अमेरिकाले चीनलाई यस्तो कदम चाली जि स्क्या उ दै, चीन रि सले चु र अब के गर्लान् चीन ?

एजेन्सि –

अमेरिकी सरकारले आगामी महिना आयोजना गर्न लागेको लोकतन्त्र सम्मेलनमा ता इ वा नलाई आमन्त्रण गरेपछि चीन क्रु द्ध बनेको छ ।

ता इ वा नलाई चीनले आफ्नै भएको दाबी गर्छ भने अमेरिका लगायत केही पश्चिमा मुलुकहरूले चीनलाई भ ड्का उ न ता इ वा न मामिला उछालिरहेका छन् । तर, अमेरिका स्वयमले ता इ वा नलाई स्वतन्त्र देशको मान्यता दिएको छैन । 

डिसेम्बर ९ र १० तारिखमा अमेरिकाले लोकतन्त्र सम्मेलन आयोजना गर्दैछ । तर, यो सम्मेलनमा सहभागी हुन ह्वाइट हाउसले चीन र रसियालाई भने निम्तो पठाएको छैन ।

आफूले दाबी गरिरहेको ता इ वा नलाई चाहिँ सम्मेलनमा सहभागी हुन निम्तो पठाएपछि ह्वाइट हाउसँग बेइजिङ थप भ ड्कि ए को हो । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयले भर्चुअल सम्मेलनमा ११० सहभागीहरूलाई निम्तो पठाएको छ ।

ता इ वा नलाई पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले निम्तो गरेका हुन् ।  चीनको स्टेट काउन्सिल ता इ वा न अफेयर्स कार्यालयले सो सम्मेलनमा अमेरिकाले ता इ वा नलाई निम्त्याउनु एक गल्ती भएको र अमेरिकाले यस्तो गल्ती दोहोर्याइरहेको उल्लेख गरेको छ ।

ता इ वा न द्विपबारे हुने कुनैपनि आधिकारिक कुराकानीको वि रु द्धमा आफू रहेको पनि चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्सकाअनुसार ता इ वा न अफेयर्स कार्यालयकी प्रवक्ता जु फेंगलियानले बुधबार आयोजित एक पत्रकार सम्मेलनमा अमेरिकाले ता इ वा नलाई सम्मेलनमा डाक्नु एक गल्ती भएको बताएकी हुन् । 


उनले भनेकी छिन्, ‘अमेरिका र ता इ वा न बीच कुनै पनि प्रकारको आधिकारिक कुराकानीको हामी पूरापूर विरोध गर्छौं, अमेरिकी सरकारले एक चीन नीति मान्दै आएको छ, ता इ वा नकै विषयमा पनि अमेरिका र चीनले तीनवटा संयुक्त विज्ञप्ति जारी गरिसकेका छन् ।’ 

अघिल्लो साता ९ नोभेम्बर १६० मा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति बाइडेनबीच एक भर्चुअल बैठक भएको थियो ।

सो बैठक क्रममा पनि चिनियाँ राष्ट्रपतिले चीनलाई नियन्त्रण गर्नकै लागि केही अमेरिकी अधिकारीहरूले ताइवानलाई प्रयोग गरिरहेको बताएका थिए । सीले यसो गर्नु आगोसँग खेल्नु बराबर भएको र आगोसँग खेल्नेहरू जल्ने चे ता व नी दिएका थिए ।

यो सूचीमा चीन र रुसको नाम छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार ता इ वा न यसमा सहभागी हुनेछ ।

ता इ वा नका डिजिटल मन्त्री एन्ड्रयु तांगले भने ‘हाम्रो देशलाई लोकतन्त्र सम्मेलनमा बोलाइनुले हाम्रो देश वर्षौंदेखि लोकतान्त्रिक मूल्य र मानव अधिकारका विषयमा प्रतिबद्ध छ भन्ने बताउँछ ।’

चीनले पछिल्ला दिनमा ता इ वा नका विषयमा कडाइ गर्दै कुनै पनि देशले ता इ वा नसँग सम्बन्ध नबढाउन भनेको छ । ता इ वा नले भने चीनलाई आफ्नो मामिलामा बोल्ने अधिकार नभएको बताएको छ ।

अमेरिकाले भने वन चाइना पोलिसीलाई मान्न बन्द गरेको छैन । वन चाइना पोलिसी अन्तर्गत ताइवान चीनको अंग हो जबकि पछिल्ला दिनमा अमेरिकाले ता इ वा नसँग स्वतन्त्र रुपले द्विपक्षीय सम्बन्ध बढाउने कोसिस गरेको छ ।

बाइडेनले ता इ वा नको यथास्थितिमा कुनै पनि एकतर्फी परिवर्तन अमेरिकाले स्वीकार नगर्ने पनि बताएका थिए । लोकतन्त्र सम्मेलन भर्चुअल हुनेछ ।

नेपाललाई पनि अमेरिकाले यो सम्मेलनमा सहभागी हुनको लागि निम्ता दिएको छ । अमेरिकाले पाकिस्तान र इराकलाई पनि बोलाएको छ । टर्कीलाई अमेरिकाले बोलाएको छैन जबकि टर्की नेटोको सदस्य हो ।

मध्यपूर्वबाट इजरायल र इराकलाई मात्र बोलाइएको छ । अमेरिकाका रणनीतिक साझेदार साउदी अरब, मिश्र, जोर्डन, कतार र युएइलाई बोलाइएको छैन ।

यस्तै अमेरिकी बैंक जेपी मोर्गन चेस एण्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेपी डाइमनले चिनियाँ कम्युनिष्ट पार्टीमाथि व्यङ्ग्य गरेका छन् ।

चीनमा कारोबार गर्ने बैंकको प्रतिबद्धता दोहोर्‍याउने क्रममा जेपी मोर्गन बैंकका सीईओ डाइमनले चिनियाँ कम्युनिष्टबारे ठट्यौली पारामा टिप्पणी गरेका हुन् ।

‘केही समयअघि चिनियाँ कम्युनिष्ट पार्टीले शतवार्षिकी मनाइरहेको भनेर ठट्टा गरेको थिएँ’, मंगलबार डाइमनले भने, ‘हामीले पनि शतवार्षिकी मनाइरहेका छौं र हामी धेरै टिक्ने छौं ।’

बोस्टन कलेजले सीईओसँग लिने अन्तर्वार्ताका क्रममा उनले थपे, ‘यो कुरा चीनमा गएर भनेको होइन तर संभवत: उनीहरूले सुनिरहेका होलान् ।’

जेपी मोर्गन चेस एण्ड कम्पनी बहुराष्ट्रिय लगानी बैंक हो । बैंकले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको वर्ष अर्थात् सन् १९२१ देखि नै चीनमा कारोबार गर्दै आएको छ । बेइजिङ, शाङ्घाई र शेनजेङसहित कैयौं चिनियाँ शहरमा बैंकका शाखा छन् ।

अमेरिकाकै ठूलो बैंकको रुपमा रहेको जेपी मोर्गन बजार पूँजीकरणको हिसाबले विश्वकै ठूलो र कुल सम्पत्तिको हिसाबले विश्वको पाँचौ ठूलो बैंक हो । बैंकसँग झण्डै ३.६८४ ट्रिलियन डलर बराबरको सम्पत्ती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...