काठमाडौं –
भारत सरकारले शुक्रबार अमेरिकी अर्बपति व्यवसायी एलन मस्कको इन्टरनेट कम्पनी स्टारलिंकका सेवाहरुमाथि प्र ति ब न्ध लगाएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार केन्द्र सरकारले शुक्रबार बेलुकी एक बयान जारी गर्दै स्टारलिंकलाई नियमहरुको पालना गर्न निर्देशन दिइएको बताएको छ ।
बयानमा उल्लेख भए अनुसार स्टारलिंकलाई भारतका तत्काल लागू हुने गरी इन्टरनेट सेवाहरु बुक गर्ने र सेवा दिन रोक लगाइएको छ ।
स्टारलिंकले गएको १ नोभेम्बरमा भारतमा आफ्नो पंजीकरण गराएको थियो । त्यसपछि स्टारलिंकले आफ्ना विज्ञापनको प्रसारण एवं सेवाको बुकिङ सुरु गरेको थियो ।
स्टारलिंक एलन मस्कको कम्पनी स्पेसएक्सको एक विभाग हो जसले स्याटेलाइट इन्टरनेट उपलब्ध गराउँछ । तर, अहिलेसम्म यो कम्पनीले भारतमा व्यापार गर्नको लागि इजाजत पत्र पाएको छैन ।
यो पनि : भारतीय कम्युनिष्ट माक्र्सवादी पार्टीका नेता जोगेन्द्र शर्माले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई हिन्दू राष्ट्र र राजतन्त्रलाई पुनःस्थापना गराउन लागिपरेको बताएका छन् ।
शनिबार नेकपा (एमाले)को बन्द सत्रलाई सम्बोधन गर्दै नेता जोगेन्द्रले मोदी सरकारले नेपाललाई हिन्दू राष्ट्र र राजतन्त्रलाई पुनःस्थापना गराउन लागिपरेको बताएका हुन् ।
उनले भनेका छन्, ‘भारतको नरेन्द्र मोदी सरकार नेपालमा राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापना गराउन लागिपरेको छ । फाँ सी वा द आरआरएसको धर्मनिरपेक्षा र प्रजातन्त्रका लागि ख त राको रुपमा रहेको छ ।’
नेता जोगेन्द्रले सन् २०२५ सम्ममा मोदी सरकारले भारतलाई पनि हिन्दू राष्ट्र बनाउन खोजेको बताउँदै भने, ‘सन् २०२५ सम्म भारतलाई पनि हिन्दू राष्ट्र बनाउने लक्ष्य लिएको छ ।’
त्यस्तै नेता जोगेन्द्रदे मोदी नेतृत्वको सरकारले भारतमा मात्रै नभएर दक्षिण एसियाबाट कम्युनिष्ट आन्दोलन समाप्त पार्ने कोसिस गरिरहेको बताए ।
यो पनि : चीनले ता इ वा नलाई अनावश्यक महत्व नदिन र उसको स्वतन्त्रताबारे नबोल्न अमेरिकालाई चे ता व नी दिएको छ । लोकतन्त्रका लागि अमेरिकाले आयोजना गरेको शिखर सम्मेलनमा ता इ वा नलाई निम्तो दिएपछि चीनले सो चे ता व नी दिएको हो ।
अमेरिकी निम्तोको क डा शब्दमा वि रो ध गर्दै चीनका विदेश मन्त्रालयका प्रवत्ता झाओ लिजियानले अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध हुनु पर्ने सुझाव दिएका छन् ।
यही ९ र १० डिसेम्बरमा आयोजना हुने भर्चुअल सम्मेलनमा अमेरिकाले ता इ वा न सहित ११० देशलाई बोलाएको छ । तर, चीन, रुस, अ फ गा नि स्ता न लगायत केही देशलाई भने बोलाएको छैन् ।
ता इ वा नले अमेरिकी निम्तोको स्वागत गर्दै उसले वर्षौंदेखि प्रजातान्त्रिक मूल्य र मानव अधिकारको रक्षा गर्दै आएको जनाएको छ । चीनका दर्जनौं ल डा कु जहाज ता इ वा नको सुरक्षा क्षेत्र नजिक उडेपछि ता इ वा न र चीनबीचको त ना ब बढिरहेको छ ।
वि वा दमा अमेरिका पनि तानिएको छ । ता इ वा नको सुरक्षा क्षेत्रमा चीन गैरकानुनी ढंगले प्रवेश गरेको भन्दै अमेरिकाले त्यसको वि रो ध गर्दै आएको छ ।
चीनले ता इ वा नलाई हमला गरे त्यसको प्रतिकार गर्ने अमेरिकाले बताउँदै आएको छ । केही साताअघि अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमन्डलले ता इ वा नको भ्रमण गरेको थियो ।
भ्रमणको चीनले वि रो ध गरेको थियो । चीनले ता इ वा न लाई आफ्नो अभिन्न क्षेत्रको रुपमा व्यवहार गर्दै आएको छ । तर, ता इ वा नले आफूलाई सधै स्वतन्त्र र सार्वभौम मुलुक सम्झन्छ ।