काठमाडौँ –
भारतीय सेनाले नेपाली सेनालाई पाँच वटा ‘वर्कशप ट्रक’ हस्तान्तरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा भारतीय सेनाले पाँच थान एलपीटीए वर्कशप ट्रकहरु नेपाली सेनालाई दिएको हो।
भारतीय सेनाले उपहारस्वरुप ती ट्रकहरु नेपाली सेनालाई दिएको हो। नेपालस्थित भारतीय दूतावासका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई ट्रकहरु हस्तान्तरण गरेका हुन्।
ट्रकहरु कम्प्याक्ट मोबाइल वर्कशपको रुपमा प्रयोग गर्न सकिन्छ। रक्षा सहकार्यअन्तर्गत उपलब्ध गराइने सैन्य सामाग्रीले भारतीय सेना र नेपाली सेनाबीचको बलियो सम्बन्ध रहेको पुष्टि गर्ने भारतीय दूतावासले जनाएको छ।
आफ्नो संगठनलाई अझ सशक्त र आधुनिक बनाउन नेपाली सेनाले गरेको प्रयासलाइ भारतीय सेनाले निरन्तर सहयोग गर्ने दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
ट्रक ग्रहणपछि नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा २०७५ मंसिर २८ गते नेपाल-भारत द्विपक्षीय परामर्श समूहको बैठकमा भएको सहमतिअनुसार भारतीय सेनाले उपहार स्वरुप वर्कशप ट्रक उपलब्ध गराएको उल्लेख छ।
यी ट्रक हातहतियार,लजिस्टक उपकरण तथा सामानहरु बोक्न प्रयोग हुने नेपाली सेनाले जनाएको छ ।

यो पनि पढनुहोस : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै पार्टीको एउटै लक्ष्य हुनुपर्ने बताएका छन् ।
चितवनमा आयोजित नेकपा एमालेको दसौं राष्ट्रिय समाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देश र जनतासँग जोडिएका मु द्दामा सबैको समानता हुनुपर्ने बताए।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशन आयोजनाको बधाई दिँदै दलहरुबीच छलफल र सद्भाव निकाल्न चाहेको बताए।
देउवाले सम्बोधन गरेको पूर्णपाठ
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्षज्यू, विभिन्न राजनीतिक दलका नेता साथीहरु। सबैमा मेरो हार्दिक हार्दीक जयनेपाल।
सर्वप्रथम लोकतान्त्रिक संसदीय शासन पद्धतिको मर्मअनुरुप १०औं राष्ट्रिय महाधिवेशन आयोजना गर्नुभएकोमा नेकपा एमालेलाई बधाइ दिदैं महाधिवेशनको पूर्ण सफलताको कामना गर्छु।
नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न उतारचढाव पार गर्दै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी सफल भएका छौं। हामी सबै मिलेर संविधान सभाबाट नयाँ संविधान ल्याएका छौं।
यसलाई संस्थागत गरी बलियो बनाउने जिम्मेवारी पनि नेपालका सबै राजनीतिक दलहरुमा छ। नयाँ संविधान मार्फत् लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न यस अभियानमा जिम्मेवार राजनीतिक दलको भूमिका निर्वाह गर्न नेकपा एमालेलाई आग्रह गर्न चाहन्छु। हामीबीच मतभिन्नताहरु छन्।
त्यसैले हामी अलगअलग दलमा छौं। तर, लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न कानुनी शासन जनअधिकार स्थापना गर्न व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्न देशलाई समृद्ध बनाउने हामी सबै पार्टीको एउटै लक्ष्य हो र हुनुपर्छ।
देश र जनतासँग जोडिएका मुद्दाहरुमा समान धारणा हुनुपर्छ। हामीबीच निरन्तर छलफल, सम्बाद हुनुपर्छ। हामी दलहरुबीच छलफल, सम्वाद र संविधानमार्फत् हरेक सम’स्याको समाधान निकाल्न चाहन्छौं।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जी लगायत हामी जेलका साथीहरु हौं। जे’ल मेट पनि हौं। सबै कुरा हामीले भोगेका हौं।
हिजोका दिनमा हामीले भोगेका दुः’खलाई ध्यानमा राखेर भोलिका दिनमा कुनै नेपालीलाई दुः’ख नपरोस भन्नेमा सचेत हुनुपर्छ। मेरो नेतृत्वको सरकारले यही मूल्य र मान्यतालाई संस्थागत गर्न कटिबद्ध छ।
सबै नागरीकलाई खोप पुर्याउनु हाम्रो कर्तव्य हो। सबैको सहयोगले सरकारले यो लक्ष्य हासिल गर्दैछ। नागरिकको जीवनरक्षा गर्ने कार्यमा सबै राजनीतिक दल र सामाजिक संस्थाहरुको भूमिका अग्रणी छ।
को’रो’ना भा’इ’र’सको संक्रमण अहिले न्यूनीकरण भएको छ। देशमा सुशासन, समृद्ध कायम गर्न मेरो पार्टी कटिबद्ध छ। सबै दलसँग सहकार्य गरेर अघि बढ्छु। नेकपा एमालेको १०औं महाधिवेशनको सफलताको कामना गर्छु। धन्यवाद।





















