विकास निर्माणमा मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको यस्तो कडा चे ता व नी, सबै चकित !

काठमाडौं –

सरकारले मारुती सिमेन्ट प्रयोग गरे प्रयोग गर्न दिने निकायमाथि नै छा न बि न हुने स्पष्ट पारेको छ । गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट गुणस्तरहीन भन्दै बजारमा भएको पनि फिर्ता गर्न निर्देशन दिइसकेको छ ।

मारुती सिमेन्ट प्रयोग गर्नै नमिल्ने सरकारी अधिकारीले स्पष्ट पारेका हुन् । मारुती सिमेन्टले नेपाली बजारमा ४३ ग्रेडको गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

मारुती सिमेन्ट का र बा हीमा परेसँगै विकास निर्माणका काममा प्रयोग गरेको पाइए छानबिन गरी का र बा ही गर्ने भौतिक पूर्वाधार मन्त्रालय र सहरी विकास मन्त्रालयले जनाएको छ ।

सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले भने, ‘गुणस्तर तथा नापतौल विभागले गुुणस्तरहीन भनिसकेपछि यसकोे प्रयोग गर्नै मिल्दैन ।’

निर्माण कम्पनीहरूले र योजना कार्यान्वयन कार्यालय आफैँले पनि यो बुुझ्ने विषय भएकाले अबउप्रान्त प्रयोग नहुने उनले जानकारी दिए ।

विकास निर्माणको काम गर्दै आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय अन्तर्गतका निकायले अबउप्रान्त ४३ ग्रेडको मारुती सिमेन्ट प्रयोग गर्न ब न्दे ज लगाएका छन् ।

सहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले गुणस्तरही’न निर्माण सामग्री प्रयोग नगर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको जानकारी दिए ।

सडका विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई. शिवप्रसाद नेपालले भने, ‘पूर्वाधार तथा विकास निर्माणको काममा प्रयोग हुने सिमेन्ट लगायतका निर्माण सामग्रीको गुणस्तर चेक जाँच नगरीकन कुनै पनि सामग्री प्रयोग हुँदैन ।

त्यसमाथि गुुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन भनिसकेपछि त्यसको प्रयोग गर्नै पाइँदैन । कसैले अटेर गरी प्रयोग गरे छानबिन गरी का र बा ही गरिन्छ र निर्माण कम्पनी भए कालो सूचीमा पर्न जान्छ ।’ राजधानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...