एजेन्सि – स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले आफू नियुक्त भएको केही घन्टामै राजीनामा दिएकी छन्।
म्याग्डलेना यान्डरसन प्रधानमन्त्री भएको घोषणा बुधवार गरिएको थियो। तर उनको गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिइन् र बजेट पारित हुनसकेन।
“मैले सभामुखलाई आफूले राजीनामा गर्न चाहेको बताएकी छु,” यान्डरसनले संवाददाताहरूसँग भनिन्।
उनको गठबन्धन साझेदार रहेको ग्रीन्स पार्टीले आफूले “उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको” बजेट स्वीकार गर्न नसकेको जनाएको छ।
यान्डरसनले आफूले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिश गर्ने बताइन् । “कुनै एक पार्टीले छोडेपछि गठबन्धन सरकारले राजीनामा दिनुपर्ने संवैधानिक अभ्यास रहेको छ,” सोसियल डेमोक्र्याट उनले बुधवार भनिन्।
“वैधानिकतामाथि प्रश्न उठ्ने सरकारको नेतृत्व गर्न चाहन्नँ ।” संसद्का सभामुखले आफूले पार्टीका नेताहरूसँग कुरा गर्ने बताएका छन्।
बुधवार यान्डरसन प्रधानमन्त्रीका रुपमा नियुक्त भएकी थिइन्। स्वीडेनको कानुन अनुसार प्रधानमन्त्री हुनका लागि विपक्षमा बहुमत सदस्यले मत नदिए पुग्छ।
स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको एक सय वर्षपछि प्रधानमन्त्रीमा ५४ वर्षीय सोसियल डेमोक्र्याट नेता यान्डरसन नियुक्त भइन्। उनी नियुक्त भएपछि संसद्मा सांसद्हरूले उठेर तालि बजाएका थिए।
संसद्का ३४९ सांसद् मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए। उनलाई समर्थन गर्ने ११७ सांसद्सहित थप ५७ जना तटस्थ रहेका थिए जसले गर्दा उनले एक मतले जीत हासिल गरिन्।
सानोमा पौडीबाजमा विजेता बनेकी उनले सन् १९९६ मा राजनीतिमा हात हालेकी थिइन्। उनी त्यतिबेलाका प्रधानमन्त्रीकी राजनीतिक सल्लाहकार रहेकी थिइन्। उनी विगत सात वर्षदेखि अर्थमन्त्री रहँदै आएकी थिइन्।
यो पनि पढनुहोस : अमेरिकी सरकारले आगामी महिना आयोजना गर्न लागेको लोकतन्त्र सम्मेलनमा ता इ वा नलाई आमन्त्रण गरेपछि चीन क्रु द्ध बनेको छ ।
ता इ वा नलाई चीनले आफ्नै भएको दाबी गर्छ भने अमेरिका लगायत केही पश्चिमा मुलुकहरूले चीनलाई भ ड्का उ न ता इ वा न मामिला उछालिरहेका छन् । तर, अमेरिका स्वयमले ता इ वा नलाई स्वतन्त्र देशको मान्यता दिएको छैन ।
डिसेम्बर ९ र १० तारिखमा अमेरिकाले लोकतन्त्र सम्मेलन आयोजना गर्दैछ । तर, यो सम्मेलनमा सहभागी हुन ह्वाइट हाउसले चीन र रसियालाई भने निम्तो पठाएको छैन ।
आफूले दाबी गरिरहेको ता इ वा नलाई चाहिँ सम्मेलनमा सहभागी हुन निम्तो पठाएपछि ह्वाइट हाउसँग बेइजिङ थप भ ड्कि ए को हो । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयले भर्चुअल सम्मेलनमा ११० सहभागीहरूलाई निम्तो पठाएको छ ।
ता इ वा नलाई पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले निम्तो गरेका हुन् । चीनको स्टेट काउन्सिल ता इ वा न अफेयर्स कार्यालयले सो सम्मेलनमा अमेरिकाले ता इ वा नलाई निम्त्याउनु एक गल्ती भएको र अमेरिकाले यस्तो गल्ती दोहोर्याइरहेको उल्लेख गरेको छ ।
ता इ वा न द्विपबारे हुने कुनैपनि आधिकारिक कुराकानीको वि रु द्धमा आफू रहेको पनि चिनियाँ अधिकारीहरूले बताएका छन् ।
चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्सकाअनुसार ता इ वा न अफेयर्स कार्यालयकी प्रवक्ता जु फेंगलियानले बुधबार आयोजित एक पत्रकार सम्मेलनमा अमेरिकाले ता इ वा नलाई सम्मेलनमा डाक्नु एक गल्ती भएको बताएकी हुन् ।
उनले भनेकी छिन्, ‘अमेरिका र ता इ वा न बीच कुनै पनि प्रकारको आधिकारिक कुराकानीको हामी पूरापूर विरोध गर्छौं, अमेरिकी सरकारले एक चीन नीति मान्दै आएको छ, ता इ वा नकै विषयमा पनि अमेरिका र चीनले तीनवटा संयुक्त विज्ञप्ति जारी गरिसकेका छन् ।’
अघिल्लो साता ९ नोभेम्बर १६० मा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति बाइडेनबीच एक भर्चुअल बैठक भएको थियो ।
सो बैठक क्रममा पनि चिनियाँ राष्ट्रपतिले चीनलाई नियन्त्रण गर्नकै लागि केही अमेरिकी अधिकारीहरूले ताइवानलाई प्रयोग गरिरहेको बताएका थिए । सीले यसो गर्नु आगोसँग खेल्नु बराबर भएको र आगोसँग खेल्नेहरू जल्ने चे ता व नी दिएका थिए ।
यो सूचीमा चीन र रुसको नाम छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार ता इ वा न यसमा सहभागी हुनेछ ।
ता इ वा नका डिजिटल मन्त्री एन्ड्रयु तांगले भने ‘हाम्रो देशलाई लोकतन्त्र सम्मेलनमा बोलाइनुले हाम्रो देश वर्षौंदेखि लोकतान्त्रिक मूल्य र मानव अधिकारका विषयमा प्रतिबद्ध छ भन्ने बताउँछ ।’
चीनले पछिल्ला दिनमा ता इ वा नका विषयमा कडाइ गर्दै कुनै पनि देशले ता इ वा नसँग सम्बन्ध नबढाउन भनेको छ । ता इ वा नले भने चीनलाई आफ्नो मामिलामा बोल्ने अधिकार नभएको बताएको छ ।
अमेरिकाले भने वन चाइना पोलिसीलाई मान्न बन्द गरेको छैन । वन चाइना पोलिसी अन्तर्गत ताइवान चीनको अंग हो जबकि पछिल्ला दिनमा अमेरिकाले ता इ वा नसँग स्वतन्त्र रुपले द्विपक्षीय सम्बन्ध बढाउने कोसिस गरेको छ ।
बाइडेनले ता इ वा नको यथास्थितिमा कुनै पनि एकतर्फी परिवर्तन अमेरिकाले स्वीकार नगर्ने पनि बताएका थिए । लोकतन्त्र सम्मेलन भर्चुअल हुनेछ ।
नेपाललाई पनि अमेरिकाले यो सम्मेलनमा सहभागी हुनको लागि निम्ता दिएको छ । अमेरिकाले पाकिस्तान र इराकलाई पनि बोलाएको छ । टर्कीलाई अमेरिकाले बोलाएको छैन जबकि टर्की नेटोको सदस्य हो ।
मध्यपूर्वबाट इजरायल र इराकलाई मात्र बोलाइएको छ । अमेरिकाका रणनीतिक साझेदार साउदी अरब, मिश्र, जोर्डन, कतार र युएइलाई बोलाइएको छैन ।
यस्तै अमेरिकी बैंक जेपी मोर्गन चेस एण्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेपी डाइमनले चिनियाँ कम्युनिष्ट पार्टीमाथि व्यङ्ग्य गरेका छन् ।
चीनमा कारोबार गर्ने बैंकको प्रतिबद्धता दोहोर्याउने क्रममा जेपी मोर्गन बैंकका सीईओ डाइमनले चिनियाँ कम्युनिष्टबारे ठट्यौली पारामा टिप्पणी गरेका हुन् ।
‘केही समयअघि चिनियाँ कम्युनिष्ट पार्टीले शतवार्षिकी मनाइरहेको भनेर ठट्टा गरेको थिएँ’, मंगलबार डाइमनले भने, ‘हामीले पनि शतवार्षिकी मनाइरहेका छौं र हामी धेरै टिक्ने छौं ।’
बोस्टन कलेजले सीईओसँग लिने अन्तर्वार्ताका क्रममा उनले थपे, ‘यो कुरा चीनमा गएर भनेको होइन तर संभवत: उनीहरूले सुनिरहेका होलान् ।’
जेपी मोर्गन चेस एण्ड कम्पनी बहुराष्ट्रिय लगानी बैंक हो । बैंकले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको वर्ष अर्थात् सन् १९२१ देखि नै चीनमा कारोबार गर्दै आएको छ । बेइजिङ, शाङ्घाई र शेनजेङसहित कैयौं चिनियाँ शहरमा बैंकका शाखा छन् ।
अमेरिकाकै ठूलो बैंकको रुपमा रहेको जेपी मोर्गन बजार पूँजीकरणको हिसाबले विश्वकै ठूलो र कुल सम्पत्तिको हिसाबले विश्वको पाँचौ ठूलो बैंक हो । बैंकसँग झण्डै ३.६८४ ट्रिलियन डलर बराबरको सम्पत्ती छ ।