उत्तर कोरियामा किमको रोजाइमा परेको लेदर कोट सर्वसाधारणले लगाउन नपाउने, यस्तो छ कारण !

एजेन्सि –

उत्तर कोरियाले सर्वसाधारणलाई लेदरको कोट लगाउन प्र ति ब न्ध लगाएको छ । उत्तर कोरियाका ता ना शा ह किम जोङ उनको मुख्य रोजाइ रहेकोले सर्वसाधारणलाई कोट लगाउन प्र ति ब न्ध लगाइएको हो । 

उन सबैभन्दा पहिला सन् २०१९ मा लेदर कोटमा देखिएका थिए । त्यसपछि सो कोट यति प्रख्यात भयो की उनको अनुशरण गर्दै त्यहाँका कुलीन वर्गले सो कोट लगाउन थाले । चिसो मौसम सुरू भएसँगै लामो लेदर कोट फेसन जस्तै भएको छ । 

तर, पछिल्ला समयमा प्रहरीले कोट बिक्रीमा प्र ति ब न्ध लगाएको छ । पसलेलाई कोट बिक्री नगर्न र अटेरी गरे जफत गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । 

‘उच्च मर्यादित व्यक्ति जस्तो देखिन लुगा लगाउनु भनेको व्यक्तिलाई चु नौ ती दिनु पनि हो,’ एक प्रहरी अधिकारीको भनाई उदृत गर्दै एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेको छ ।  

विशेष लुगा कसले लगाउने भन्ने विषय पार्टीको अधिकार भएकोले सर्वसाधारणलाई छालाको कोट नलगाउन उर्दी जारी गरिएको ती अधिकारीले बताए । 

यसै साता चीनसँगको सीमा खुला गरिएपछि सेप्टेम्बरमा कोरियाली बजारमा किमले लगाउने जस्तै कोट देखिएका थिए । केही व्यापारीहरुले चीनबाट कच्चा पदार्थ आयात गरेर स्वदेशमै कोट सिलाएका थिए ।  

सन् २०१९ मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेट वार्तामा किम लेदर कोटमा सजिएका थिए । किमका बुबा र हजुरबुबा माओ शैलीको ज्याकेट र कालो चस्माका सोखिन थिए । 

यो पनि : सेप्टेम्बरमा पेन्टागनबाट राजीनामा दिएकै बेला मैले चे ता व नी दिएको थिएँ– तुरुन्तै कदम नचाले एक वर्षभित्रै हामी आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को यु द्धमा चीनसँग हार्नेछौँ ।

हामी ढुक्क भएर बसिरहँदा चिनियाँ कम्युनिस्ट पार्टीले कयौँ प्रकारका यु द्ध क्षमतामा हामीलाई भेट्टायो । त्यसभन्दा पनि ख रा ब, एआई र सा इ ब र सुरक्षाजस्ता सबैभन्दा महत्वपूर्ण र निर्णायक क्षेत्रमा उसले उछिन्दा पनि हामी टुलुटुलु हेरे बसिरह्यौँ ।

पेन्टागनका नेताहरु चीनलाई ‘झण्डै झण्डै बराबरीको श त्रु’ भन्न रुचाउँछन् । तर, उनीहरुको भनाइबाट थाहा हुन्छ, तिनले बेइजिङको क्षमतालाई निकै कम आँकेका छन् ।

तर, त्यस्तो ग ल्ती म गर्दिनँ, तपाईं पनि नगर्नुस् । जसले एआईको प्रतिस्पर्धा जित्छ, यो पृथ्वी उसैले नियन्त्रण गर्छ । अमेरिकाले एआईद्वारा सञ्चालित जेटविरु द्ध सर्वोत्कृष्ट पाइलटहरुलाई भि डा ए र भर्चुअल अभ्यास आयोजना गरेको थियो ।

त्यो अभ्यासमा एआई प्रणालीले नै जित हात पारेको थियो । चीनले हालै परीक्षण गरेको हाइपरसोनिक क्षेप्यास्त्रहरुलाई एआई–सञ्चालित प्रतिरक्षा प्रणालीले मात्र रोक्न सक्छ । 

यसबाट जुन ख त रा देखिएको छ, त्यसको समाधान स्पष्ट छ । पेन्टागन चुस्त र छरितो बन्नै पर्छ। उसले बुझ्न जरुरी छ– नवअन्वेषणमा असफलता पनि गाँसिएको हुन्छ ।

पेन्टागनले एउटा संयुक्त आईटी कार्यालय खोल्न जरुरी छ। जसले आईटी खरिद–प्राप्ति, क्लाउड सर्भिस, तथ्यांक भण्डारण, एआई, सा इ ब र सु र क्षा र तालिमजस्ता सबै क्रियाकलापलाई केन्द्रीकृत गर्छ ।

यस्तो ‘टेक्नोलोजी एन्ड इन्फर्मेसन मर्ज्ड एन्टरप्राइज’ ले सिधै उपरक्षामन्त्रीलाई रिपोर्ट गर्ने व्यवस्था हुनुपर्छ । 

रक्षा मन्त्रालयले सार्वजनिक–निजी साझेदारीलाई पनि प्रोत्साहन दिनुपर्छ । मन्त्रालय करदाताप्रति थप जवाफदेही हुनुपर्छ र आफ्नो बजेटको कम्तीमा १० प्रतिशत यु द्ध क लाको स्वचालित विधि विकासमा लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...