अर्थमन्त्री शर्माको अर्को चमत्कार : प्रचण्ड कै क्षेत्रमा पुगेर गरे कसैले नसोचेको काम, सबै चकित !

चितवन –

अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले ई र्ष्या गर्न लायक विकास भएको बताउनुभएको छ ।

चितवनमा आज साेमवार आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले स्वास्थ्य सेवा शैक्षिक विकास, सामाजिक सेवा, कृषि क्षेत्र, युवा परिचालन,

ठूला पूर्वाधार लगायतको क्षेत्रमा भएको विकास देखेर आफूलाई समेत ईर्ष्या जागेको बताउनुभयो । यो ई’र्ष्या भनेको सकारात्मक ई’र्ष्या हो, देशभर सबैले सिक्न लायक विकास हो उहाँले भन्नुभयाे, ‘यहाँको विकासले मेची र महाकालीलाई उत्प्रेरित गर्न खोजेको छ ।

मन्त्री शर्माले नारायणी तटबन्ध, नारायणी करिडोर, भरतपुर विमानस्थलको स्तरोन्नति, राष्ट्रिय निकुञ्ज पुग्ने सडकसहित पूर्वाधार विकासका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै भरतपुरमा निर्माणाधीन रङ्गशालाको निर्माण कार्यलाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले सरकारले पहिलो पटक गरिब र विपन्नका लागि जनमुखी कार्यक्रम ल्याएको बताएका छन् ।

पाँच लाख परिवारलाई १० हजारका दरले आर्थिक राहत वितरण, दीर्घ रोगीलाई मासिक पाँच हजार उपचार खर्च, घा’इ’ते अ’पा’ङ्ग’ता भएका व्यक्तिलाई उपचार खर्च दिनेजस्ता कार्यक्रम सोही अनुसार बजेटमा राखेको उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीले आयोजना गरेको सभालाई आइतबार सम्बोधन गर्दै उनले गरिबी र अभाव अन्त्य गरेर मात्र संविधानले परिकल्पना गरेको समाजवादमा जान सकिने बताए ।

सो अवसरमा उनले राजनैतिक आन्दोलनका शहीद परिवारलाई मासिक तीन हजारका दरले जीवनवृत्ति प्रदान गर्न लागिएको, हरेक पालिकामा कम्तिमा ५०० युवालाई स्वरोजगार

बनाउने कार्यक्रम ल्याइएको, कृषि बिमाको प्रिमियम अनुदान ८० प्रतिशत पुर्‍याइएकोजस्ता कार्यक्रमको चर्चा गरेका थिए । यी कार्यक्रमलाई उनले जनमुखी कार्यक्रमको संज्ञा दिए ।

‘गरिबहरूको जीवनस्तर माथि नउकासेसम्म समाजवादमा जान सम्भव छैन,’ उनले भने, ‘समग्र विकास र सम्पन्नताको जगमामात्र समाजवाद खडा हुनसक्छ ।’

मुलुकको समग्र विकास र गुणस्तरीय विकास सरकारको लक्ष्य रहेको भन्दै उनले गठबन्धन सरकार त्यसतर्फ केन्द्रित रहेको बताए ।

यस्तै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बैंक ब्याजदर एकल अंकमा राख्न नियामक निकाय नेपाल राष्ट्र बैंकलाई भनेको र लागू नभए परिणाम ग म्भी र हुने चे ता व नी दिएका छन् ।

नेपाल फूटवेयर्स म्यानुफ्याक्चरर्स एशोसिएशनको २० औं साधारणसभालाई सम्बोधन क्रममा अर्थमन्त्रीले बैंक ब्याजदर सीमाबारे धारणा राखेका हुन् । 

‘को भि डको मा रमा परेको अर्थतन्त्रमा दोहोरो अंकको ब्याजदर सान्दर्भिक छैन, बैंक मात्रै नभइ सहकारीले पनि ब्याजदर घटाउनुपर्छ,’ अर्थमन्त्री शर्माले भने, ‘दोहोरो अंकको ब्याजदरका कारण उद्योगधन्दा र व्यवसायमै अ प्ठ्या रो स्थिति निम्तिएको छ ।’

सरकारले स्थापना गरेका उद्योग ध रा सा यी भइ ब न्द भइरहँदा निजी क्षेत्रबाट स्थापना गरिएका उद्योगले योगदान गरेको बताउँदै अर्थमन्त्री शर्माले राष्ट्रिय उत्पादन बढाउन सरकारले सहयोग गर्ने उल्लेख गरे ।

उत्पादनमूलक उद्योगधन्दाका लागि सरकारले सहयोग गर्दा केही पक्षबाट आलोचना र विरोध भएपनि आफूले त्यसको सामना गर्ने पनि अर्थमन्त्रीले बताए । 

‘सरकारले जनताकै नीति बनाउने र सहजीकरण गर्ने हो, राष्ट्रिय उत्पादन बढाउन सहयोग हुन्छ, अहिले केही प्रयास गरिएको छ,’ शर्माले थपे, ‘मैले स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न जोड दिएको छु, देशभित्रकै उद्योगले आवश्यकता परिपूर्ति गर्ने र आत्मनिर्भर हुन योगदान दिएको अवस्थामा विदेशबाट सामान आयात गर्दा करको दर बढाइन्छ ।’

सरकारी निकायहरूमा नेपालमै उत्पादित जुत्ता लगाउने नीति बनाउने आश्वासन पनि अर्थमन्त्रीले जुत्ता उत्पादकहरूलाई दिए । यसका निम्ति उत्पादकहरुले पनि नागरिकको आवश्यकता र मागअनुसारका उत्पादन उपलब्ध गराउनुपर्ने उनले बताए । 

सुरुवाती व्यवसाय (स्टार्टअप बिजनेस) लाई सहुलियत दिने कार्यविधि राज्यले बनाइसकेको र देशलाई आत्मनिर्भर बनाउनेतर्फ अघि बढेका उद्योगहरूलाई राज्यले थप सुविधा दिने पनि अर्थमन्त्रीले आश्वासन दिएका छन् ।

अहिले बैंकहरूले अधिकांश कर्जा गाडी र जग्गा किन्नेहरूलाई दिएकाले यो प्रवृत्ति फेरिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री शर्माले उत्पादनमूलक उद्योगका लागि कर्जामा थ्रेसहोल्ड बढाउन खोजेको बताए । 

बन्द भएका सबै सरकारी उद्योग खोल्ने तयारीमा आफू लागिपरेको मन्त्री अर्थमन्त्री शर्माले जानकारी दिएका छन् । यसो गर्दा स्वदेशी उत्पादन बढ्ने र राज्यलाई पनि कर प्राप्त हुने उनको भनाइ छ । बन्द उद्योग खोल्न कार्यविधि बनाइरहेको उनले खुलासा गरे । 

विदेशमा रहेका नेपाली श्रमिकका लागि सञ्चयकोष व्यवस्था गर्ने योजनामा सरकार लागेको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई

सामाजिक सुरक्षामा समेट्न सके विप्रेषण पनि वैधानिक बाटोबाटै आउनसक्छ, सरकारले केही रकम राखिदिने र श्रमिकले केही रकम योगदान गर्नेगरी सञ्चयकोष व्यवस्था मिलाउन लागिपरेको छु ।’

एशोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण फुयाँलले हाल नेपालीले प्रतिवर्ष ३.१२ जोर जुत्ता चप्पल खपत गर्ने गरेको र नेपाली जुत्ताचप्पल उद्योगीसँग वार्षिक १६ करोड जोर उत्पादन गर्ने क्षमता रहेको दाबी गरे ।

नौ करोड जोर जुत्ता भए नेपालीलाई पुग्ने हुनाले सरकारले सहयोग गरे जुत्ताचप्पल आयात प्रतिस्थापन गर्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...