुबाट विस्तृत अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...