समयमै काम नसकेपछि फिल्डमै खटेर कुलमान घिसिङले दिए यस्तो कडा निर्देशन, सबै चकित

काठमाडौँ –

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन तथा सबस्टेसनको काम छिटो सक्न निर्देशन दिएका छन् । 

रसुवा तथा नुवाकोटमा बन्ने आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका लागि यो प्रसारण लाइन महत्वपूर्ण रहेको भन्दै उनले आगामी साउनभित्र काम सक्न निर्देशन दिए ।

घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ लगायतको टोलीले निर्माणाधीन सबस्टेसन र प्रसारण लाइनको स्थलगत अनुगमन गरेको हो ।

टोलीले आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी कुनै पनि बहानामा निर्माण कार्यमा ढिलाइ नगर्न र कामदार थपेर तीब्रता दिन आग्रह गरेको छ ।

‘यसै प्रसारण लाइनमा जोडिने तीन वटा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन्, यो या त्यो बहाना बनाएर ढिलाइ गर्ने छुट कसैलाई छैन, त्यसैले निर्माणलाई तीव्रता दिनुहोस् हैन भने हामी नसक्ने भयौं भन्दै हात उठाएर हिँड्नुहोस्,’ घिसिङले भने ।

नगद प्रवाहको समस्या समाधान गर्न, साइटमा हुने अ’व’रो’ध हटाउन प्राधिकरणले सक्दो सहयोग गर्ने उनले आश्वासन दिए ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजनाको विद्युत् चिलिमे हबमा जोडिने छ ।

प्रसारण लाइन अभावमा आयोजनाको विद्युत् खेर जाने अवस्था आउन लागेपछि कार्यकारी निर्देशक घिसिङ सहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत अनुगमनमा गएको थियो ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको समग्र निर्माण ६० प्रतिशत सकिएको आयोजनाले दावी गरेको छ । आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमश: चिलिमे र त्रिशुली थ्रीबी हब सबस्टेसन निर्माण भइरहेको छ ।

साथै, चिलिमे–त्रिशूली थ्रीबी हब २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । दुबै सबस्टेसनमा सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको आयोजनाको दावी छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जीआइएस लगायतका महत्वपूर्ण उपकरणको उपलव्धता ६५ प्रतिशत भइसकेको छ ।

आयोजनाका अनुसार प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ । ६ वटा टावर खडा गरिएको छ ।

आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशुली थ्रीबी हबसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्ने छ ।

भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरको बनावट र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान,

पानी लगायत आवश्यक बस्तु खच्चड वा मान्छेबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, को’भि’ड–१९ लगायतका कारण आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ ।

आयोजनाको ठेकेदार चिनियाँ कम्पनी ‘पिङगाओ ग्रुप अफ कम्पनीज’ हो भने परामर्शदाता भारतको पावर ग्रिड हो ।

यस्तै नेपाल विद्युत प्राधिकरणले मुलुकको विद्युत माग र आपुर्ति व्यवस्थापनलाई सन्तुलन कायम गर्न ठुला जलाशययुक्त र अर्धनलाशययुक्त जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भएको छ ।


प्राधिकरणले ८ सय ३५ मेगावाटको दुधकोसी जलाशयुक्त र १ हजार ६१ मेगावाटको माथिल्लो अरुण तथा २ सय १० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरु एक साथ अगाडि बढाउन लागेको छ । तीन वटै आयोजनाहरु अहिले विस्तृत अध्ययनको अन्तिम चरणमा छन् ।


प्राधिकरणले कार्यकारी निर्देशक कुलमान घिसिङ तीन वटा जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङलाई अन्तिम रुप दिने, निर्माणका लागि ठेकेदार छनोटका टेन्डर छनोटका टेन्डर कागजात यार गर्ने, पहुँच सडक, जग्गा अधिग्रहण,वित्तिय व्यवस्थापनका लागि स्वदेशी वित्तिय संस्था तथा अन्तराष्ट्रिय दातृ निकायहरुसँगका छलफल लगायतलाई समानान्तर रुपमा अगाडि बढाइएको बताए ।


“दैनिक एवं मौसमी विद्युत माग र आपुर्तिको सन्तुलन कायम गर्न र मुल्क भित्र खपत हुन नसकेको विद्युत छिमेकी मुलुकमा निर्यातका लागि समेत जलाशययुक्त र अर्धजलाशययुक्त आयोजनलाई उच्च प्रथामिकतामा लागि निर्माण अगाडि बढाउनु लागिएको हो ।”

घिसिङले भने ,“एक बर्षभित्रमा निर्माण पुर्वका सम्पुर्ण कामहरु सकेर निर्माणमा लैजाने गरी तिव्रताका साथ काम गरिरहेको छौ । ”


अर्थ मन्त्रालय मार्फत एसीयाली विकास बैंक (एडीबी) को नेतृत्वमा दुधकोसीमा लगानीका लागि युरोपेली लगानी बैंक (इआबी) र कोरियाली एक्जिम बैंकसँग छलफल भइरहेको घिसिङले उल्लेख गरे ।


“सरकारले कार्यान्वयमा ल्याएको नेपालको पानी जनताको लगानी कार्यक्रम अन्तर्गत सर्वसाधराण नागरिकलाई समेत शेयर (आईपिओ) निश्कासन गरी रकम जोहो गर्ने छौं,यसबाट आयोजनाबाट प्राप्त हुने प्रतिफल नागरिक तहसम्म नै पुग्छ” उनले भने ।

नेपाको पानी जनताको लागानी कार्यक्रम मार्फत सर्वसाधारण नागरिकलाई पनि शेयर (आईपिओ) निष्कासन गरी माथिल्लो अरुण र चैनपुर सेतीमा लगानी जुटाइने छ ।


दुधकोसीको अनुमानित आधार लागत १ अर्ब ५३ करोड डलर (करिब १ खर्ब ७८ अर्ब रुपैयाँ) र निर्माण अवधिको ब्याज, करसहित सम्पुर्ण लागत करिब २ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । अध्ययन भएका जलाशययुक्त आयोजना मध्ये लागत र उर्जा उत्पादनका आधारमा दुधकोसी तुलनात्मक रुपमा सस्तो र आकर्षक मानिएको छ ।


खोटाङ, ओखलढ्ंगा र सोलुखुम्बुमा पर्ने आयोजनाबाट बार्षिक ३ अर्ब ४४ करोड युनिट उर्जामध्ये हिउँद र खर्बामा क्रमश १ र्अ ३६ करोड र २ अर्ब ८ करोड युनिट उर्जा उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाले पहुँच सडक निर्माण र बाँध निर्माणस्थल भन्दा माथि डुबान क्षेत्रमा पर्ने खोटाङ तर्फको करिब १३ हजार रोपनी जग्गा अधिग्रहणका लागि सार्वजानिक सुचना प्रकाशित गरिसकेको छ ।


ओखलढुंगा र सोलुखुम्बु तर्फको जग्गा अधिग्रहणको प्रक्रिया छिट्टै सुरु हुने छ । आयोजनाको निर्माणका लागि ७ बर्ष लाग्ने अनुमान गरिएको छ । उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर ४ सस केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्धजलाशयुक्त माथिल्ले अरुणलाई उच्च प्राथमिकतामा राखी “गेम चेन्जर” आयोजनाको रुपमा अगाडि बढाइने बताए ।

“जनताको जलविद्युत कार्यक्रम अन्तर्गत चार अंकको जडित क्षमता (१०६१ मेगावाट) र प्राधिकराण्ले निर्माण गर्न लागेको अहिले सम्मकै ठुलो यस आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको सेयर र विश्व बैंक,

युरोपेली लगानी बैंकको सुहलियतापुर्ण ऋण तथा कर्माचारी सञ्चय कोष, नागरिक लगानी कोष जस्ता स्वदेशी वित्तिय संस्थाको लगानी रहने मोडलमा वित्तिय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने छ । ” उनले भने । आयोजनामा संघिय,प्रदेश र स्थानीय सरकारको पनि लगानी रहने छ ।


विद्युत बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पुर्ण क्षमतामा चलाउन सकिने आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक करिब १ अर्ब २० करोड अमेरिकी डलर छ ।


कुल लागत मध्ये ३० प्रतिशत स्वुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणको योजना छ । आयोजनाबाट बार्षिक ४ अर्ब ५३ करोड युनिट उर्जा उत्पादन हुने छ ।

प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवा जलविद्यूत आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत कार्यक्रममा समावेश भएको आयोजना हो ।


बझाङमा पर्ने चैनपुर सेतीलाई सुदुरपश्चिम प्रदेशको गेम चेन्जर आयोजनाको रुपमा अगाडि बढाइने छ । जनताको जलविद्युत कार्यक्रममा अन्तर्गत निर्माण गरिने आयोजनामा संघिय, प्रदेश र स्थानीय सरकार,आयोजना प्रभावित ,मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहने छ ।


आयोजनालाई इन्जिनियरिङ ,खरिद र निर्माण (इपिसी) मोडलमा निर्माणका लागि टेन्डर कागजपत्र तयार,पहँच सडक निर्माण, जग्गा अधिग्रहण लगायतका काम भइरहेको छ । हिउँदमा ६ घण्टा पुर्ण क्षमतामा चल्न सक्ने आयोजनाबाट बार्षिक १ अर्ब १६ करोड युनिट उर्जा उत्पादन हुने छ । मेरो लगानीले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...