काठमाडौं –
आगामी डिसेम्बेर १ देखि मान्यता प्राप्त खोपका दुवै मात्रा लगाएका भिसा वाहक, दक्ष कामदार तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि खुलेको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमामा पुनः कडाइ हुने भएको छ ।
अष्ट्रेलिया भित्रिएका तीन यात्रुमा ओमिक्रोन भेरिएन्ट प्रमाणित भएपछि आगामी दिनमा अष्ट्रेलियाले केही क डा इ गर्न लागेको हो । को रो नाको नयाँ भेरियन्ट ओमिक्रोन बारे थप जानकारी लिनुपर्ने भन्दै अस्ट्रेलियाले दुई साता सीमानाका ब न्द गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री स्कट मरिसनले केहीदिन अघि यही बुधबारदेखि विदेशी विद्यार्थी सहित दक्ष कामदारलाई अस्ट्रेलिया भित्र्न दिने निर्णय गरेका थिए ।सरकारले अफ्रिकी मुलकबाट भित्रिएको ओमिक्रोन भेरियन्टका बारेमा थप जानकारी लिनका लागि यो निर्णय लिइएको जनाएको छ ।
सरकारको यो निर्णयसँगै यही बुधबारदेखि अस्ट्रेलिया आउनका लागि तयारी अवस्थामा बसेका सयौं नेपाली विद्यार्थी समेत प्रत्यक्ष प्रभावित बनेका छन् ।
डिसेम्बर १ तारिखदेखि सीमा खोल्ने निर्णय भएसँगै टिकट काटेर बसेका विद्यार्थीले अहिलेको सरकारको निर्णय अनुसार कम्तिमा पनि डिसेम्बर १५ तारिखसम्म अस्ट्रेलिया प्रवेश पाउने छैनन् ।
सरकारको यो निर्णय अन्तर्राष्ट्रिय विद्यार्थी लगायतका विदेशी नागरिकलाई लागू भएपनि अस्ट्रेलियाली नागरिक, स्थायी बासिन्दा, उनीहरुका नजिकका नातेदार लगायतलाई भने लागू नहुने समाचारमा जनाइएको छ ।
अस्ट्रेलियाले आफ्नो योग्य जनसंख्याको ८५ प्रतिशतभन्दा धेरैले दोहोरो खोप लगाएपछि बुधबारदेखि विभिन्न २८ किसिमका अस्ट्रेलियाली भिसा भएका र मान्यता प्राप्त दोस्रो खोप लगाइसकेका विदेशीलाई अस्ट्रेलिया आउन दिने निर्णय गरेको थियो ।
जसमा विद्यार्थीका साथै दक्ष कामदार, शरणार्थी, वर्किङ होलिडे लगायतका थिए । तर, सोमबार बसेको राष्ट्रिय सुरक्षा कमिटीको बैठकले यो निर्णयलाई तत्कालका लागि रोक्ने निर्णय गरेको हो ।
यस समय भित्रमा नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा जानकारी लिनुका साथै खोपको प्रभावकारीता, यस भाइरबाट हुनसक्ने प्रभाव र संक्र मणको दर लगायतका बारेमा अध्ययन गरिने उल्लेख गरिएको छ ।
अस्ट्रेलियामा रहेका नेपाली व्यवसायीले नेपालबाट आउनका लागि टिकट लिइसकेका विद्यार्थीलाई सरकारको आदेशको पालना गर्न सुझाव दिएका छन् ।
उनीहरुले नेपालबाट अस्ट्रेलिया आउनका लागि सयौं विद्यार्थीले टिकट लिइसकेको भएपनि यहाँस्थित सरकारको निर्णय र नेपालमा रहेको अस्ट्रेलियाली दूतावासको सूचनालाई आधिकारिक मानेर निर्णय गर्न समेत सुझाएका छन् ।
सिड्नीका व्यवसायी अर्जुन थपलियाले अस्ट्रेलिया आउनका लागि हत्तारिनु भन्दा पनि सरकारको निर्णय र सर्तलाई पालना गरेर अस्ट्रेलिया आउन आग्रह गरे ।
‘हो धेरै विद्यार्थीले टिकट लिइसक्नुभएको छ तरपनि अहिलेको परिस्थितीमा कम्तिमा पनि दुई साता अस्ट्रेलिया आउन सम्भव छैन भन्ने बुझ्न आवश्यक छ, ’ उनले भने ।