महाधिवेशन स्थलबाटै कोमल वलीले यस्तो भनेपछि, नेता कार्यकर्ता बने एकाएक चकित

काठमाडौं –

चितवनमा जारी एमाले महाधिवेशनको बन्दसत्रमा रहेकी एमाले नेता कोमल वलीले आफूप्रति ष ड य न्त्र भएको बताएकी छन् । कसले उनीमाथि ष ड्य न्त्र गर्यो भन्नेबारे खुलाएकी छैनन् ।

ओलीले आफू अध्यक्ष केपी शर्मा ओलीप्रति प्रतिबद्ध हुँदाहुँदै पनि हिँड्दा हिँड्दै पर्चा दिएर ष ड य न्त्रपूर्वक तरिकारले तस्बिर खिचिएको बताएकी छन् ।

तर पर्चा कसले दियो र तस्बिर कसले खिच्यो, खुलाएकी छैनन् । उनले ओलीलाई टक्कर दिँदै पर्चा बाँडेर अध्यक्षमा मत मागिरहेका भीम रावलकै कुरा गरेकी हुन् भन्ने अड्कल भने काट्न सकिन्छ ।

‘हिँड्दाहिँड्दै पर्चा दिएर ष ड य न्त्रपूर्ण तरिकाले तस्बिर खिचेर मेरो विश्वास र आस्थामाथि खेल्न खोजेकोमा खेद व्यक्त गर्दछु’, कोमल वलीले आइतबार राति

सामाजिक सञ्जालमा लेखेकी छने्, ‘मेरो आस्था र विश्वासका केन्द्र श्रद्धेय अध्यक्ष केपी ओलीज्यूप्रतिको अभेद्य दृढत्वलाई कुनै कुराले तोड्न सक्दैन, फोहोरी खेल नखेल्न अनुरोध ।’

यो पनि : महाधिवेशन प्रतिनिधिलाई आफ्नो विवेक प्रयोग गर्न नदिइ सर्वसम्मतिको नाममा पदाधिकारीसहित आफू अनुकुलको केन्द्रीय कमिटी घोषणा गरे पनि अध्यक्ष केपी शर्मा ओलीले अन्तत: प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । 

ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि भीम रावलले त्यसमा असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिने भएपछि एमाले महाधिवेशनमा अध्यक्ष पदमा पनि निर्वाचन हुने स्थिति आएको हो ।

अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा ध’क्का लागेको हो ।

सोमबार बिहान मनोनयन दर्ताको कार्यक्रम छ । त्यहाँ अध्यक्षमा रावलले उम्मेद्वारी हाल्दैछन् । आइतबार मध्यरात नै उनले फारम लगेर भरिसकेका छन् ।

अब अध्यक्ष ओलीले प्रस्ताव गरेको पदमा संख्या भन्दा बढी उम्मेदवार परे ती पदहरूमा चुनाव हुन्छ । नेता घनश्याम भुसाल पनि सहमतिको प्रस्तावमा समेटिएका छैनन् ।

त्यसैले उनले पनि उपाध्यक्षमा उम्मेदवारी दिने सम्भावना छ । उनले उम्मेदवारी दिए उपाध्यक्ष पदमा पनि निर्वाचन हुन्छ । केन्द्रीय सदस्यहरूमा पनि धेरै आकांक्षीको नाम छुटेको छ । त्यसैले ती पदमा पनि निर्वाचन हुने सम्भावना छ ।

नेता सुवासचन्द्र नेम्बाङका अनुसार आवश्यक संख्या भन्दा बढी भएका पदमा निर्वाचन हुन्छ । ‘क्लष्टर भन्दा बढी उम्मेदवारी पर्‍यो भने चुनाव हुन्छ’ उनले भने ।

यस्तै सौराहमा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए ।

मध्यरातमा सुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका थिए । उनले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव समेत गरेका थिए । तर रावलले उनको प्रस्तावलाई अस्वीकार गरे ।

बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले एकताका लागि आफूले धेरै प्रयास गरेको बताए । असहमति र असन्तुष्टि हुनु स्वभाविक भएपनि बाहिर लैजान राम्रो नभएको भन्दै उनले भने, ‘मैले धेरै पटक भीम रावललाई उपाध्यक्षको उम्मेदवार बन्न आग्रह गरेँ, तर सम्झाउन सकिएन ।’

महाधिवेशन प्रतिनिधिहरुले ताली बजाए । लगतै ओलीले अघि भने, ‘सिंगै हलले भनेको भन्दा बहिर नजान भीम रावललाई आग्रह गर्दछु ।’

तर रावलले लामो बहस गर्न चाहेनन् र अध्यक्षको उम्मेदवार हुने बताए । ‘रात गएर विहान भयो कमरेडहरु सुत्न पाउनु भएको छैन,’ उनले भने, ‘लामो बोल्दिनँ । मलाई फर्किन गाह्रो हुन्छ, अध्यक्षमा उम्मेदवारी दिन्छु ।’

रावलले अडान नछडेपछि हलमा होहल्ला भयो । रावलविरु’द्ध नारा हुटिङ भयो । तर ओलीले शान्त रहन आग्रह गर्दै भने, भीम रावल उम्मेदवार हुन्छु नै भन्ने हो भने उठ्न दिनुपर्छ ।’

उनले सहमतिका लागि १९ पदाधिकारीको प्रस्ताव राखे र त्यसअनुसार नै उम्मेदवारी दर्ता गर्न नेताहरूलाई आग्रह गरेका छन् ।

एमालेको निर्वाचन अयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार सोमबार विहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

ओलीले सहमतिका लागि प्रस्ताव गरिएका र अरुले पनि यो अवधिमा उम्मेदवारी दर्ता गरेपछि निर्वाचनको बाँकी प्रक्रिया अघि बढ्ने समेत उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...