काठमाडौं –
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतमा देखिएको वि’वाद तत्कालका लागि नियन्त्रण गर्न सम’स्यासँग सम्बन्धित प्रधानन्यायाधीश
चोलेन्द्र शमशेर राणा लगायतका न्यायधिकारीहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उचित ठहरिने बताएको छ । पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा नेपालको विद्यमान
न्यायपालिका र सर्वोच्च अदालत भ्र’ष्टा’चा’र, अ’निय’मि’तता, सेटिङ, घु’सखोरी, नातावाद, कृपावाद, दलगत स्वा’र्थ र सम्बन्ध लगायतका सम’स्याहरूबाट ग्रसित रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ यो स’मस्या व्यक्ति विशेषको मात्र नभएर नेपालमा सत्तासीन दलाल पुँजीवादी वर्गको संसदीय व्यवस्थाको गइभिर सम’स्या हो ।
यसको अन्तिम र रणनीतिक समाधान सङ्घ’र्षरत पक्षले दलाल संसदीय व्यवस्था र भ्रष्ट एवं जनवि’रोधी न्यायपालिकाको अन्त्य गरेर नेपाली श्रमजीवी जनताको वैज्ञानिक समाजवादी राज्य व्यवस्था र न्याय प्रणालीको स्थापनाबाट खोज्नु पर्दछ । यसका निम्ति जनमत सङ्ग्रह उपयुक्त राजनीतिक कार्यक्रम सिद्ध भएको छ ।’

यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेसलाई बिगार्न सक्ने टिप्पणी गरेका छन् ।
युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले प्रचण्डबाट कुनै काम नभएको र अब काँग्रेसलाई बिगार्न सक्ने बताएका हुन् ।
एमाले बिगार्न नसकेर काँग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै ओलीले भने, ‘हामीलाई बिगार्न प्रचण्डले खोजेका थिए । तर, सकेनन् । अहिले कांग्रेसमा गएका छन् । म भन्छु, होसियार काँग्रेस प्रचण्डले सिध्याउलान् ।’
काँग्रेस प्रचण्डको हात समाएर अघि बढ्नुपर्ने अवस्थामा रहेको टिप्पणी गर्दै ओलीले काँग्रेस विचार र नीतिमा पनि पुरानो भइसकेको बताए ।





















