अफ्रिकी मुलुकका लागि सरकारले चाले यस्तो कडा कदम, दक्षिण अफ्रिका नि रा श

काठमाडौं  सरकारले अफ्रिकी मुलुकका नागरिकहरुलाई आगमन प्रवेशज्ञा (अनअराइभल भिसा) दिन रोक लगाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अध्यागम विभागलाई अफ्रिकी मुलुकका यात्रीहरुलाई अनअराइभल भीसा नदिन निर्देशन दिएको बताए ।

‘अफ्रिकी मुलुकका यात्रीहरुलाई अनअराइभल भिसा नदिन अध्यागमन विभागलाई निर्देशन दिएका छौं,’ उनले भने । मन्त्रालयले कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि अनअराइभल भीसा नदिन निर्देशन दिएको हो ।

को रो ना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेसँगै नेपालले सजगता अपनाएको छ । हिजोमात्र विश्व स्वास्थ्य संगठनले नेपाल को रो नाको उच्च जोखिममा रहेको भन्दै ओमिक्रोन फैलिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।  

यस्तै दक्षिण अफ्रिकाका राष्ट्रपतिले को रो ना भा इ र सको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि आफ्नो र छिमेकी देशमाथि लगाइएको यात्रा प्र ति ब न्धको वि रो ध गरेका छन् ।

सिरिल रामाफोसाले आफू यो का र वा हीका कारण असाध्यै निराश भएको बताएका छन् । उनले यसलाई अनुचित बताउँदै प्र ति ब न्ध तत्काल हटाउन माग गरेका छन् ।

ब्रिटेन, युरोपेली युनियन र अमेरिका ती देशमा समावेश छन् जसले दक्षिण अफ्रिका सहित केही अन्य अफ्रिकी देशमाथि यात्रा प्र ति ब न्ध लगाएका छन् ।

दक्षिण अफ्रिकामा भेटिएको को रो नाको नयाँ भेरियन्ट ओमिक्रोनलाई ‘चि न्ताको कारण’ मानिएको छ । प्रारम्भिक प्रमाणका आधारमा यसको म्युटेशन असाध्यै तीब्र हुने र पुनः संक्रमित हुने ख त रा असाध्यै धेरै भएको बताइँदैछ ।

यसै महिनाको सुरुवातमा दक्षिण अफ्रिकामा यो भेरियन्टबारे पत्ता लागेको थियो र त्यसपछि बुधबारलाई विश्व स्वास्थ्य संगठनलाई यसको जानकारी दिइयो ।

पछिल्लो दुई हप्तामा दक्षिण अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको प्रान्ट गोटेङ्गमा यसको धेरैजसो सं क्र मि त भेटिएका थिए तर अब यो पूरा देशमा फैलिसकेको छ ।

डब्ल्यूएचओले हतारमा यात्रा प्र ति ब न्ध लगाउने देशलाई चे ता व नी दिँदै भनेको छ, ‘उनीहरुले जोखिम आधारित र वैज्ञानिक दृष्टिकोणको नीतिबारे सोच्नुपर्छ । जबकी हालका दिनमा नयाँ भेरियन्टमाथि चि न्ताबीच थुप्रै देशबाट दक्षिण अफ्रिकामा यात्रा प्र ति ब न्ध लगाइएको छ ।’

रामाफोसाले आइतबार आफ्नो भाषणमा भनेका छन्, ‘यात्रा प्र ति ब न्धको कुनै वैज्ञानिक आधार छैन र दक्षिण अफ्रिका अनुचित भे द भा वको शिकार भएको छ । प्र ति ब न्धले भेरियन्टको फैलावटमा रोक लगाउन खासै प्रभावकारी हुनेछैन ।’

उनले थपे, ‘यात्रा प्र ति ब न्धले प्रभावित देशको अर्थव्यवस्थालाई थप हानी पुर्याउनेछ र म हा मा रीलाई जवाफ दिन र त्यसबाट बाहिरिने हाम्रो क्षमतालाई कम गर्नेछ ।’

यस्तै को रो ना भा इ र सको ओमिक्रोन भेरिएन्टले विश्वलाई नै चि न्ति त बनाएको छ । फ्रान्समा ओमिक्रोनका ८ जना शं का स्प द बि रा मी भेटिएका छन् ।

क्यानडामा नाइजेरियाबाट फर्किएका २ जनामा ओमिक्रोन भेरिएन्टको पुष्टि भएको छ । बढ्दो केसहरुलाई दृष्टिगत गर्दै कैयौं देशहरुले परीक्षण र आइसोलेसन तीब्र पार्न आदेश दिएका छन् ।

बेलायत, श्रीलंका, माल्दिभ्स समेत कैयौं देशहरुले अफ्रिकी देशहरुमा यात्रा प्र ति ब नध लगाएका छन् । अमेरिकाले पनि अफ्रिकी देशहरुमा पूर्ण रुपमा यात्रा प्र ति बन ध लगाउने तयारीमा छ । जापानले भने ओमिक्रोन भेरिएन्टलाई दृष्टिगत गर्दै सबै विदेशीहरुलाई आफ्नो देश प्रवेशमा प्र ति ब न्ध लगाएको छ ।

‘हामीले देशमा केसहरुको अवस्था खराब हुन नपाओस् भनेर आकस्मिक पूर्वसावधानीको रुपमा यस्तो कदम चाल्दैछौं’ जापानका प्रधानमन्त्री फुमियो किशिडाले भने ।

उनले यो प्र ति ब न्ध मंगलबारबाट लागू हुने बताए । जापानले यही महिनाको सुरुमा छोटो समयका लागि व्यवसायिक भ्रमणका आउनेहरु, विदेशी विद्यार्थी र कामदारलाई प्रवेश खुला गरेकोमा एक महिना नपुग्दै फेरि रोक लगाएको हो ।

प्रधानमन्त्री किशिडाले नयाँ ओमिक्रोन भेरिएन्टको बारेमा विस्तृत जानकारी नआउँदासम्म जनतालाई मास्क लगाउने र अन्य भा इ र स प्रतिरोधी सावधानीहरु जारी राख्न आग्रह गरेका छन् । अन्य देशहरुले पनि पछिल्ला केही दिनमा सीमामा कडाइ गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...